Returnee Voice

Returnee Voice www.returneevoice.com is online news portal which is registered in Nepal government ! we covers all t Official page of -www.returneevoice.com

बढ्यो आँपको मूल्य...बिहीबार कालीमाटी तरकारी तथा फलफूल बजारमा मालदह, दसहरी लगायतका आँपको मूल्य बढेको छ । कालीमाटी बजारमा ...
26/06/2025

बढ्यो आँपको मूल्य...

बिहीबार कालीमाटी तरकारी तथा फलफूल बजारमा मालदह, दसहरी लगायतका आँपको मूल्य बढेको छ । कालीमाटी बजारमा आज मालदह आँप प्रतिकिलो ७ रुपैयाँ बढेर प्रतिकिलो ७६ रुपैयाँमा किनबेच भइरहेको छ भने दसहरी आँप प्रतिकिलो १४ रुपैयाँले बढेर प्रतिकिलो ८६ रुपैयाँमा किनबेच भइरहेको छ ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका व्यक्तिहरूलाई नामावली दर्ता गराउन अनुरोध गरेको छ। आयोगले विभिन्न ...
26/06/2025

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका व्यक्तिहरूलाई नामावली दर्ता गराउन अनुरोध गरेको छ। आयोगले विभिन्न तहमा रिक्त पदहरुमा उपनिर्वाचन गर्ने तयारी गरेको छ । यसैका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको हो। रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका सांसद दिपक बोहराको निधन भएपछि पद रिक्त भएको छ भने मनाङ क्षेत्र नम्बर १ ९२० का प्रदेशसभा सदस्य दिपक मनाङे जेल गएपछि पद रिक्त छ । यसका साथै स्थानीय तहमा एक दर्जन बढी वडाध्यक्ष पदहरु रिक्त छन् । आयोगका अनुसार उपनिर्वाचनको मिति छिट्टै घोषणा हुने तयारी भईरहेको छ।

26/06/2025

काल भैरव |

काल भैरव नेपाली हिन्दू परम्परामा भगवान शिवको एक उग्र र शक्तिशाली रूपको रूपमा पूजनीय छन्। उहाँलाई समयका स्वामी, रक्षक देवता, र न्यायको प्रतीक मानिन्छ। काठमाडौं उपत्यकामा काल भैरवको विशेष महत्त्व छ, बसन्तपुर दरबार छेत्रमा काल भैरवको विशाल मूर्ति रहेको छ ।
काल भैरवको उत्पत्ति सम्बन्धी विभिन्न किंवदन्तीहरू छन्। एक अनुसार, ब्रह्माको अहंकार नष्ट गर्न भगवान शिवको क्रोधबाट काल भैरवको उत्पत्ति भएको थियो। उहाँले ब्रह्माको पाँचौं टाउको काटेपछि "काल" (समय) र "भैरव" (भयानक) नाम प्राप्त गर्नुभयो। उहाँलाई ६४ भैरवहरूको प्रमुख मानिन्छ, जसमा आठ प्रमुख भैरवहरू (अष्ट भैरव) छन्, जसले ब्रह्माण्डका आठ दिशाहरूको रक्षा गर्छन्।

वर्तमान सरकारको अव्यावहारिक कर नीतिको विरुद्ध हुने वृहत शक्ति प्रदर्शनमा सहभागी बनौ
25/06/2025

वर्तमान सरकारको अव्यावहारिक कर नीतिको विरुद्ध हुने वृहत शक्ति प्रदर्शनमा सहभागी बनौ

अमेरिकी रक्षा जासुसी संस्था (DIA) को प्रारम्भिक रिपोर्ट अनुसार अमेरिकी बम आक्रमणले इरानको तीन मुख्य केन्द्रहरूमा सिर्फ म...
25/06/2025

अमेरिकी रक्षा जासुसी संस्था (DIA) को प्रारम्भिक रिपोर्ट अनुसार अमेरिकी बम आक्रमणले इरानको तीन मुख्य केन्द्रहरूमा सिर्फ माथिल्लो सतहका संरचना (above-ground infrastructure) मा क्षति पुर्यायो। मुख्य गहिरो भूमिगत केन्द्रहरू (जसमा सेन्ट्रिफ्यूज र समृद्ध यूरेनियम रहेको) भाग भने सुरक्षितनै रहेको अनुमान गरेका छन् । आक्रमणभन्दा पहिला नै केही यूरेनियमलाई अन्यत्र सारिएको थियो भन्ने पनि अनुमान गरिएको छ |

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने,इरानको परमाणु हतियार क्षमता पूर्ण रूपमा नष्ट गरिएको छ भनि दाबि गरेका थिए ।

आन्दोलनका कार्यक्रमहरू सार्वजनिक...सरकारले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपा...
25/06/2025

आन्दोलनका कार्यक्रमहरू सार्वजनिक...

सरकारले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका छन् । सरकारले सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्षरुपमा असर पर्ने गरी २% विलासिता कर र १३% भ्याटको नाममा चर्को भार पार्न खोजिएको भन्दै व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् । महासंघहरूले असार १३ गते देशभरका सबै सुनचाँदी पसल बन्द गरी जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने तथा विशेष रूपमा बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा र्‍यालीसहित विरोधसभा आयोजना गर्ने बताएका छन्। त्यसपछि पनि आफ्ना माग सम्बोधन नभए साउन १ गतेदेखि देशभरका सम्पूर्ण सुनचाँदी पसल अनिश्चितकालका लागि बन्द गरी आन्दोलनमा उत्रिने चेतावनी सुनचाँदी व्यवसायीहरुले दिएका छन् ।

संखुवासभाको चैनपुर नगरपालिका–३ स्थित सिद्धकाली मन्दिरमा राखिएको सतीदेवीको दाहिने आँखाको प्रतिमा । स्वस्थानी व्रतकथामा सि...
25/06/2025

संखुवासभाको चैनपुर नगरपालिका–३ स्थित सिद्धकाली मन्दिरमा राखिएको सतीदेवीको दाहिने आँखाको प्रतिमा । स्वस्थानी व्रतकथामा सिद्धकालीदेवी भगवतीको चरणमा सतीको दाहिने आँखा पतन भएको उल्लेख छ । (तस्बिर : भविन कार्की /रासस )

25/06/2025

बुढानिलकण्ठ मन्दिर |
बुढानिलकण्ठ मन्दिरमा रहेको मूर्ति भगवान विष्णुको ५ मिटर लामो शिलामा कुँदिएको शेषशायी रूप हो। मूर्ति जलाशयको बीचमा अवस्थित छ र यसमा भगवानका चार हातहरूमा शङ्ख, चक्र, गदा र कमल रहेका छन्। यो मूर्ति करिब १४०० वर्ष पुरानो मानिन्छ र नेपालमा पत्थरमा कुँदिएको सबैभन्दा ठूलो मूर्तिहरूमध्ये एक हो |

Good Morning ! pic-crazy emma ai
25/06/2025

Good Morning !

pic-crazy emma ai

महांकालमहांकाल समय, शक्ति, संहार र संरक्षणको प्रतीक हो। जसले मानव जीवन र ब्रह्माण्डको अन्त्य र आरम्भ दुवैलाई संकेत गर्छ।...
25/06/2025

महांकाल

महांकाल समय, शक्ति, संहार र संरक्षणको प्रतीक हो। जसले मानव जीवन र ब्रह्माण्डको अन्त्य र आरम्भ दुवैलाई संकेत गर्छ।

महासङ्घले घोषणा गर्यो आन्दोलन मूल आयोजक समितिविज्ञ समिति देखि उपचार समिति सम्म | विवरण सहित ||
24/06/2025

महासङ्घले घोषणा गर्यो आन्दोलन मूल आयोजक समिति

विज्ञ समिति देखि उपचार समिति सम्म | विवरण सहित ||

24/06/2025

Address

Anamnagar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Returnee Voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Returnee Voice:

Share

Our Story

Official page of -www.reporternepal.com