Nepal films

Nepal films नेपालि चलचित्र सम्बन्धी जानकारी।

💕 💕 राजपरिवार लाई माया गर्नु हुने कोे कोे हुनु हुन्छ? 💕 💕 "एउटै कुरा मागेको छु देशमा शान्ति होस, देश विघटन नहोस् एकता का...
21/09/2025

💕 💕 राजपरिवार लाई माया गर्नु हुने कोे कोे हुनु हुन्छ? 💕 💕
"एउटै कुरा मागेको छु देशमा शान्ति होस, देश विघटन नहोस् एकता कायमै रहोस ।" - श्री ५ ज्ञानेन्द्र

ॐ घृणिः सूर्याय नमः।आईतवारको दिन हिन्दू परम्परा अनुसार सूर्यदेव (सूर्य भगवान) को पूजा गरिन्छ 🌞।किन सूर्य पूजा गरिन्छ? १....
21/09/2025

ॐ घृणिः सूर्याय नमः।

आईतवारको दिन हिन्दू परम्परा अनुसार सूर्यदेव (सूर्य भगवान) को पूजा गरिन्छ 🌞।

किन सूर्य पूजा गरिन्छ?

१. जीवनदाताको सम्मान – सूर्यलाई जगतको जीवनदाताका रूपमा मानिन्छ। प्रकाश, उर्जा र जीवनको स्रोत भएकाले सूर्यलाई प्रत्यक्ष देवता मानिन्छ।

२. स्वास्थ्य लाभका लागि – सूर्य उपासना गर्दा नेत्रज्योति (आँखा), स्वास्थ्य र मानसिक स्फूर्ति प्राप्त हुने विश्वास छ।
३. पाप नाशका लागि – पुराणहरूमा सूर्य पूजा पापमोचन (पाप नाश गर्ने) र आध्यात्मिक शुद्धिकरणका लागि महत्वपूर्ण मानिएको छ।

३. सत्ता र सफलता – सूर्यलाई शक्ति, तेज र राजसत्ता प्रदान गर्ने देवता मानिन्छ। त्यसैले कार्यमा सफलता, प्रतिष्ठा र उच्च पद पाउन सूर्य पूजा गरिन्छ।

👉 यस दिन विशेषगरी रातो वस्त्र लगाउने, गहुँ, गुड र लालफूल अर्पण गर्ने प्रचलन छ।

👉 बिहान उदाउँदो सूर्यलाई जल चढाउने (अर्घ्य दिने) प्रमुख पूजा विधि हो।

👉 जल भरेको लोटाबाट उदाउँदो सूर्यतर्फ मुख गरी यो मन्त्र उच्चारण गर्दै जल अर्पण गरिन्छ।

ॐ घृणिः सूर्याय नमः।

दीपक राज गिरि भन्नु hunxa-: आज मैले जे देखे…म २०४८ साल तिर प्रहरीमा भर्ना भएको थिए , तालिम सुरू भो , यति गारो भो कि ! के...
21/09/2025

दीपक राज गिरि भन्नु hunxa-:

आज मैले जे देखे…
म २०४८ साल तिर प्रहरीमा भर्ना भएको थिए ,
तालिम सुरू भो , यति गारो भो कि ! केहि दिन मै भागे , १ हप्ता पनि टिक्न सकिन , म बेला बेलामा सोच्थे यस्तो कठिन जागिर मान्छेले कसरी खान्छ होला ?
र आज त मैले पूरा महसूस गरे सांच्चै नै धेरै गारो रहेछ प्रहरीको जागिर !
यो आन्दोलनमा कस्को कति गल्ति भयो ठ्याक्कै हिसाब त इतिहासले गर्नेछ ! तर यो चाहि पक्का हो कि हामी सबैको भागमा केहि न केहि पर्छ नै !
यदी आन्दोलन दबाउने पक्षमा उभिएका थियौ भने सायद ती मृतकहरू र उनिहरूको परिवारको रगत र आशुका केहि छिटाहरू हाम्रा भागमा पर्लान,, आन्दोलनको पक्षमा उभिएर लेख्यौ, वा सडकमा गएको थियौ भने केहि मुठ्ठी खरानी भागमा पर्र्छ नै !
गल्ति धेरै पक्ष बाट भएका छन् , त्यो हिसाब नगरौ अहिले !
जति क्षति भए ति पनि बिस्तारै ठिक होलान , हुनु पनि पर्छ ।
जलेका सरकारी भवन ढिला चांढौ उठ्ला नै !
निर्दोषहरू माथि भएको अन्याय पनि समयले सम्बोधन गर्ला ,तर ….., तर तुरून्त उठाउनु पर्ने केहि छ भने त्यो हो प्रहरीको मनोबल ….., दशै तिहार मुखमा छ , यसै पनि यो बेला चोरहरूको बिगबिगि हुने समय हो , त्यो माथि अहिले जेल बाट फरार कैदीहरू यत्रतत्र छन् , यस्तो अबस्थामा हाम्रो पहिलो प्राथमिकता के हुनु पर्ला?
प्रहरीले दशैमा आफ्नो घर परिवार छोडेर हामिलाइ सुरक्षा दिन्थ्यो र पो हामि परिवार संग आन्नदले ढुक्क भएर दशै तिहार मनाउथ्यौ तर अहिले हामीलाइ सुरक्षा दिने प्रहरी स्वय संग बस्ने भवन छैन , लगाउन पोशाक छैन , केहि परे हिड्न बाहन छैन र त्यो भन्दा पनि ठूलो उनिहरूको मनोबल उच्च छैन ! यस्तोमा तपाइ हामिले कमसेकम आफ्नो क्षेत्रमा रहेको प्रहरी चौकि स्थापित गर्न सक्दो सहयोग गरौ !
उनिहरू बस्ने बास पुन : स्थापित गरौ ! उनिहरूलाइ अत्याबश्यक पर्ने कुरा हरू जोहो गरौ ! हिजो प्रहरी ले भन्थे नआत्तिनुस हामी छौ ,
आज तपाइ हामीले भनौ “तपाइहरू पनि नआत्तिनुस हामि छौ”
जय नेपाल ! शुभरात्री !!

Singer Prakash saput
21/09/2025

Singer Prakash saput

20/09/2025

नेपाली फ्यानहरूमा चर्चित Andrew Leonard ले नेपाल र वेष्टइन्डिज बीच T20I सिरिजमा Commentary गर्ने भएका छन् ।

यदि कुनै सरकारी निकायमा सेवा लिन जाँदा ढिला गर्ने, घुस माग्ने वा दुर्व्यवहार गर्ने घटना भयो भने नागरिकले अब प्रत्यक्ष रू...
20/09/2025

यदि कुनै सरकारी निकायमा सेवा लिन जाँदा ढिला गर्ने, घुस माग्ने वा दुर्व्यवहार गर्ने घटना भयो भने नागरिकले अब प्रत्यक्ष रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिन सक्नेछन्।
👉 हटलाइन नम्बर: 9851145045

20/09/2025

हमासले सार्वजनिक गर्‍यो ४८ बन्दीहरूको ‘बिदाई तस्बिर’ भनिएको पोष्टमा नेपालका विपिन जोशीको तस्बिर पनि समावेश.

ONE CINEMAS, वानेश्वर आईफेल्स मलमा, फिल्म प्रदर्शन अघि जेन-जी सहिदहरूको आत्माको शान्तिको लागि १ मिनेट मौन धारण पश्चात् म...
20/09/2025

ONE CINEMAS, वानेश्वर आईफेल्स मलमा, फिल्म प्रदर्शन अघि जेन-जी सहिदहरूको आत्माको शान्तिको लागि १ मिनेट मौन धारण पश्चात् मात्र चलचित्र सुरु गरिन्छ।

अभिनेता दीपकराज गिरीले जेनजी आन्दो’लनका क्रममा क्ष’ति पुगेको थानकोट प्रहरी वृत्त पुनःनिर्माणका लागि पाँच लाख रुपैयाँ सहय...
20/09/2025

अभिनेता दीपकराज गिरीले जेनजी आन्दो’लनका क्रममा क्ष’ति पुगेको थानकोट प्रहरी वृत्त पुनःनिर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेका छन्।
गत साताको तो’डफोड र आ’गजनीबाट कार्यालयमा करिब सात करोड बराबरको क्ष’ति भएको प्रारम्भिक अनुमान गरिएको छ।
गिरीले सहयोग प्रहरीको मनोबल उच्च बनाउनका लागि गरिएको बताए। हाल उनी अमेरिकामा हुन लागेको ‘छक्कापञ्जा टूर’मा सहभागी हुने तयारीमा छन्।

गायक हेमन्त शर्मा कोे श्रीमती लाई क्यान्सर 😢😢😭-गायक शर्मा फेसबूक मा लेख्नु हुन्छ:-मेरी श्रीमती रीतु विसन्ची भईन्। स्तन क...
20/09/2025

गायक हेमन्त शर्मा कोे श्रीमती लाई क्यान्सर 😢😢😭-
गायक शर्मा फेसबूक मा लेख्नु हुन्छ:-

मेरी श्रीमती रीतु विसन्ची भईन्। स्तन क्यान्सरको उपचार शुरू भाको २ हफ्ता भो। जिवनमा, न कैले कुनै कुराको नशा,अम्मल लिईन् न कसैको मन नै दुखाईन् तर पनि तकदीरमा भाको कुरा भोग्नैपर्दोरैछ, भन्नी त होला।
यसै विच राम्रा कुराहरू पनि छन्। हाल डा. सुदिप श्रेष्ठको टिमबाट उनको उपचार भईराकोछ। उपचारका निम्ति हामी आर्थिक रूपमा सक्षम छौ।
दशैं पनि आईसक्यो। दोस्रो Chemotherapy पछि घर भैरहवा जानी कुरा छ। मिले सम्म गाउँ त्रिवेणी र उनको माईत कपिलवस्तु पनि पुग्ने कुरा छ। केहि राम्रा गीतहरू रेकर्ड पनि भाकाछन्। म्युजिक भिडियो पनि बनेकाछन्।केहि सॉंगितिक कार्यक्रमका कुरा पनि छन्। आफु जस्तोसुकै परिस्थितीमा भए पनि, दर्शक/श्रोतासँग खुशी देखिनैपर्ने पेशा छ।

अस्पतालमा अन्य बिरामीलाई हेरेर हाम्ले मन बुझाउँन थाल्दैछम। शायद अरूले पनि हाम्लाई हेरेर मन बुझाउँदाहोलान।

जस्तोसुकै दुखःमा पनि स-साना खुशी खोज्दै सुख मान्नुको विकल्प छैनरैछ जिन्दगीमा।

हाम्रो देश पनि त विसन्चो छ। पहिला देश निको होस्। देश निको भए त हामी तेसै पनि निकै छम नि🙏
(तपैको परिवारमा पनि कतै यस्तो समस्या तथा उपचार अनुभव भए Share गर्नुहोला भनेर पनि यो पोस्ट गरेको।)

हेर्दा हेर्दै यसपाली भारत र अमेरिका मिलेर नेपाल सिध्याउन खोजेः नारायणमान बिजुक्छे।।
20/09/2025

हेर्दा हेर्दै यसपाली भारत र अमेरिका मिलेर नेपाल सिध्याउन खोजेः नारायणमान बिजुक्छे।।

20/09/2025

माइतिघरमा जेन जि हरु गोलि हान्न आदेश दिने र भ्रष्टाचार गर्ने टाउके नेताहरुलाई पक्राउ नगर्दा सम्म हामि रोकिन्नौँ।!!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal films posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category