19/07/2023
सह–लेखकको आवश्यकता: पशु आहाराकालागि घाँसेबाली खेती प्रविधि
पशु आहाराकालागि घाँसेबाली खेती प्रविधि (Forage Production Technology) पुस्तकमा घाँसेबाली खेती सम्वन्धी सम्पूर्ण जानकारीहरू समेटिएका छन् । पुस्तकमा घाँसेबाली र दानामा आधारित पशुपालन प्रविधिको आर्थिक विश्लेषण तथा खर्चको तुल्नात्मक अध्ययन गरिएको छ । विभिन्न पशुहरू (गाई, भैंसी, याकचौंरी, बाख्रा, भेंडा, खरायो, माछा, कुखुरा आदि लाई चाहिने उपयोगी घाँसे तथा चरनबालीहरू खेती तथा व्यवस्थापन, तिनीहरूको बीउ उत्पादन र बजारीकरणका साथै पशु आहारा व्ययस्थापनका विविध पक्षहरू समावेश गरिएका छन् । पशुआहरामा प्रयोग गरिने आधुनिक प्रविधि, घाँसेबाली संरक्षण, टियमआर, घाँसेबाली बिमा, विश्वविद्यालय तथा कलेज स्तरका पाठ्यक्रम अनुसारका पाठ्यसामाग्रीहरू विस्तृतरूपमा दिइएको छ । करिब ३२० पानाको यो पुस्तक पशुपालन व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने कृषक, उद्यमी, अध्ययन तथा अध्यापनमा संलग्न व्यक्तिहरूका अतिरिक्त सोकारवाला निकायहरू र प्रत्येक व्यावसायिक पशु फार्मका लागि अनिवार्य तथा अत्यन्त उपयोगी र संग्रहणीय छ ।
सहलेखको रूपमा पुस्तकमा आवश्यक जानकारीहरू थपघट गर्न र प्रकाशनको खर्च र आएको मुनाफा दामासाहीले भागबन्डा गर्न घाँसेबालीसम्बन्धी अन्धयन र अनुभव भएको एक सहलेखहको आवश्यकता भएकोले आपसीसरसल्लाहको लागि सम्पर्क राख्न अनुरोध गरिन्छ ।
रामेश्वर सिंह पाण्डे, ९८४१३४५०८२
Facebook
https://www.facebook.com/RameshwarSinghPande
Mr. Rameshwar Singh Pande is a “Freelance Livestock/Agricultural Consultant” by profession. Mr Pande holds “Master of Agricultural Science (MAgrSc) Honours from Massey University, New Zealand, 1990 and BSc Agriculture, 1980 from Tribhuvan University, IAAS, Rampur, Nepal. Mr Pande possesses a s...