Eloksewa.Network

Eloksewa.Network Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Eloksewa.Network, News & Media Website, Kathmandu.

Time and tide waits for none.
मेरो एक सेकेन्ड पनि देश र जनताको सेवामा समर्पित,
आउनुहोस् हातमा हात समाउँदै सबै अघि बढौँ,
अब सबै एकै ठाउँमा,सिक्ने देखि सिकाउने सम्म,ज्ञान देखि समाचार सम्म हरेक दिन नयाँ नयाँ कुराहरू जानकारी प्राप्त गर्नका सक्नु हुन्छ।🙏
🇳🇵

26/09/2025
18/09/2025

वित्तीय लेखापरीक्षण र कार्यमूलक लेखापरीक्षण : भिन्नता
वित्तीय लेखापरीक्षण र कार्यमूलक लेखापरीक्षण बीचको भिन्नता निम्नानुसार प्रस्तुत गरिएको छ:
कार्यमूलक लेखापरीक्षण (Performance Auditing)
वित्तीय लेखापरीक्षण (Financial Auditing)
क्र.सं.
१)
वित्तीय स्थिति तथा प्रचलित ऐन कानुनको पालना भए/नभएको अध्ययन, विश्लेषण तथा मूल्याङ्कन गर्दछ।
१)
स्रोत साधनको व्यवस्थापनमा मितव्ययिता, कार्यक्षमता र प्रभावकारिताको विश्लेषण तथा मूल्याङ्कन गर्दछ।
२)
वित्तीय व्यवस्थापन प्रणाली र प्रतिवेदन पद्धतिको पूर्णता र विश्वासनीयतालाई जोड दिन्छ।
२)
सार्वजनिक स्रोतको कुशल व्यवस्थापन तथा सार्वजनिक जवाफदेहितालाई अभिवृद्धिलाई जोड दिन्छ।
३)
निकायले कुन हदसम्म निर्दिष्ट उपलब्धि हासिल गर्न र लक्ष्य समूहलाई सेवा पु¥याउन सकेको छ भन्ने विषयमा टिप्पणी गर्दछ।
३)
निकायले कुन हदसम्म निर्दिष्ट उपलब्धि हासिल गर्न र लक्ष्य समूहलाई सेवा पु¥याउन सकेको छ भन्ने विषयमा मूल्याङ्कन गर्दछ।
४)
निकायको कार्यक्रम वा आयोजनाको मितव्ययिता, कार्यक्षमता र प्रभावकारितामा सुधार ल्याउन सुझाव दिन्छ।
४)
निकायको कार्यसञ्चालनमा मितव्ययिता, कार्यक्षमता र प्रभावकारिता अभिवृद्धि गर्न सामान्य एवम् विशेष सुझाव दिन्छ।
५)
भए गरेका कारोवार प्रचलित कानुन अनुसार भए नभएको सुनिश्चित गर्न प्रत्येक कारोबारमा ध्यान केन्द्रित गर्दछ।
५)
कारोबार र कार्यसञ्चालन स्थितिलाई समग्र जवाफदेहिताको प्रारम्भिक दृष्टिकोणबाट कारोबार कार्य सञ्चालनलाई मनन गर्दछ।
६)
प्रचलित कानुनको पालना नगर्ने स्थितिलाई न्यून गराउन नियन्त्रण वातावरणलाई सुदृढ गराउने लक्ष्य राख्छ।
६)
स्रोत व्यवस्थापनलाई प्रोत्साहित गर्ने समग्र कार्यसम्पादन क्षमता सुधार गर्ने लक्ष्य राख्छ।
७)
नियमितता र औचित्य यसका प्रमुख पक्ष हुन्।
७)
मितव्ययिता, कार्यक्षमता र प्रभावकारिता यसका प्रमुख पक्ष हुन्।

18/09/2025




18/09/2025

🇳🇵नेपाली विवाह

18/09/2025

सरकारी जागिरे दिदीबहिनी भन्नुहुन्छ...

18/09/2025

💲पैसा 💵💷💶

18/09/2025

🇳🇵

18/09/2025

नेपाली नाचाे🇳🇵

काठमाडौँमा घरभित्रै खुकुरी प्रहार, एक महिला गम्भीर घाइतेकाठमाडौँ, गोकर्णेश्वर–७ शिवचोकमा आजै दिउँसो घरभित्रै खाना खाइरहे...
18/09/2025

काठमाडौँमा घरभित्रै खुकुरी प्रहार, एक महिला गम्भीर घाइते

काठमाडौँ, गोकर्णेश्वर–७ शिवचोकमा आजै दिउँसो घरभित्रै खाना खाइरहेकी एक महिलामाथि चार जनाको समूहले आक्रमण गरेका छन्। आक्रमणकारीहरूले खुकुरी प्रहार गरी उनलाई गम्भीर घाइते बनाएका हुन्।

प्रत्यक्षदर्शीका अनुसार, पीडित महिला आफ्नो घरभित्र परिवारसँग खाना खाइरहेकी बेलामा चार जनाको समूह अचानक पसेर आक्रमण गरेको हो। घटनापछि स्थानीयवासी र परिवारले उनलाई तत्काल अस्पताल पुर्‍याएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

यो घटनाले राजधानीमै घरभित्र बस्दा पनि सुरक्षित महसुस गर्न नसकिने अवस्था बनेको भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ। “अब आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने परिस्थिति आएको छ,” एक स्थानीयले भने।

प्रहरीले घटनामा संलग्न आक्रमणकारीको खोजी कार्य अघि बढाएको जनाएको छ।

18/09/2025

राष्ट्रिय दिवसहरू
🔰 व्यक्तिगत घटना दर्ता दिवस वैशाख २ गते
🔰 लोकतन्त्र दिवस वैशाख ११ गते
🔰 चिया दिवस वैशाख १५ गते
🔰 राष्ट्रिय पत्रकारिता दिवस वैशाख २४ गते
🔰 कानुन दिवस वैशाख २६ गते।
🔰 विद्यालय गणना दिवस जेठ ७ गते
🔰 ऊर्जा दिवस जेठ ९ गते
🔰 गणतन्त्र दिवस जेठ १५ गते
🔰 छुवाछुत उन्मूलन दिवस जेठ २१ गते
🔰 चुरे संरक्षण दिवस असार २ गते
🔰 राष्ट्रिय जनगणना दिवस असार ८ गते
🔰 वन दिवसअसार १३ गते
🔰 धान दिवस असार १५ गते
🔰 संसद दिवस असार १६ गते
🔰 भानु जयन्ती असार २९ गते
🔰 इन्जिनियर दिवस श्रावण ३ गते
🔰 मुक्ति /मुलुकी ऐन दिवस भाद्र १ गते
🔰 पुस्तकालय दिवस भाद्र १५ गते।
🔰 निजामती सेवा दिवस भाद्र २२ गते
🔰 बाल दिवस भाद्र २९ गते
🔰 विज्ञान दिवस /चलचित्र दिवस असोज १ गते।
🔰 परिवार नियोजन दिवस असोज २ गते
🔰 सामाजिक सेवा दिवस असोज ६ गते
🔰 नागरिक सुरक्षा दिवस असोज १२ गते
🔰 प्रहरी दिवस असोज ३० गते
🔰 सशस्त्र प्रहरी दिवस कार्तिक ८ गते।
🔰 कर /कफी दिवस मङ्सिर १ गते
🔰 उद्योग दिवस मङ्सिर ९ गते
🔰 क्षयरोग विरुद्धको दिवस मंसिर १३ गते।
🔰 पोल्ट्री दिवस पुस १ गते
🔰 योग दिवस माघ १ गते
🔰 भूकम्प सुरक्षा दिवस माघ २ गते
🔰 सहिद दिवस माघ १६ गते
🔰 प्रजातन्त्र दिवस /निर्वाचन दिवस फागुन ७ गते
🔰 सारङ्गी दिवस फागुन १५ गते।
🔰 सैनिक दिवस महाशिवरात्रीको दिन
🔰 लेखक दिवस चैत्र ३ गते
🔰 कथा दिवस चैत्र १९ गते
🔰सहकारी दिवस चैत्र २० गते।
🔰 विद्युत सुरक्षा दिवस चैत्र २५ गते।
🔰 वनस्पति दिवस चैत्र २९ गते
🔰 गैर आवासीय नेपाली दिवस अक्टोबर ११
सेयर गरेर सुरक्षित राख्नुहोला। 🙏🙏

सेप्टेम्बर ७,८र९ मा संसारमा तीन घटनातीन प्रधानमन्त्रीको राजिनामा संयोग या परिस्थिति।🇯🇵 जापान• प्रधानमन्त्री: शिगेरु इशिब...
13/09/2025

सेप्टेम्बर ७,८र९ मा संसारमा तीन घटना
तीन प्रधानमन्त्रीको राजिनामा संयोग या परिस्थिति।

🇯🇵 जापान
• प्रधानमन्त्री: शिगेरु इशिबा
• राजीनामाको मिति: ७ सेप्टेम्बर २०२५
• कारण: जुलाई महिनामा संसदीय चुनावमा आफ्नो दलको ऐतिहासिक पराजयपछि इशिबाले राजीनामा दिने घोषणा गरे। यस पराजयले उनको पार्टी, लिबरल डेमोक्रेटिक पार्टी (LDP), लाई दुईवटा सदनमा बहुमत गुमाएको थियो।
• नयाँ नियुक्ति: LDP ले नयाँ नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ।

🇫🇷 फ्रान्स
• प्रधानमन्त्री: फ्रान्स्वा बायरो
• राजीनामाको मिति: ८ सेप्टेम्बर २०२५
• कारण: संसदमा विश्वासको मत गुमाएपछि बायरोले राजीनामा दिए। उनले सार्वजनिक ऋण घटाउने उद्देश्यले €४४ अर्बको बजेट कटौती प्रस्ताव गरेका थिए, जसले व्यापक विरोध र असन्तुष्टि निम्त्यायो।
• असन्तुष्ट जनता “Bloquons tout” नाममा आन्दोलन गर्दै सडकमा आएपछि सरकारले ८० हजार प्रहरी परिचालन गरेर एकजना पनि हत्या नगरेर ४५० लाई एरेष्ट गरेर परिस्थिति काबुमा ल्यायो।
• नयाँ नियुक्ति: फ्रान्सको नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नु नियुक्त भएका छन्।

🇳🇵 नेपाल
• प्रधानमन्त्री: केपी शर्मा ओली
• राजीनामाको मिति: ९ सेप्टेम्बर २०२५
• कारण: सरकारले २६ वटा प्रमुख सोसल मिडिया प्लेटफर्महरूमा प्रतिबन्ध लगाएको निर्णय र भ्रष्टाचारविरुद्ध Zen-Z नाममा युवा विद्यार्थी व्यापक विरोध प्रदर्शनको जन्म दियो। प्रदर्शनकारिहरूसँगको झडपमा ५१ जनाको मृत्यु र १,३०० भन्दा बढी घाइते भए। संसद भवन र सरकारी कार्यालयहरूमा आगजनी गरियो। यी घटनाहरूको परिणामस्वरूप ओलीले राजीनामा दिए।
• नयाँ नियुक्ति: शुशीला कार्की, पूर्व प्रधान न्यायाधीश, नेपालकी पहिलो महिला प्रधानमन्त्रीको रूपमा नियुक्त भएकी छन्।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Eloksewa.Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Eloksewa.Network:

Share