24/07/2026
निर्माण सम्पन्न भएको १ महिना न बितै भत्किन थाल्यो पाल्हीनन्दनको पोखरीको बाँध
पाल्हिनन्दन गाउँपालिका वडा नं ०४ लोहरौली पर्ने शिव मन्दिर परिसरमा रहेको करिब २ विगाहामा निर्माण गरिएको १ करोड रकम बराबरको बाँध निर्माण कार्य सम्पन्न भएको १ महिना समेत नबित्दै भत्किन थालेको छ।
गाउँपालिकाको कर्मचारी , इन्जिनियर ठेकदारको मिलोमतोमा गुणस्तरीयहिन कार्य भएको स्थानीयहरुले आरोप लगाई रहेका छन्।
यो कार्य आकर्ष निर्माण सेवा दाङले ठेक्का पारी निर्माण कार्य गरेको थियो।