Republic Nepal गणतन्त्र नेपाल

Republic Nepal गणतन्त्र नेपाल Jay Nepal!

गर्भवती श्रीमतीका लागि सामान लिन सदरमुकाम जाँदै थिए नारायण, तुइन चुँडिएर महाकालीमा बिलाए:दार्चुला — दार्चुलाको व्याँस गा...
17/07/2025

गर्भवती श्रीमतीका लागि सामान लिन सदरमुकाम जाँदै थिए नारायण, तुइन चुँडिएर महाकालीमा बिलाए:

दार्चुला — दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी मंगलबार बिहान सदरमुकाम खलंगा जाँदै गर्दा महाकाली नदीमा बेप'त्ता भएका छन्। ९ महिनाकी ग'र्भवती श्रीमतीका लागि घरको सरसामान लिन हिँडेका नारायण तुइन चुँडिएर उर्लंदो महाकालीमा बिलाएका हुन्।

उनका साथमा गाउँकै जितु विष्ट र जयदु बुढाथोकी पनि थिए। जोखि'मपूर्ण भारतीय बाटो हुँदै महाकाली तर्ने क्रममा तुइनको डोरी चुँडिएको थियो। नारायण नदीमा खस्दा जितु विष्ट भने ज्यान जोगाएर भारततर्फ पुग्न सफल भएका छन्।

घ'टनास्थल नजिकको तुइन केही दिनअघि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले हटाएको थियो। त्यसयता स्थानीयवासीले लुकीछिपी तुइन प्रयोग गर्दै आएका थिए।

प्रहरीका अनुसार नारायणको खोजी कार्य जारी छ, तर बर्खे भेल र नदीको धमिलो पानीका कारण अप्ठ्यारो भइरहेको छ।

नारायण बुढाथोकी परिवारका एक्ला छोरा थिए। सानो होटल, बाख्रापालन र यार्सागुम्बा संकलनबाट उनले परिवारको गुजारा चलाइरहेका थिए। उनको बे'पत्तापछि ग'र्भवती श्रीमती, आमा, एक छोरा र बहिनी ग'हिरो सं'कटमा परेका छन् ।💔

धरान-४ का वडाध्यक्ष धन बहादुर राईले हर्क साम्पाङको श्रमदानमा सघाउने गरेको भन्दै पार्टीले कारबाहि गर्ने खबर पाएपछि उहाँ भ...
06/07/2025

धरान-४ का वडाध्यक्ष धन बहादुर राईले हर्क साम्पाङको श्रमदानमा सघाउने गरेको भन्दै पार्टीले कारबाहि गर्ने खबर पाएपछि उहाँ भन्नुहुन्छ,"म पार्टीमा रहेपनि नरहे पनि म जनताको काम गर्ने मान्छे हुँ । म जनता संगै हुन्छु, जनता संगै काम गर्छु । अझ म प्रगढ रुपले हर्क साम्पाङ लाई सघाउने मेरो लक्ष्य छ ।"
अहिले सम्म उहाँलाई आधिकारिक रुपमा पार्टीले कारबाही गरेको भने छैन ।

Rokayagaun, Jajarkot!Photo: Surendra Suman
26/06/2025

Rokayagaun, Jajarkot!

Photo: Surendra Suman

Muktinath ,  Mustang  !   Beautiful  Nepal  !
24/06/2025

Muktinath , Mustang ! Beautiful Nepal !

यी हुन् भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले सोमबार गठन गरेको सात सदस्यीय उच्चस्तरीय छानबिन समितिका सदस्य।अध्यक्ष— शं...
24/06/2025

यी हुन् भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले सोमबार गठन गरेको सात सदस्यीय उच्चस्तरीय छानबिन समितिका सदस्य।

अध्यक्ष— शंकरदास वैरागी, पूर्वमुख्यसचिव
सदस्य सचिव— आनन्द काफ्ले, सहसचिव, गृह मन्त्रालय
सदस्यहरूमा—
तीर्थराज चिलुवाल, सहसचिव, अर्थ मन्त्रालय
अरुणा जोशी, सहसचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय
रामकृष्ण लामिछाने, सहसचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
मणिरत्न शर्मा, सहसचिव, परराष्ट्र मन्त्रालय
प्रदीप कोइराला, सहसचिव, श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालय
Republic Nepal गणतन्त्र नेपाल

Do You Know: नवलपरासीमा ठुलो फलाम खानी भेटिएको छ, जसमा करिब १० करोड टन फलाम छ। उक्त खानी नेपालको आगामी १०० वर्षको फलामको...
24/06/2025

Do You Know: नवलपरासीमा ठुलो फलाम खानी भेटिएको छ, जसमा करिब १० करोड टन फलाम छ। उक्त खानी नेपालको आगामी १०० वर्षको फलामको माग पूरा गर्न पर्याप्त छ। 😲

मलाई रास्वपाले महामन्त्री नबनाए अदालत जान्छु डा.मुकुल ढकाल 🖐️
24/06/2025

मलाई रास्वपाले महामन्त्री नबनाए अदालत जान्छु डा.मुकुल ढकाल 🖐️

लोकसेवाको परीक्षा दिएर घर फर्किँदै गरेकी सिर्जनाको दुर्घटनामा परेर मृत्यु थप कमेन्टमा…
24/06/2025

लोकसेवाको परीक्षा दिएर घर फर्किँदै गरेकी सिर्जनाको दुर्घटनामा परेर मृत्यु
थप कमेन्टमा…

जुम्ला विमानस्थल र फाँटजुम्लाको चन्दननाथ नगरपालिका-२, भण्डारीवाडा गाउँबाट देखिएको जुम्ला विमानस्थल र आसपास रोपाइँ सम्पन्...
23/06/2025

जुम्ला विमानस्थल र फाँट
जुम्लाको चन्दननाथ नगरपालिका-२, भण्डारीवाडा गाउँबाट देखिएको जुम्ला विमानस्थल र आसपास रोपाइँ सम्पन्न भएको फाँट। तस्बिर : विजय रावत/रासस

सांसद सोबिता गौतमले भनिन्, ‘सभापतिलाई कारागारबाट निकाल्ने कसैको तागत छ भने त्यो हो– नेपाली जनता । नेपाली जनताले मतको शक्...
23/06/2025

सांसद सोबिता गौतमले भनिन्, ‘सभापतिलाई कारागारबाट निकाल्ने कसैको तागत छ भने त्यो हो– नेपाली जनता । नेपाली जनताले मतको शक्तिबाट निकाल्नुपर्छ ।’‘०८४ को निर्वाचनमा हरेक एक नेपालीलाई आह्वान गर्छु– आफ्नो कर्मभूमिबाट कामको छुट्टि लिएर भए पनि एक वर्ष तपाईंले परीक्षण गर्नका लागि भए पनि तपाईंहरू आफ्नो देश फर्कनुस्,’ ‘०८४ को निर्वाचनमा रास्वपा नै सबैभन्दा ठूलो जनताले रुचाएको पार्टी हो भन्ने देखाउनुपर्छ ।’

जय शम्भो 🕉️
22/06/2025

जय शम्भो 🕉️

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले...
22/06/2025

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेट्नुभएको छ ।
कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्धा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा यही असार ३ गते काठमाडौँ आइपुग्नुभएको थियो । सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज भेट पाउनुुभएको हो । बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराउनुभयो । प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर धेरै दुःख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरु सुनाउन पाएकामा हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरुपमा अघि बढ्ने बताउनुभयो ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Republic Nepal गणतन्त्र नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share