Niti365

Website

Niti365 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Niti365, Media/News Company, Anamnagar, Kathmandu.

ट्रम्प–सी भेटवार्ता : रणनीतिक मुद्दामा टकरावविश्वका प्रमुख दुई शक्ति राष्ट्रका नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ...
29/09/2026

ट्रम्प–सी भेटवार्ता : रणनीतिक मुद्दामा टकराव

विश्वका प्रमुख दुई शक्ति राष्ट्रका नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सेप्टेम्बर २३ देखि २५ सम्म वासिङ्टन डिसीमा भएको शिखर भेटवार्ताले अमेरिका–चीन सम्बन्धमा ठूलो परिवर्तनको संकेत दिन सकेन । दुई देशबीच संवाद कायम राख्ने प्रतिबद्धता देखिए पनि व्यापार, ताइवान, सुरक्षा र रणनीतिक प्रतिस्पर्धाका मूल विषयमा उल्लेख्य सहमति हुन सकेन । विश्लेषकहरूले वार्तालाई कम्तीमा दुई देशबीच संवाद जारी राख्ने अवसरका रूपमा हेरेका छन् । तर, उनीहरूका अनुसार दुवै पक्षसँग सम्झौता गर्ने पर्याप्त राजनीतिक तथा रणनीतिक ठाउँ नरहेकोले विवादित विषयहरू तत्काल समाधान हुनुको सट्टा भविष्यतर्फ धकेलिएका छन् ।...

विश्वका प्रमुख दुई शक्ति राष्ट्रका नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच से...

29/09/2026

हिमपात रोकिएपछि सिमकोट–हिल्सा सडकको हिउँ हटाउन सुरु (फोटो फिचर)

हुम्लामा असोज ९ देखि ११ गतेसम्म भएको हिमपातका कारण अवरुद्ध सिमकोट–हिल्सा सडकमा जमेको हिउँ हटाउन मंगलबारदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। हिमपात रोकिएपछि सडक खुलाउने प्रयास थालिएको हो । हिमपातका कारण सिमकोट–हिल्सा सडकका विभिन्न स्थानमा बाक्लो हिउँ जमेको छ। हिउँका कारण सडकमा यातायात सञ्चालन हुन नसकेपछि सुरक्षाकर्मी परिचालन गरी बाटो खुलाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।...

29/09/2026

अख्तियारका सहसचिव पाण्डेद्धारा राजीनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव योगेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्। भोली बुधबारदेखि लागू हुने पाण्डेले राजीनामा दिएका हुन्। नियमित अवकाशका लागि करिब डेढ वर्ष सेवा अवधि बाँकी रहेको अवस्थामा पाण्डेले राजीनामा दिएको पाइएको छ। संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’सँग सम्बन्धित व्यवस्थापछि सेवा अवधि बाँकी छँदै सचिव, सहसचिवलगायत उच्च तहका कर्मचारीले राजीनामा दिने क्रम बढेको छ। पछिल्लो समय विभिन्न तहका ५३८ निजामती कर्मचारीले राजीनामा दिएका छन्। जसमा तीमध्ये तीन सचिव र २५ बढी सहसचिवसमेत छन्।

सहसचिव आभा श्रेष्ठ कर्ण सचिवमा बढुवासँगै २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकारसरकारले सङ्घीय निजामती सेवा सम्बन...
29/09/2026

सहसचिव आभा श्रेष्ठ कर्ण सचिवमा बढुवासँगै २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार

सरकारले सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने भएको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले निजामती सेवा सम्बन्धी विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने जानकारी दिएका हुन् । बैठकको मुख्य निर्णयहरूः १.अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने ।...

सरकारले सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वी.....

पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन : मन्त्री पोखरेलसरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित प...
29/09/2026

पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन : मन्त्री पोखरेल

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ वा नियन्त्रणमा नलिइएको बताएका छन् । उनले अपरिचित समूहबाट फोनमा टेक्स्टमार्फत धम्की आएपछि सुरक्षाका लागि सुरक्षित स्थानमा लगिएको स्पष्ट पारेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले जबराको परिवारबाटै सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन परेको बताए । उनले भने, ‘उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। उहाँको आफ्नै परिवारबाट नै सुरक्षाको माग गरेर निवेदन प्रहरी कार्यालयमा पठाउनु भएको छ। बिल्कुलै उहाँको सुरक्षामा प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि त्यहाँबाट रेस्क्यु गरेर लगिएको हो ।’...

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ वा नि....

रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबीगत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबा...
29/09/2026

रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ । दाबी फछ्र्योटलाई सहज र छिटो बनाउन नेपाल बीमा प्राधिकरणले रसुवा बाढीसम्बन्धी संक्षिप्त भुक्तानी कार्यविधि लागू गरेको छ । प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ लागू गर्दै बाढीबाट प्रभावित बीमितलाई क्षतिको प्रमाणका आधारमा छिटो दाबी भुक्तानी गर्ने व्यवस्था गरेको हो ।...

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा २० अर्ब ९८ कर.....

आज पनि नेप्से ओरालो-४ अर्ब ६५ करोड ७८ हजार ४५ रुपैयाँ कारोबारस्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको कारोबार मापक नेप्से कारोबार...
29/09/2026

आज पनि नेप्से ओरालो-४ अर्ब ६५ करोड ७८ हजार ४५ रुपैयाँ कारोबार

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको कारोबार मापक नेप्से कारोबार हुने साताको दोश्रो दिन आज मंगलबार ओरालो लागेको छ । बजार परिसुचक ९.६२ अंकले घटेर २६०३.७१ बिन्दुमा पुगको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ३६ प्रतिशतले कम हो । आज कूल ३६३ कम्पनीको ५१ हजार २७४ कारोबारबाट ४ अर्ब ६५ करोड ७८ हजार ४५ रुपैयाँ बराबरका १ करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार हुने साताको पहिलो दिन नेप्से दोहोरो अंकले ओरालो

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको कारोबार मापक नेप्से कारोबार हुने साताको दोश्रो दिन आज मंगलबार ओरालो लागेको छ । ब...

29/09/2026

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार नगरे मुटुको भल्भमा असर पर्न सक्ने बताएका छन् । उनले घाँटी दुख्ने, टन्सिल बढ्ने तथा ज्वरो आउनेजस्ता लक्षण देखिए चिकित्सकको सल्लाहमा उपचार गर्न आग्रह गरेका छन् ।

लमजुङको राइनासका संयोजक न्यौपाने सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दालमजुङ जिल्लाको राइनास नगरपालिकाका तत्कालीन रोजगार ...
29/09/2026

लमजुङको राइनासका संयोजक न्यौपाने सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

लमजुङ जिल्लाको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यौपाने र अधिकारीसमेतले प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रूपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। जसमा राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन लेखापाल नवीन कुमार बराल, वडा नं.१ का तत्कालीन वडा अध्यक्ष रमेश न्यौपाने, वडा नं....

लमजुङ जिल्लाको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ....

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी:कानुनी सुधारप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते निजी क्षेत्रका विभि...
29/09/2026

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी:कानुनी सुधार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते निजी क्षेत्रका विभिन्न २१ वटा संस्थालाई पत्र पठाएर कानुन सुधारका लागि सुझाव मागे बमोजिम स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आफ्नो विस्तृत सुझाव पेस गरेको छ । जलविद्युत तथा ऊर्जा क्षेत्रको समग्र विकासका लागि विद्यमान झन्झटिला कानुनी प्रावधानहरू संशोधन गर्दै प्रवर्द्धक मैत्री नीति ल्याउन इप्पानले सुझाव बुझाएको हो । इप्पानले विद्युत ऐन, २०४९ मा संशोधन गरी निजी क्षेत्रलाई आन्तरिक तथा अन्तरदेशीय विद्युत व्यापार मा सहभागिता गराउन प्रस्ताव गरेको छ ।...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते निजी क्षेत्रका विभिन्न २१ वटा संस्थालाई पत्र पठाएर .....

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Niti365 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share