Deep Reader

Deep Reader Tell me and I forget. Teach me and I remember. Involve me and I learn.

03/11/2025

धूर्त आर्यहरुको सत्ता एडिक्टेट दल , तिनका भरौटे पत्रकारहरु, बतुके अनि स्वार्थलिप्त अभियन्ताहरुले जनतालाई कार्यकर्ता र झोलेमा बाँडे।
स्वार्थ र सत्ता जोगाउने खेलमा जसले प्रश्न गर्‍यो - उसैलाई “लुसिफर” बनाइयो।
बालेनजस्तो उदाउँदो आशालाई नैराश्यताको प्रतीक बनाएर फ्रस्टेट गरियो। देश बदल्ने होइन, जनताको चेतना नियन्त्रण गर्ने खेल चल्दैछ।
अब यही खेल हर्क सम्पाङ् र कुलमानका वरिपरि पनि खेलिन सक्ने संकेत देखिन्छ - किनकि धूर्त आर्यहरूको नीति सधैं एउटै हुन्छ, जो बोल्छ, उसलाई बदनाम गर।

हिजोसम्म कुलमान लगभग प्रचण्डको भोट माग्ने हतियार थियो तर अचेल अलि फरक देखिने बित्तिकै बाहुन प्रचण्डलाई बाम एकता नै आवश्यक परेको छ।

बालेनको “F*CK” शब्दले हल्लिएको समाज,
असल विचार भन्दा पनि पाखण्डी चरित्र र पातकी व्यबहार पचाउने, लुकाउने बानीको दर्पण हो।
अश्लीलता शब्दमा होइन ,
आचरणमा हुन्छ। तर यो कुरा अझै पनि पचेन, नपच्ने रहेछ।

03/11/2025

पार्टी कार्यालय — तीन कुने
पार्टीको झण्डा — चार कुने
चुनाव चिह्न — पाँच कुने
पार्टी उपसंयोजक — माकुने
यत्ती भएपछी देश छिट्टै स्विजरल्यान्ड हुने!
लौ नेपाली जनता अब हामी हास्ने कि रुने?

19/10/2025

आजकल हाम्रो नेताहरूलाई दुई चीजको उधुमै नशा लाग्छ -
एक, कुर्सीको।
दोस्रो, राष्ट्रवादको।

जब दल संकटमा हुन्छ, कुर्सी हल्लिन्छ तब उनीहरू तुरुन्त “देश बर्बाद हुँदैछ!” भन्दै माइक्रोफोन समात्छन्।
“भारतीय विस्तारवाद मुर्दावाद!”, “अमेरिकी साम्राज्यवाद मुर्दावाद!” बिदेशी चलखेल भयो भन्छन् , तर पछि ती नै नेताहरू विदेशी दूतावासमा चिया पिउँदै सम्झौता गर्छन्।

प्रचण्डलाई हेर्दा लाग्छ - अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद बिरुद्धको नारा केवल सत्ता चढ्ने सिँढी थियो।
केपी ओलीलाई हेर्दा लाग्छ - लिम्पियाधुरा र कालापानी नक्सामा रंग भर्ने प्रदर्शन मात्र थियो। जो कुटनितिक पहलबिना कागजी नक्सामा नै सिमित भयो।
र काँग्रेसका नेताहरू?
भारतसँग “सद्भाव”को नाममा निर्भरता बढाउने,
अमेरिकासँग “साझेदारी”को नाममा आत्मसम्मान बेच्ने। के कुरा गर्नु यिनिहरुको।

सबैको राष्ट्रवाद चाहिँ भाषणमा बल्छ, तर व्यवहारमा मर्छ। जनताको रगतले बनेको यो देश! आज नेताहरूको व्यापारको सामग्री बनेको छ।

आफ्नो दल, आफू र पदको कुर्सी संकटमा पर्दा देखाउने यस्ता व्यबहार राष्ट्रवाद होइन, यो सत्ताको सुँघाइ हो।
राष्ट्रभक्त होइनन् उनीहरू, उनीहरू राष्ट्रवाद बेच्ने व्यापारी हुन्। 🇳🇵🔥

13/10/2025

देशको माहोल आज ती पत्रकारहरूले बिगार्दैछन्,
जो झुट बेचेर सनसनी कमाउँछन्।
मिडियाका ती झोले मुखपत्रहरू,
जसले दलको डोरी समातेर "मिडिया" को नाममा अभिनय गर्छन्।

मुखमा “राम–राम” बोकेर
बगलिमा “छुरा” लुकाउने ती अभियन्ता,
र आफैँलाई “विश्लेषक” भन्ने खोक्रा पात्रहरू -
यी सबैले भाडभैलो मच्चाइरहेका छन् ।

अचेल खोक्रो राष्ट्रवादको नारामुनि
पुरातन सोचका भूतहरू नाचिरहेका छन्,
र विवेक हराउँदैछ,
जहाँ सत्य आवाज भन्दा ठूला छन्
प्रपञ्च र प्रचारका नाटकहरु।

पुरानो ग्रीसको समयको कुरा हो। त्यहाँ डायोनिसियस नामका एक राजा थिए - अत्यन्त शक्तिशाली, धनाढ्य र प्रभावशाली। उनका दरबारमा...
12/10/2025

पुरानो ग्रीसको समयको कुरा हो। त्यहाँ डायोनिसियस नामका एक राजा थिए - अत्यन्त शक्तिशाली, धनाढ्य र प्रभावशाली। उनका दरबारमा धेरै सेवक र दरबारीहरू थिए, जसमा डेमोक्लीज पनि एकजना थिए। डेमोक्लीज हरेक दिन राजाको स्तुति गर्थ्यो। ऊ भन्थ्यो, “महाराज, तपाईं जस्तो भाग्यशाली संसारमा कोही छैन! तपाईंलाई सबै कुरा प्राप्त छ - शक्ति, धन, सम्मान र सुख।”

यी कुरा सुनेर राजा डायोनिसियस मुस्कुराए र भने,
“डेमोक्लीज, के तिमी साँच्चै सोच्छौ कि राजा हुनु मात्र सुख हो?” डेमोक्लीजले उत्साहका साथ उत्तर दियो,
“अवश्य, महाराज! म त तपाईंको स्थानमा भए कति खुसी र सुखी हुन्थेँ!” राजाले केही सोचेर भने, “ठिक छ, भोली तिमी मेरो स्थानमा बस। सबै सुविधा तिम्रो हुनेछ।”

भोलिपल्ट, राजाले डेमोक्लीजलाई सुनको सिंहासनमा बसालेर वरिपरि सुरा सुन्दरिको नाच, स्वादिष्ट भोजन र सुगन्धयुक्त फूलहरू राखिदिए। डेमोक्लीज निकै खुसी भयो। उसले सोच्यो, “यो नै त साँचो सुख हो!” तर राजाले गोप्य रूपमा एउटा तेज तरवार डेमोक्लीजको टाउकोमाथि एक मात्र घोडाको कपालको धागोले बाँधेर झुण्ड्याइदिएका थिए।
जब डेमोक्लीजले माथि हेऱ्यो, उसले त्यो तरवार आफ्नो टाउकोमाथि लट्किएको देख्यो - जुन कुनै पनि क्षणमा खस्न सक्थ्यो। त्योआनन्द तुरुन्तै डरमा परिणत भयो। ऊ काँप्न थाल्यो, न त खाना खान सक्यो, न नाच हेर्न सक्यो। ऊ राजासँग विन्ती गर्न थाल्यो, “महाराज, मलाई यो स्थानबाट उठ्न दिनुहोस्! मैले अब बुझें - राजा हुनु यति सजिलो र सुखद कुरा होइन रहेछ।”

राजाले मुस्कुराएर भने, “यही कुरा म तिमीलाई सिकाउन चाहन्थेँ, डेमोक्लीज। जसको हातमा शक्ति हुन्छ, उसको टाउकोमाथि सधैं खतरापूर्ण तरवारहरु झुण्डिएको हुन्छ।”
( यो कथा मैले उदाहरणका लागि स्नातक तहमा अध्ययन गरिने अङ्ग्रेजी पाठ्यपुस्तक "Flax-Golden Tales'' बाट लिइएको हो)

हर्क, रबि, बालेन लगायतका नयाँ उदयमान कथित नेतृत्वहरु कृपया यो बुझ्नुहोस कि
नेतृत्वको सिंहासन चम्किलो देखिन्छ,
तर टाउकोमाथि सधैं तरवार झुण्डिरहेको हुन्छ -
आलोचना, आरोप, पार्टी भित्रको षड्यन्त्र, जनता र समयको दबाब।
सत्ता पाउन र सन्चालन गर्न सजिलो छैन,
त्यसको जोखिम र डरबाट मुक्ति पनि छैन। सुझबुझ, इमानदारीता र संम्यता नभए आफू त डुब्छौ नै र देश बाचेर पनि मनहरु मरिरहन्छ।

प्रधानमन्त्री (गणतन्त्रमा)             (कार्यकाल )के.पी. शर्मा ओली            1,962 ५ वर्ष ४ महिना १७ दिनपुष्पकमल दाहाल ...
26/09/2025

प्रधानमन्त्री (गणतन्त्रमा) (कार्यकाल )

के.पी. शर्मा ओली 1,962 ५ वर्ष ४ महिना १७ दिन
पुष्पकमल दाहाल ‘प्रचण्ड’ 1,154 ३ वर्ष १ महिना २९ दिन
शेरबहादुर देउवा 784 २ वर्ष १ महिना २४ दिन
माधवकुमार नेपाल 622 १ वर्ष ८ महिना १७ दिन
बाबुराम भट्टराई 563 १ वर्ष ६ महिना १८ दिन
सुशील कोइराला 608 १ वर्ष ८ महिना १३ दिन
खिलराज रेग्मी 334 ११ महिना ४ दिन
झला नाथ खनाल 204 ६ महिना २४ दिन

पार्टिगत समग्र हिसाब सरकारमा सहभागी (गणतन्त्र २००८–२०२५)

एमाले → करिब ७ वर्ष ८ महिना
माओवादी केन्द्र → करिब ६ वर्ष ११ महिना (प्रधानमन्त्री + गठबन्धन सहभागी दुबै मिलाएर)
कांग्रेस → करिब ४ वर्ष
Caretaker (Regmi, Karki जस्ता) → करिब १ वर्ष

📌 यसरी हेर्दा, २००८ देखि २०२५ सेप्टेम्बरसम्म (१७ वर्ष) मा:

एमालेले सबैभन्दा धेरै ७ बर्ष ८ महिना सरकारको नेतृत्व गर्‍यो,
माओवादीले दोस्रो धेरै (तर गठबन्धन र आफ्नै प्रधानमन्त्री दुवै मिलाएर ७ वर्ष नजिकै),
कांग्रेस करिब ४ वर्ष,
यथार्थमा,
एमाले: “सधैं बलियो हुने दाबी, तर सीट खोस्न दौडधुपमा व्यस्त।”
काङ्ग्रेस: “पुरानो किताबजस्तो—हामीले पढिसकेका तर फाइलमा मात्रै राखिएका।”
माओवादी: “क्रान्ति घोषणामा expert, तर कार्यकालमा समय कहिले बित्यो थाहा छैन।”

यत्तिको सरकार भए पुग्छ।
25/09/2025

यत्तिको सरकार भए पुग्छ।

तँ कसरी माओवादी ?रगतको खोला तरेर, बलिदानका टेकोमा अडिएरक्रान्ति भनेर देश हल्लायौ,तर सिंहदरबार छिर्नासाथतिम्रो रुप बजारको...
25/09/2025

तँ कसरी माओवादी ?
रगतको खोला तरेर, बलिदानका टेकोमा अडिएर
क्रान्ति भनेर देश हल्लायौ,
तर सिंहदरबार छिर्नासाथ
तिम्रो रुप बजारको चोर जस्तै भयो।
तिमी परिवर्तन हौ?
कि केवल सत्ता र सम्झौतामा बेचिएको क्रान्ति अनि पुरनो सम्झना ?

तँ कसरी काङ्ग्रेस ?
इतिहासका पानामा वीर बनेर लेखिन्छौ,
लोकतन्त्रको माला गुथ्छौ,
तर जब जनताको सपना रित्तिन्छ,
तिम्रा भाषणका पाना सुनसान हुन्छन्।
तिमी बाचा हौ?
कि केवल पुराना वाचा बोकेको खोक्रो पुस्तक?

तँ कसरी एमाले ?
घाम र चन्द्रमाको सपनामा सयर गराउछौ,
सधैं जबजको चित्र कोर्छौ,
तर कुर्सीको खेल सुरु हुदा
त्यो चित्र धुम्म कुहिरोमा हराउँछ।
तिमी विचार हौ?
कि केवल चुनाव जित्ने अर्को नारा मात्र?
゚viralシ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Deep Reader posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share