Nepal Vibes

Nepal Vibes “Stay connected. Stay informed. Ltd. Nepal Vibes is a dynamic Nepali-language news portal operated by Nepal Vibes Media Network Pvt.

Anytime, anywhere.” 🌍

We deliver authentic information, essential updates, entertaining posts, photographs, and much more.

© Nepal Vibes Media Network Pvt. We deliver timely, accurate, and unbiased updates on a wide range of topics, including Politics, Tourism, Social Issues, Economy, Sports, and Science & Technology. With a strong commitment to digital journalism, we aim to empower readers with credible information, promote public awareness, and foster meaningful civic dialogue across Nepal and beyond.

नेपाल भाइब्स, नेपाल भाइब्स मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित एक सक्रिय नेपालीभाषी अनलाइन समाचार पोर्टल हो । हामी राजनीति, पर्यटन, सामाजिक विषयहरू, अर्थतन्त्र, खेलकुद र विज्ञान तथा प्रविधिजस्ता विविध क्षेत्रका समाचारहरू छिटो, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गर्छौं । डिजिटल पत्रकारिताको प्रवर्द्धनमा समर्पित हाम्रो उद्देश्य विश्वसनीय सूचना प्रदान गर्दै जनचेतना अभिवृद्धि गर्नु र सूचित तथा जिम्मेवार नागरिक संवादलाई प्रोत्साहन गर्नु हो ।

चिलिमे हाइड्रोपावरको सुरुङमा २४ दिनपछि ४ वटा शव फेलारसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङमा बाढीका कारण थुनिएका ४ जनाको ...
16/09/2026

चिलिमे हाइड्रोपावरको सुरुङमा २४ दिनपछि ४ वटा शव फेला

रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङमा बाढीका कारण थुनिएका ४ जनाको शव २४ दिनपछि फेला परेको छ । भदौ १० गते आएको बाढीमा परेर उनीहरू सुरुङभित्र थुनिएको आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले निरन्तर खोजी तथा उद्धार कार्य गर्दै आएको थियो ।

बुधबार दिउँसो सुरुङभित्र खोजी गर्ने क्रममा ४ वटा शव फेला परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले शव सुरुङबाट बाहिर निकालिसकेको छ ।

बाढीपछि सुरुङभित्र ६ जना पुरिएको हुनसक्ने आशंकामा खोजी कार्य जारी राखिएको थियो । सुरुङमा पानी, माटो तथा अन्य अवरोधका कारण उद्धार टोलीलाई खोजी तथा शव निकाल्न कठिनाइ हुँदै आएको थियो ।

खोजीका क्रममा यसअघि पनि चिलिमे हाइड्रोपावरको सुरुङबाट शव तथा मानव अङ्ग फेला परेको थियो । प्रभावित क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनि...
15/09/2026

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले आज जारी गरेको परिपत्रमा निजामती सेवा नियमावलीअनुसार सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदिई साविककै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको उक्त तलबभत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलउपर गरिने व्यवस्था रहेको स्पष्ट पारेको छ ।

चिलिमे जलविद्युत आयोजनामा ३ घनमिटर क्षमताको ह्विल लोडर प्रयोग गरी सुरुङभित्र जम्मा भएको लेदो हटाउने तथा बाहिर फाल्ने कार...
13/09/2026

चिलिमे जलविद्युत आयोजनामा ३ घनमिटर क्षमताको ह्विल लोडर प्रयोग गरी सुरुङभित्र जम्मा भएको लेदो हटाउने तथा बाहिर फाल्ने कार्य तीव्र गतिमा जारी रहेको छ ।

भारत-चीन सहकार्यबाट नेपालले लाभ लिनुपर्छ : बाबुराम भट्टराईपूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच विकसित ...
13/09/2026

भारत-चीन सहकार्यबाट नेपालले लाभ लिनुपर्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच विकसित हुँदै गएको सम्बन्धलाई नेपालले अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।

भट्टराईले भारतको नयाँ दिल्लीमा भइरहेको ब्रिक्स प्लस देशहरूको शिखर सम्मेलनका क्रममा पारित १४० बुँदे प्रस्ताव र चिनियाँ राष्ट्रपति तथा भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ता सकारात्मक संकेत भएको उल्लेख गरेका छन् । उनका अनुसार दुई छिमेकीबीचको सम्बन्धमा देखिएको सम्भावित प्रतिस्पर्धात्मक सहकार्यलाई नेपालले आफ्नो राष्ट्रिय हितमा उपयोग गर्न सक्नुपर्छ ।

नेपाल विगतमा भारत र चीनबीचको दूरीमा खेलेर क्षणिक राजनीतिक तथा सत्तास्वार्थ पूरा गर्ने प्रवृत्तिका कारण अल्पविकास र परनिर्भरताको चक्रमा फसेको उनको भनाइ छ । अब भने त्यस्ता गल्तीबाट पाठ सिक्दै आर्थिक समृद्धि, आत्मनिर्भरता र प्रभावकारी कूटनीतिलाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन् ।

भट्टराईले नेपाललाई भारत र चीनबीचको ‘गतिशील सेतु’ का रूपमा विकास गर्ने योजनाको सुरुवात तत्काल गर्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि कुशल कूटनीतिक पहलमार्फत नेपाललाई अन्ततः ‘शान्ति राष्ट्र’ का रूपमा स्थापित गर्नुपर्ने उनको धारणा छ । उनले यस्तो अवसरलाई सदुपयोग गर्न नसके ‘दुई हात्ती लड्दा पनि मिल्दा पनि घाँसकै नाश’ हुने अवस्था दोहोरिन सक्ने चेतावनी दिँदै युवा सत्ताधारीहरूको समयमै ध्यान जानुपर्ने बताएका छन् ।

‘रास्वपा नेतृत्वको सरकार पूर्ण रूपमा असफल भइसक्यो’ : सीके राउतजनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र ...
13/09/2026

‘रास्वपा नेतृत्वको सरकार पूर्ण रूपमा असफल भइसक्यो’ : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको दाबी गरेका छन् । शनिबार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना गरेको मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै राउतले सरकार हरेक दृष्टिकोणबाट असफल भएको आरोप लगाए ।

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने कुरा गरिरहे पनि पछिल्लो ४ महिनामा ३ लाख नेपाली विदेश गएको तथ्यलाई गम्भीर रूपमा लिनुपर्ने राउतले बताए । उनले स्वास्थ्य बीमा रोकिएको विषयमा समेत सरकारको आलोचना गर्दै जनतालाई दुःख दिने काम भएको आरोप लगाए ।

सीमानाकाबाट एक दर्जन केरा ल्याउँदासमेत रोक्ने सरकारको नीति गलत भएको उनको भनाइ थियो । साथै, सरकारका गतिविधिको सामाजिक सञ्जालमार्फत विरोध गर्नेहरूलाई तत्काल पक्राउ गर्न लगाउने जस्ता गतिविधिले पनि सरकार असफल भएको पुष्टि गर्ने राउतले दाबी गरे ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दल तथा नेताहरू विगतमा पदको लोभमा मूल लक्ष्यबाट विचलित भएको स्वीकार गरे । उनले अब गल्ती सच्याएर मधेशवादी दलहरू एकजुट हुनुपर्ने बताउँदै छठ पर्वपछि पुनः सडक आन्दोलनमा जाने घोषणा गरे ।

यादवले प्रधानमन्त्री बालेन्द्र साहले ‘बल्गर मधेश’ बनाउने भाषण गरे पनि सरकार गठन भएको ६ महिनाभन्दा बढी समय बितिसक्दा संविधान संशोधनको विषय बिर्सिएको आरोप लगाए । उनले जनसंख्याका आधारमा बजेट विनियोजन र संविधान संशोधनको माग दोहोर्‍याए । कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाबाट २ हजारभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको आयोजकले जनाएको छ ।

नापी कार्यालय धनुषाले नापजाँच भएको करिब ५ वर्षपछि सबैला नगरपालिका वडा नं. ८, साविक ठिल्ला गाउँ विकास समितिका ३८५ परिवारल...
12/09/2026

नापी कार्यालय धनुषाले नापजाँच भएको करिब ५ वर्षपछि सबैला नगरपालिका वडा नं. ८, साविक ठिल्ला गाउँ विकास समितिका ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । यसअघि वडा नं. ४, ५, ६ र १० का ३ हजार २२६ परिवारले जग्गाधनी पुर्जा पाइसकेका थिए । लामो समयपछि पुर्जा पाएसँगै स्थानीयवासीमा खुसी छाएको छ ।

एलपी ग्यास कालोबजारी गर्ने २ जना पक्राउभक्तपुरमा खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । ...
10/09/2026

एलपी ग्यास कालोबजारी गर्ने २ जना पक्राउ

भक्तपुरमा खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । बिहीबार साँझ सूर्यविनायक नगरपालिका-३ ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक, सर्लाहीको बरहथवा नगरपालिका-७ घर भई हाल सोही स्थानमा बस्दै आएका २५ वर्षीय उमेश शाहलाई पक्राउ गरिएको हो । शाहले उपभोक्तालाई एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रुपैयाँमा बिक्री गर्दै आएको सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालय टेकुबाट प्रहरी निरीक्षक हेमबहादुर थपलियाको कमाण्डमा खटिएको टोलीले पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा पसलबाट ७५ थान भरिएका ग्यास सिलिण्डर बरामद गरिएको प्रहरीले जनाएको छ । सोही दिन साँझ भक्तपुर नगरपालिका-२ इटाछेस्थितबाट १४ वटा ग्यास सिलिण्डरसहित ४१ वर्षीय राजेश कर्मचार्यलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोह बीच राष्...
10/09/2026

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोह बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलसमक्ष शपथ लिए सँगै मन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

बिल तिर्न नसक्दा अस्पतालबाहिरै सुत्केरी, घटनाप्रति चौतर्फी आक्रोशसप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिस...
10/09/2026

बिल तिर्न नसक्दा अस्पतालबाहिरै सुत्केरी, घटनाप्रति चौतर्फी आक्रोश

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर एक महिलाले बच्चा जन्माएको घटनाले स्वास्थ्य सेवामाथि गम्भीर प्रश्न उठाएको छ । प्राप्त विवरणअनुसार प्रसूति गराउन अस्पताल पुगेकी महिलाले तत्कालीन अवस्थामा रु २,५०० तिर्न नसकेपछि अस्पतालबाहिरै सुत्केरी हुनुपरेको आरोप सार्वजनिक भएको हो । घटनाप्रति स्वास्थ्य क्षेत्रसँगै सर्वसाधारणमा समेत आक्रोश बढेको छ ।

प्रसव पीडा आफैंमा अत्यन्त संवेदनशील अवस्था हो । यस्तो अवस्थामा अस्पतालको ढोकासम्म पुगेकी गर्भवती महिलाले आर्थिक अभावकै कारण सुरक्षित उपचार र प्रसूति सेवा नपाउनु अत्यन्त दुःखद र गम्भीर विषय भएको भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग भइरहेको छ ।

घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समेत गम्भीर ध्यानाकर्षण जनाएको छ । घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज जाने तयारी गरेको जनाइएको छ ।

अस्पतालको तत्कालीन ड्युटीमा रहेका कर्मचारीको भूमिका, महिलालाई अस्पतालभित्र उपचार उपलब्ध गराउन किन नसकिएको हो र रु २,५०० को विषयले प्रसूति सेवामा अवरोध पुर्‍याएको हो वा होइन भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने देखिन्छ । दोष प्रमाणित भए जिम्मेवार कर्मचारीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही हुनुपर्ने माग उठेको छ ।

उद्योग मन्त्री गौरी कुमारी यादवले पदबाट राजिनामा दिएकी छन् ।
10/09/2026

उद्योग मन्त्री गौरी कुमारी यादवले पदबाट राजिनामा दिएकी छन् ।

Address

Balaju
Kathmandu
44611

Alerts

Be the first to know and let us send you an email when Nepal Vibes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share