Deurali Post

Deurali Post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Deurali Post, News & Media Website, kalikot, Kathmandu.

हाम्रो देश हाम्रो गौरव — संस्कृति संरक्षणमा समर्पित, कला र कलाकारप्रति सम्मान र युवालाई प्रेरणा हाम्रो अभियान 🙏🙏 ( सबै जनाले यो पेज लाई like गरेर जोडिनुहोला
(धन्यवाद )

11/06/2026

कर्णाली राजमार्गको स्तरोन्नतिका सन्दर्भमा बोल्दै माननीय यशोदा कुमारी बरालले

कर्णाली क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटन विकासका लागि राजमार्गको स्तरोन्नति अपरिहार्य रहेको बताउनुभयो। उहाँले सडक पूर्वाधारको सुधारले स्थानीय नागरिकको जीवनस्तर उकास्नुका साथै यातायातलाई सुरक्षित र सहज बनाउने उल्लेख गर्नुभयो। साथै सरकारले कर्णाली राजमार्गको स्तरोन्नतिलाई प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन गरेको जानकारी दिनुभयो। �
.com

जेठ २८ काठमान्डौ  — अविरल वर्षापछि प्रभावित भएको कर्णाली करिडोर सामान्य अवस्थामा सञ्चालनमा आएको छ। यद्यपि, जिल्ला प्रशास...
11/06/2026

जेठ २८ काठमान्डौ — अविरल वर्षापछि प्रभावित भएको कर्णाली करिडोर सामान्य अवस्थामा सञ्चालनमा आएको छ। यद्यपि, जिल्ला प्रशासन कार्यालय कालिकोटले अत्यावश्यक कामबाहेक अन्य यात्रा नगर्न तथा यात्रा गर्दा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्रशासनले करिडोरका विभिन्न स्थानमा पहिरो खस्ने तथा सडक अवरुद्ध हुने जोखिम अझै कायम रहेको जनाउँदै आवश्यक सावधानीका साथ मात्र यात्रा गर्न आग्रह गरेको हो। मौसम प्रतिकूल रहन सक्ने भएकाले सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न समेत प्रशासनले सुझाव दिएको छ।
जिल्ला प्रशासन कार्यालयले जोखिमपूर्ण क्षेत्रहरूमा विशेष सजगता अपनाउन र सुरक्षा निकायको निर्देशन पालना गर्न सबै यात्रु तथा सवारी चालकलाई अनुरोध गरेको छ। :::

आफूमाथि लागेको आरोप पुष्टि भए सार्वजनिक जीवन त्याग्न तयार छु : अर्थमन्त्री स्वर्णिम वाग्लेजेठ २८ काठमाडौं । अर्थमन्त्री ...
11/06/2026

आफूमाथि लागेको आरोप पुष्टि भए सार्वजनिक जीवन त्याग्न तयार छु : अर्थमन्त्री स्वर्णिम वाग्ले

जेठ २८ काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आफूमाथि लगाइएका आरोपहरू प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार रहेको बताएका छन्।
आरोपबारे प्रतिक्रिया दिँदै उनले प्रमाणसहित आउन चुनौती दिएका छन्। “प्रमाण लिएर आउनुस्, म कठघरामा उभिन तयार छु,” उनले भने।
उनले आफूले कुनै प्रकारको आर्थिक अनियमितता नगरेको दाबी गर्दै “२ अर्ब होइन, २ रुपैयाँ बदमासी गरेको प्रमाणित भए म अर्थमन्त्री मात्र होइन, सांसद पद र सार्वजनिक जीवन नै त्याग्न तयार छु,” भने।
वाग्लेले आरोप लगाउने पक्षलाई प्रमाण प्रस्तुत गर्न आग्रह गर्दै आफू कुनै पनि छानबिनको सामना गर्न तयार रहेको बताएका छन्। उनका अनुसार आरोपको सत्यता तथ्य र प्रमाणका आधारमा पुष्टि हुनुपर्नेछ।

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सम्झिँदै नेपाली कांग्रेसकी सांसद सीता थपलियाले प्रतिनिधि सभा ब...
11/06/2026

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सम्झिँदै नेपाली कांग्रेसकी सांसद सीता थपलियाले प्रतिनिधि सभा बैठकमा कविता सुनाएकी छन् ।

सीमा विवादबारे प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिउपर परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्त नबुझेको भन्दै उनले कविता सुनाएकी हुन् ।

कालिकोटमा बाघको आतंक, एक जना घाइतेकालिकोट — जिल्लाका विभिन्न क्षेत्रहरूमा बाघको गतिविधि बढ्दै गएपछि स्थानीयवासीमा त्रास ...
10/06/2026

कालिकोटमा बाघको आतंक, एक जना घाइते

कालिकोट — जिल्लाका विभिन्न क्षेत्रहरूमा बाघको गतिविधि बढ्दै गएपछि स्थानीयवासीमा त्रास फैलिएको छ। बाघको आक्रमणबाट रास्कोट नगरपालिकाका नेत्र शाही घाइते भएका छन्। उनको रास्कोट अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय, कालिकोटले जिल्लाभित्रका खोला किनार, जङ्गल तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले अत्यावश्यक काम बाहेक एक्लै जङ्गल वा सुनसान क्षेत्रमा नजान, विशेष गरी बिहान र साँझको समयमा बढी सावधानी अपनाउन अनुरोध गरेको छ।
साथै, बालबालिका तथा ज्येष्ठ नागरिकलाई एक्लै बाहिर नपठाउन र बाघको सम्भावित जोखिमबाट जोगिन सचेत रहन प्रशासनले आग्रह गरेको छ।
आपतकालीन अवस्थामा स्थानीय जनप्रतिनिधि, प्रहरी वा सम्बन्धित पालिकामा तुरुन्त सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
सम्पर्क नम्बर:
जिल्ला प्रशासन कार्यालय, कालिकोट – ९८५८३३७७७७
नेपाल प्रहरी आपतकालीन सेवा – १००

09/06/2026

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनैपर्छ : महेन्द्रबहादुर शाही ||
Mahendra Bahadur Shahi

09/06/2026

09/06/2026

Technology video❤️

उद्योग मन्त्रालयले सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र अन्य बक्यौता नतिर्ने उद्योगहरूलाई कडा कारबाही गर्ने ...
09/06/2026

उद्योग मन्त्रालयले सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र अन्य बक्यौता नतिर्ने उद्योगहरूलाई कडा कारबाही गर्ने भनेको छ र ७ दिनको अल्टिमेटम दिएर ~ ९० करोड असुल गर्ने लक्ष्य राखेको छ।

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दैकाठमाडौँ, जेठ २६ — प्रधानमन्त्री वालेन्द्र शाहले विज्ञान, प्रविध...
09/06/2026

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै

काठमाडौँ, जेठ २६ — प्रधानमन्त्री वालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारीका लागि महावीर पुनलाई मन्त्री नियुक्त गर्न सिफारिस गरेका छन्।
प्रधानमन्त्री सचिवालयका अनुसार पुनको शपथ ग्रहण मंगलबार दिउँसो ३ बजे तय गरिएको छ। शपथपछि उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व सम्हाल्नेछन्।
म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित पुन नेपालमा सूचना प्रविधि, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वका रूपमा परिचित छन्। ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार, प्रविधिमार्फत विकास तथा नवप्रवर्तन प्रवर्द्धनका लागि उनले लामो समयदेखि काम गर्दै आएका छन्।
पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। पछिल्लो नियुक्तिसँगै उनी पुनः सरकारमा सहभागी हुन लागेका हुन्।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा पुनको आगमनसँगै अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता तथा प्रविधि विकासका क्षेत्रमा नयाँ पहल र नीतिगत सुधारको अपेक्षा गरिएको छ। उनको नेतृत्वले देशमा विज्ञान तथा प्रविधिमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
मन्त्री नियुक्तिको औपचारिक प्रक्रिया शपथ ग्रहणसँगै पूरा हुनेछ। त्यसपछि पुनले मन्त्रालयको कार्यभार सम्हाल्नेछन्।

Address

Kalikot
Kathmandu
21300

Website

Alerts

Be the first to know and let us send you an email when Deurali Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share