12/05/2026
सन् २०१९ बिहानको समय, एउटा कार तिव्र गतिमा अनियन्त्रित भएर अर्को साइडमा फुटपाथमा हँडिरहेकी एक महिला(३८ वर्षिय लिला देवकोटा)लाई ठक्कर दिन्छ।
त्यो कार चलाईरहेका थिए पृथ्वी मल्ल जो एक सम्पन्न र पहुँच भएका परिवारका छोरा थिए। त्यस कारमा ३ अन्य पहुँचवालाका छोराछोरीहरू थिए। शिवपुरीमा रातभर पार्टी गरेर, मदिरामा लठ्ठ उनिहरू, पृथ्वी मल्लले कार कुदाएर घर फर्किने क्रममा यो घटना भएको थियो।
चालक पृथ्वी मल्ल यति नशामा थिए कि प्रत्यक्षदर्शीका अनुसार उनि सिधा उभिने हाल सम्म थएन। कार भित्र सबै रक्सीका खाली बोटल र पुरा मदिराको गन्ध आईरहेको थियो। पृथ्वी मल्ल र उनका साथिहरु घटनास्थल बाट फरार भए भने अस्पतालमा उपचारका क्रममा ति महिलाको मृत्यु भयो।
त्यसलगत्तै प्रहरीले पक्राऊ गरेर सरकारी वकिल कार्यलयले १० वर्षको सजाय माग सहित मुद्दा दर्त्ता गर्यो । काठमाडौं जिल्ला आदालतले आदेश नआउञ्जेल थुनामा पठाएपछि हिरासत छल्न पृथ्वी मल्ललाई विभिन्न बहाना बनाएर तुरुन्तै बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालको रिपोर्टमा उनी उच्च रक्तचाप, गम्भीर डिप्रेसन र समायोजन विकार, दमको साथसाथै रक्तचाप र अक्सिजन संतृप्ति समस्याबाट पीडित रहेको देखाएको थियो। मल्लको बास पुर्णरूपले हस्पिटलमा नै भयो, जेलमा मुस्किलले समय बिताए।
सन् २०२० मा काठमाडौं जिल्ला अदालतले यो मुद्दा 'सामान्य घटना' भएको ठहर गर्दै मल्ललाई ६ महिना कारागार र १००० रुपियाँको जरिवाना फैसला सुनायो। यो फैसला बिरुद्धमा जिल्ला सरकारी अधिवक्ताले पाटन उच्च अदालतमा रिट हाले र पाटन उच्च अदालतले मल्ललाई निर्णायक फैसला नहुँदा सम्म जेल चलान गर्यो।
त्यसको ४ महिनापछि सर्वोच्चका न्यायधीश सपना प्रधान मल्ल र मनोज कुमारको बेन्चले काठमाडौँ जिल्ला अदालत र पाटन उच्च अदालतको फैसला उल्टयाउँदै पृथ्वी मल्ल लाई हिरासतमा राख्नु नपर्ने भन्दै रिहा गर्न र ५ लाख जरिवाना मात्र गर्ने निर्णय गर्यो। छुटेको केहि समय पछि पृथ्वी मल्ल अमेरिका उडे।
सपना प्रधान मल्लको बेन्चले गरेको त्यो निर्णय बिरूद्धमा रिट परे पनि दोषी पृथ्वी मल्ल अमेरिका भागि सकेका थिए ।
२०२३ मा पाटन उच्च अदालतले मल्ललाई ४ वर्ष कैद सजाय र ४०००० जरिवाना तोक्यो। तर सम्भवत दोषी अमेरिकामा बसेर हाँसिरहेको छ।
सधैं महिलाको हक र हितमा काम गरे भन्ने सपना प्रधान मल्लले किन त्यो दिवंगत महिला र उनका ४ छोरा छोरीहरूलाई न्याय दिन सकिनन् ? (साभार उकेरा) 🇳🇵."