11/08/2026
Block, unblock सम्म त ठिकै हो। तर सानोतिनो मनमुटावमै साथ छोडेर जान्छ भने, उसलाई जान दिनुस् र आफूलाई भाग्यमानी सम्झनुस्।
किनकि कहिलेकाहीँ कोही टाढिनु हाम्रो दुर्भाग्य होइन, भविष्यमा आउन सक्ने ठूलो पीडाबाट पाएको मुक्ति हुन्छ। हामी सम्बन्ध जोगाउने नाममा धेरै कुरा सहन्छौँ आफ्नो आत्मसम्मान गुमाउँछौँ, आफ्ना भावनाहरू दबाउँछौँ, बारम्बार आफूलाई दोषी ठहराउँछौँ र हरेक पटक अर्को व्यक्तिलाई फर्काएर ल्याउन आफ्नै मनसँग सम्झौता गर्छौँ।
तर सोच्नुस् त, जसलाई एउटा सानो मनमुटाव पनि सम्बन्धभन्दा ठूलो लाग्छ, उसले जीवनका ठूला आँधीहरूमा तपाईंको हात कति बेर समातेर राख्ला?
सम्बन्धमा रिस आउन सक्छ, झगडा हुन सक्छ, केही समय बोलचाल बन्द पनि हुन सक्छ। तर समस्या आउँदा समाधान खोज्ने इच्छा नै छैन भने, प्रेमका शब्दहरू केवल औपचारिकता मात्र हुन्। किनकि साँचो सम्बन्ध त्यो होइन जहाँ कहिल्यै झगडा हुँदैन; साँचो सम्बन्ध त त्यो हो जहाँ झगडापछि पनि दुवै जना सम्बन्धलाई बचाउने कारण खोज्छन्।
त्यसैले कसैले सानो असमझदारीमै तपाईंको हात छोडेर जान्छ भने, उसको पछाडि दौडिनु आवश्यक छैन। उसलाई जान दिनुस्। आफूलाई दोष नदिनुस्।
सायद आज उसको बिछोडले आँसु आउला, तर भोलि यही बिछोडले तपाईंलाई धेरै ठूलो अपमान, मानसिक थकान र अधुरो जीवनबाट बचाएको रहेछ भन्ने महसुस हुनेछ। #मनको_आवाज