Yeuta Kura

Yeuta Kura Simple news, real facts. We share true stories and daily updates from Nepal to keep you informed every day. Always with you—Yeuta Kura!

"तपाईंलाई कालो अंगुर मन पर्छ? 🍇Comment मा YES/NO लेख्नुहोस् 👇"
28/08/2026

"तपाईंलाई कालो अंगुर मन पर्छ? 🍇
Comment मा YES/NO लेख्नुहोस् 👇"

27/08/2026

देवी ज्ञावलीको चेतावनीः “नयाँ भनिएकामा सम्पत्ति गर्ने आँट छ ?” || Yeuta Kura || B***n Rabi, Devi Gyawali

27/08/2026

केपी ओली भन्छन्ः मन नपरे श्रीमान श्रीमती त छुटिन्छन्, पाटी पनि छोड्न पाइन्छ | yeuta Kura | Kp Oli

नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।रास्वपा सभापति...
27/08/2026

नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति थापाले सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए ।

सभापति थापाले भने, ‘सरकारबाट भएको स्रोत र साधनबाट मात्रै यत्रो विपत्तिमा काम गर्न सम्भव हुँदैन । राज्यले सबै संयन्त्र परिचालित गरिरहेको छु भनिरहँदा सँगसँगै के पनि ख्याल गर्नु पर्दछ भन्दा नियमित समयमा सरकारसँग भइरहेका साधनहरू भन्दा बाहेक सबै राज्यकै हो । सरकारले परिचालित गर्दा हामी तयार छौं ।’

सडक सफा गर्न जनशक्ति अभाव भएको हुँदा अन्य दलबाट सहयोगको अपेक्षा गृहमन्त्री सुधन गुरुङले बैठकमा राखेका थिए । त्यसका लागि पार्टी संरचना परिचालित हुने जानकारी गराएको सभापति थापाले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न आह्व...
27/08/2026

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न आह्वान गरेका छन् ।

सिंहदरवारमा जारी सर्वदलीय बैठकमा उनले यस्तो आह्वान गरेका छन् । सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक जारी छ ।
बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुर, लगायत उपस्थित छन् ।

भदौ १० गते आएको बाढीबाट ५७९ पर्यटक सम्पर्क विहिन भएका छन् । सम्पर्कविहिन भएका पर्यटकमा नेपाली ११३ जना छन् भने विदेशी ४६६...
27/08/2026

भदौ १० गते आएको बाढीबाट ५७९ पर्यटक सम्पर्क विहिन भएका छन् । सम्पर्कविहिन भएका पर्यटकमा नेपाली ११३ जना छन् भने विदेशी ४६६ जना छन् ।

कूल सम्पर्कविहिन हुनेहरुको संख्या ८२६ जना छन् । प्रहरीका २८, सेनाका ४४, शसस्त्र प्रहरीका १३ जना छन् ।
हालसम्म १६५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेहरुको संख्या ७३ जना छन् ।

भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैक...
27/08/2026

भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनस्सुचारु गरेको छ ।

बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभीमाद चार्ज गर्ने र बालाजु–त्रिशूली ६६ केभीलाई ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको छ ।

27/08/2026

हामीले धक्का खाएका छौं, पछारिएका छौं तर हामी उठ्छौं | Yeuta Kura | News | Kp Oli

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा आइपरेको प्राकृतिक विपद्को सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने प...
27/08/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा आइपरेको प्राकृतिक विपद्को सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि जानकारी दिँदै उनले तत्कालको उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका लागि आन्तरिक र बाह्य दुवैतर्फबाट बजेटको सुनिश्चितता भइसकेको बताए।

राष्ट्रिय संकटको घडीमा सम्पूर्ण राजनीतिक दलहरू एकै ठाउँमा उभिनु नेपाली राजनीतिको सकारात्मक पक्ष भएको भन्दै उनले यस संकटलाई सम्पूर्ण समाजको अवधारणाअनुरूप सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्र सबै एकीकृत रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।

चीनतर्फबाट सूचना आदानप्रदानमा के भइरहेको छ, यसलाई प्राथमिकतामा राखौं : प्रचण्डपुषपकमल दाहाल प्रचण्डले रसुवा बाढीको सन्दर...
27/08/2026

चीनतर्फबाट सूचना आदानप्रदानमा के भइरहेको छ, यसलाई प्राथमिकतामा राखौं : प्रचण्ड

पुषपकमल दाहाल प्रचण्डले रसुवा बाढीको सन्दर्भमा चीनतर्फबाट सूचना आदानप्रदानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा जारी सर्वदलीय बैठकमा उनले यस्तो बताएका हुन् । ‘चीनतर्फबाट सूचना आदानप्रदानमा के कसो भइरहेको छ ? यसलाई प्राथमिकतामा राखौं’ प्रचण्डले भने ।
सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुर, लगायत उपस्थित छन् ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Yeuta Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share