Police Kura

Police Kura सुरक्षासँग जोडिएका हर खबर –
प्रहरीसँग सम्बन्धित समाचारहरूको भरपर्दो स्रोत।
www.Policekura.com
🇳🇵Your Eye on Police Action.👮‍♂️

काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाह...
06/05/2026

काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।

काठमाडौँ — इन्टरपोल ले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्...
06/05/2026

काठमाडौँ — इन्टरपोल ले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध तत्काल रेड नोटिस जारी गर्न नसकिने जनाएको छ।

काठमाडौं । राज्यकोषबाट दोहोरो तथा असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता बढाएको छ।
06/05/2026

काठमाडौं । राज्यकोषबाट दोहोरो तथा असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता बढाएको छ।

काठमाडौं, २२ वैशाख । नेपाल प्रहरीको साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्र...
05/05/2026

काठमाडौं, २२ वैशाख । नेपाल प्रहरीको साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) का नवनियुक्त महानिरीक्षक (आईजी) नारायणदत्त पौडेलले औपचारिक रूपमा दर्ज्यानी चिन्ह प्...
04/05/2026

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) का नवनियुक्त महानिरीक्षक (आईजी) नारायणदत्त पौडेलले औपचारिक रूपमा दर्ज्यानी चिन्ह प्राप्त गरेका छन्। सोमबार आयोजित एक कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नव-मनोनित सचिवालय सदस्य सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
03/05/2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नव-मनोनित सचिवालय सदस्य सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

काठमाण्डौं। मधेश प्रदेश प्रहरी कार्यालयले लागुऔषध नियन्त्रणका लागि “लागुऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान” सञ्चालनम...
02/05/2026

काठमाण्डौं। मधेश प्रदेश प्रहरी कार्यालयले लागुऔषध नियन्त्रणका लागि “लागुऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान” सञ्चालनमा ल्याएको छ।

काठमाडौं। काठमाडौंमा एक युवकलाई लक्षित गरी कुटपिट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
30/04/2026

काठमाडौं। काठमाडौंमा एक युवकलाई लक्षित गरी कुटपिट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ — श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका नेपाली सेनाका पिउठ दर्शन खत्रीलाई सुर्खेत जिल्ला अदालतले जन्मकैद सजाय स...
30/04/2026

काठमाडौँ — श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका नेपाली सेनाका पिउठ दर्शन खत्रीलाई सुर्खेत जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ।

सुरक्षा सरोकार । अहिले विश्वभर विकसित हुँदै गएको पुलिसिङको अवधारणा केवल घटनापछि प्रतिक्रिया जनाउने सीमित ढाँचाबाट बाहिर ...
28/04/2026

सुरक्षा सरोकार । अहिले विश्वभर विकसित हुँदै गएको पुलिसिङको अवधारणा केवल घटनापछि प्रतिक्रिया जनाउने सीमित ढाँचाबाट बाहिर निस्कँदै समस्याको जरा पहिचान गरेर दीर्घकालीन समाधान खोज्ने दिशातर्फ उन्मुख छ। यही सोचलाई प्रब्लम ओरिएन्टेड पुलिसिङ भनिन्छ, जसले अपराधलाई नियन्त्रण मात्र होइन, त्यसको कारण, संरचना र सामाजिक सन्दर्भसमेत गहिरो रूपमा बुझ्न जोड दिन्छ। विकसित देशहरूमा यो अवधारणा संस्थागत रूपमा कार्यान्वयन भइसकेको छ, जहाँ अनुसन्धान, तथ्यांक र समुदायसँगको सहकार्यलाई विशेष महत्व दिइन्छ।

काठमाण्डौं । भक्तपुरको मनोहरा किनारमा सुकुमबासी बस्ती हटाउने क्रममा शनिबार तनावपूर्ण अवस्था सिर्जना भयो। बस्ती भत्काउने ...
26/04/2026

काठमाण्डौं । भक्तपुरको मनोहरा किनारमा सुकुमबासी बस्ती हटाउने क्रममा शनिबार तनावपूर्ण अवस्था सिर्जना भयो। बस्ती भत्काउने कार्यबीच केही व्यक्तिले प्रहरीमाथि आक्रमण गर्दा प्रहरी वृत्त ठिमीका डीएसपी नवराज ढुंगाना घाइते भए। उनको चिउँडोमा चोट लागेर उपचारका क्रममा ६ टाँका लगाउनुपर्‍यो।

काठमाडौँ । काठमाडौँ उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ४ सय ९२ जना चालक कारबाहीमा परेका छन्। क...
26/04/2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ४ सय ९२ जना चालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा रु ५ लाख ४ हजार राजस्व संकलन भएको छ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Police Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share