kalikotpost.com

kalikotpost.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from kalikotpost.com, News & Media Website, kalikot, Kathmandu.

हाम्रो देश हाम्रो गौरव — संस्कृति संरक्षणमा समर्पित, कला र कलाकारप्रति सम्मान र युवालाई प्रेरणा हाम्रो अभियान 🙏🙏 ( सबै जनाले यो पेज लाई like गरेर जोडिनुहोला
(धन्यवाद )

भोटेकोशी बाढीपीडितलाई सान्नीत्रिवेणी गाउँपालिकाको २ लाख राहतकालीकोट — भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारला...
29/08/2026

भोटेकोशी बाढीपीडितलाई सान्नीत्रिवेणी गाउँपालिकाको २ लाख राहत

कालीकोट — भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापनाका लागि सान्नीत्रिवेणी गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले बाढीका कारण रुकुम, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, धादिङ, गोरखालगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने जनाएको हो।

गाउँपालिकाले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाका कार्यमा सरकार, सुरक्षा निकाय सामाजिक संघसंस्था तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको जनाएको छ।

गाउँपालिकाले विपद्बाट प्रभावित परिवारलाई धैर्य धारण गर्न आग्रह गर्दै उनीहरूको शीघ्र पुनर्स्थापना र सामान्य जनजीवनमा फर्कने वातावरण निर्माणका लागि सबै पक्षसँग सहकार्य गर्न आह्वान गरेको छ।

देउरा मन्दिर : धार्मिक तथा पर्यटकीय गन्तव्यरास्कोट नगरपालिका–४ स्थित देउरा मन्दिर धार्मिक आस्था संस्कृति र प्राकृतिक सौन...
27/08/2026

देउरा मन्दिर : धार्मिक तथा पर्यटकीय गन्तव्य

रास्कोट नगरपालिका–४ स्थित देउरा मन्दिर धार्मिक आस्था संस्कृति र प्राकृतिक सौन्दर्यको संगमका रूपमा परिचित पवित्र स्थल हो।

२०८३ साल भदौ ११ गते सम्पन्न पूजाका तस्बिरहरू।

देउरा मन्दिरको धार्मिक तथा पर्यटकीय महत्व अझ विस्तार हुँदै जाओस।🙏

#देउरामन्दिर #रास्कोट #रास्कोटनगरपालिका #धार्मिकगन्तव्य #पर्यटकीयगन्तव्य #कालिकोट

शुभ बिहानी! 🙏पवित्र त्रिवेणी धाम, कालिकोटबाट सबैमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको हार्दिक शुभकामना। आजको दिन म...
27/08/2026

शुभ बिहानी! 🙏
पवित्र त्रिवेणी धाम, कालिकोटबाट सबैमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको हार्दिक शुभकामना।
आजको दिन मंगलमय रहोस।
जय त्रिवेणी धाम!

तस्बिर : सामाजिक संजाल

कालिकोटका दुई युवा रसुवाको टिमुरे बाढीपछि सम्पर्कविहीनकालिकोट भाद्र १० — रसुवा जिल्लाको टिमुरेमा आएको विनाशकारी बाढीपछि ...
26/08/2026

कालिकोटका दुई युवा रसुवाको टिमुरे बाढीपछि सम्पर्कविहीन

कालिकोट भाद्र १० — रसुवा जिल्लाको टिमुरेमा आएको विनाशकारी बाढीपछि कालिकोटका दुई युवा सम्पर्कविहीन भएका छन।
पलाता गाउँपालिका–२ निवासी लक्ष्मण परिवार र जगन्नाथ गाउँपालिका–६, काब्डी निवासी मुकेश दर्जी आज बिहान १० बजेदेखि सम्पर्कविहीन भएको खबर प्राप्त भएको छ।
उनीहरूको अवस्था र हालको स्थानबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको जनाइएको छ। परिवारजनले सम्बन्धित सरकारी तथा सुरक्षा निकाय, स्थानीयवासी र उद्धारकर्मीलाई तत्काल खोजी तथा उद्धारमा जुट्न आग्रह गरेका छन।
उनीहरूबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित परिवार वा स्थानीय प्रशासनलाई तत्काल जानकारी गराइदिन अनुरोध गरिएको छ।

सम्पर्कविहीन दुवै युवा सकुशल भेटिने आशा गरिएको छकालिकोटका दुई युवा रसुवाको टिमुरे बाढीपछि सम्पर्कविहीन
कालिकोट — रसुवा जिल्लाको टिमुरेमा आएको विनाशकारी बाढीपछि कालिकोटका दुई युवा सम्पर्कविहीन भएका छन्।

पलाता गाउँपालिका–२ निवासी लक्ष्मण परिवार र जगन्नाथ गाउँपालिका–६, काब्डी निवासी मुकेश दर्जी आज बिहान १० बजेदेखि सम्पर्कविहीन भएको खबर प्राप्त भएको छ।
उनीहरूको अवस्था र हालको स्थानबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको जनाइएको छ। परिवारजनले सम्बन्धित सरकारी तथा सुरक्षा निकाय, स्थानीयवासी र उद्धारकर्मीलाई तत्काल खोजी तथा उद्धारमा जुट्न आग्रह गरेका छन्।

उनीहरूबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित परिवार वा स्थानीय प्रशासनलाई तत्काल जानकारी गराइदिन अनुरोध गरिएको छ।
सम्पर्कविहीन दुवै युवा सकुशल भेटिने आशा गरिएको छ

पचालझरना कालिकोट!३८१ मिटर उचाइबाट निरन्तर खस्ने नेपालको अग्लो झरनामध्ये एक पचालझरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटक...
25/08/2026

पचालझरना कालिकोट!

३८१ मिटर उचाइबाट निरन्तर खस्ने नेपालको अग्लो झरनामध्ये एक पचालझरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्य हो। पचालझरना गाउँपालिका–३ स्थित खार्दु गाउँ नजिकै रहेको यो झरना प्रकृति संस्कृति र मौलिकताको अनुपम संगम हो।
एकपटक पुग्नैपर्ने कालिकोटको सुन्दर गन्तव्य!

तस्बिर :पूर्णसिंह बम अनुराग

कर्णालीमा मन्त्रिपरिषद् विस्तारअघि नेकपाभित्र विवादकर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला सत्तारुढ ...
24/08/2026

कर्णालीमा मन्त्रिपरिषद् विस्तारअघि नेकपाभित्र विवाद
कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला सत्तारुढ नेकपाभित्रै विवाद चुलिएको छ।

मुख्यमन्त्री मंगलबहादुर शाही र प्रदेश संयोजक विमला केसीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ६ सांसदले पार्टी केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
पार्टी तथा संसदीय दलभित्र पर्याप्त छलफल नगरी निर्णय अधिकार केन्द्रित गर्न खोजिएको सांसदहरूको आरोप छ। विवादकै कारण मन्त्रिपरिषद् विस्तार प्रभावित भएको नेकपा स्रोतको दाबी छ।

यता मुख्यमन्त्री शाहीले भने पार्टीभित्र विवाद नभई तयारी पूरा नभएकाले विस्तार रोकिएको बताएका छन्।
#कर्णालीप्रदेश #नेकपा #मन्त्रिपरिषद् #कर्णालीराजनीति

बडिमालिका तीर्थयात्रीलाई रास्कोट नगरपालिकाको स्वागतरास्कोट — पवित्र धार्मिक तथा पर्यटकीय तीर्थस्थल बडिमालिकाको दर्शन तथा...
22/08/2026

बडिमालिका तीर्थयात्रीलाई रास्कोट नगरपालिकाको स्वागत

रास्कोट — पवित्र धार्मिक तथा पर्यटकीय तीर्थस्थल बडिमालिकाको दर्शन तथा पूजाआजाका लागि रास्कोट नगरपालिकाको देउरामालिका मार्ग हुँदै डोली यात्रासहित प्रस्थान गर्ने सम्पूर्ण श्रद्धालु भक्तजन दर्शनार्थी तथा तीर्थयात्रीहरूलाई रास्कोट नगरपालिका परिवारले स्वागत गरेको छ।

नगरपालिकाले देवभूमि बडिमालिकाको पावन यात्राले सम्पूर्ण तीर्थयात्रीको जीवनमा सुख, शान्ति, समृद्धि तथा आध्यात्मिक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै यात्रा सुरक्षित, सहज र सफल रहोस् भन्ने शुभकामना दिएको छ।
रास्कोट नगरपालिका , कालिकोट नेपाल - 𝗥𝗮𝘀𝗸𝗼𝘁 𝗠𝘂𝗻𝗶𝗰𝗶𝗽𝗮𝗹𝗶𝘁𝘆, 𝗞𝗮𝗹𝗶𝗸𝗼𝘁 𝗡𝗲𝗽𝗮𝗹

रास्कोट नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिकस्थल देउरामालिका मन्दिरमा त्रिवेणी जलेश्वरी मन्दिर तथा होमकुण्डको उद्घाटन ...
22/08/2026

रास्कोट नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिकस्थल देउरामालिका मन्दिरमा त्रिवेणी जलेश्वरी मन्दिर तथा होमकुण्डको उद्घाटन गरिएको छ।

तस्बिर: दिनेश सञ्जाल
वडा अध्यक्ष, रास्कोट नगरपालिका–४
#देउरामालिका #त्रिवेणीजलेश्वरी #धार्मिकसम्पदा #कर्णालीकोसम्पदा #रास्कोट #कालिकोट #संस्कृति

21/08/2026

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन बैठकमा लफडा, झोला बोकेर हिँडिन् माननीय

तिलागुफा–२ मा झोलुङ्गे पुल उद्घाटनकालिकोट — तिलागुफा नगरपालिका–२ रतडास्थित ओखडगाटमा निर्माण सम्पन्न झोलुङ्गे पुलको उद्घा...
20/08/2026

तिलागुफा–२ मा झोलुङ्गे पुल उद्घाटन

कालिकोट — तिलागुफा नगरपालिका–२ रतडास्थित ओखडगाटमा निर्माण सम्पन्न झोलुङ्गे पुलको उद्घाटन नगरप्रमुख शंकरप्रसाद उपाध्यायले गरेका छन्। वडा अध्यक्ष तुलबहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीको समेत सहभागिता थियो।

कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोग तथा हुरन्डेक नेपाल कालिकोटको प्राविधिक सहयोगमा निर्माण भएको पुलले रतडा तथा आसपासका नागरिकको आवतजावत सहज बनाउने अपेक्षा गरिएको छ।

Address

Kalikot
Kathmandu
21300

Website

Alerts

Be the first to know and let us send you an email when kalikotpost.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share