DTV

DTV सत्य, तथ्य र ताजा खबर

रविन्द्र मिश्र र धवल शम्शेर पक्राउपछि राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
29/03/2025

रविन्द्र मिश्र र धवल शम्शेर पक्राउपछि राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

29/03/2025

वीरगञ्ज महानगरपालिका–१६ स्थित इलाका प्रहरी कार्यालय, नगवा अगाडि एक महिलाको शव फेला परेको छ ।

29/03/2025

नेपाल पत्रकार महासघ, बागमती प्रदेश
मिति : २०८१ चैत १५ गते

राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी समुहले गरेको आगजनीमा संचारकर्मीको मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने र सवारी साधन तोडफोड गर्दै मिडिया जगतलाई आतंकित तुल्याउने कार्य गरेकोमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितीको गम्भीर ध्यानाकर्षण भएको छ ।

सो समुहले आगो लगाएको भवनको समाचार संकलनको क्रममा जलेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको खवरले महासंघ स्तब्ध र मर्माहत भएको छ । महासंघ यो अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गर्दछ । मृतक पत्रकार रकजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

बदलिएको परिस्थितिका कारण नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा यही चैत १६ गतेको लागि प्रदेशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ ।

स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोधसभाको रूपमा मनाउन जिल्ला शाखाहरूलाई आव्हान गरिन्छ ।

जिल्ला शाखाले गर्ने कार्यक्रममा उपस्थित भई मृतक पत्रकारप्रति श्रद्धाञ्जली र सञ्चारमाध्यमविरुद्ध भएको हमला विरुद्ध हातेमालो गर्न महासंघ सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, अधिकारकर्मी, मानवअधिकारकर्मी तथा प्रेस स्वतन्त्रताकामी सम्पुर्ण नागरिकमा हार्दिक आह्वान गर्दछ ।

राधेश्याम खतिवडा
महासचिव

29/03/2025
29/03/2025

आर्थिक लेनदेनको आरोप लागेपछि सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार ब...

29/03/2025

म अपरिचित र नौला देखिने विद्यार्थीको झुण्डतिर हेर्दै आफ्नो हिँडाइको रफ्तार बढाइरहेकी थिएँ । सडकको दुवै किनारमा...

29/03/2025

यसरी मस्क र भारत दुवै आ-आफ्ना स्वार्थका लागि नजिक आइरहेको बेला मस्कले आफ्नो कम्पनी एक्सका कारण भने मोदी सरकारसँग ....

29/03/2025

१६ चैत, काठमाडौं । शुक्रबार तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा संलग्नहरूलाई संगीन प्रकृति.....

29/03/2025

१६ चैत, काठमाडौं । राजावादीको हिंसात्मक आन्दोलनका कारण शुक्रबार दिउँसोदेखि रातिसम्म रणभूमि जस्तै बनेको तीनकुने...

29/03/2025

म्यानमार भूकम्प अपडेट : ७०४ जनाको मृत्यु
१६ चैत, काठमाडौं । शुक्रबार म्यानमारमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेहरूको संख्या ७०४ पुगेको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (यूएसजीएस) ले भूकम्पमा परी हजारौं मानिसको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ । भूकम्पको झट्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो।

म्यानमारको सैनिक सरकारले कम्तीमा ६९४ जनाको मृत्यु भएको र १ हजार ६७० जना घाइते भएका पुष्टि गरेको छ । उता थाइल्याण्डमा १० जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। यो म्यानमार र थाइल्याण्डमा पछिल्लो २०० वर्षयताकै ठूलो भूकम्प मानिएको छ। भीषण विनाशका कारण म्यानमारका ६ राज्यहरू र थाइल्याण्डभरि आपतकाल घोषणा गरिएको छ।
तस्बिरः सामाजिक सञ्जाल

24/03/2025

'आज मुस्किलले ज्यान जोगाइयो,' लामिछानेले भने, 'आक्रोशित स्थानीयले आगजनी गरेर प्रहरी चौकीका सबै सामान पूर्ण रूपमा ध...

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when DTV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share