हाम्रो बारे :
एफ.एम.रेडियो लिङ्क एउटा प्राइभेट कम्पनी हो । तर यसले आम सञ्चार माध्यम जुन संचालनमा रहेका छन् हो तिनै सञ्चार माध्यमहरुको आर्थिक स्तर र सामाजिक उत्तर दायित्यका लागि सञ्चार माध्यमहरुलाई मदत गर्ने कार्य गर्दछ ।
एफ.एम.रेडियो लिङ्क प्रा. लि. ले सञ्चालनमा रहेका विभिन्न सञ्चार माध्यम र समुदायलाई मध्यनजर गरि अनलाई सफ्टवयर ल्याएको छ । जुन सफ्टवयरको माध्यमले स्थानिय नागरिक आफु अनुकुलका सञ्चार माध्यममा भुक्तानि गरि वा निशुल्क रुपमा समाचारका स्रोत, जानकारी, सुचना र विज्ञापन प्रशारण गराउन सक्ने छन् ।
अहिले संसारमा विभिन्न सञ्चार माध्यम र अनलाइन प्रविधिको विकास निकै तिब्र रुपमा हँुदै गइरहेको छ । तर विभिन्न देशका फरक फरक ठाँउ बाट संचालन भइरहेका ठुला साना सञ्चार माध्यमहरु दिन प्रतिदिन आर्थिक चपेटामा परिरहेको खबर हामि सबैले पाइरहेको छौ ।
हामिले सञ्चार माध्यम लाई आर्थिक तथा सामाजिक रुपमा बलियो बनाउन र सामाजिक उत्तरदायित्व बहन गर्न दिर्घकालिन योजना भएका कार्यक्रमहरु लाई प्रोत्साहन गर्नुपर्छ भनि रहेका छौ ।
कम्पनीले एफ. एम. रेडियोहरु लाई मध्यनजर गरि एफ.एम. रेडियोहरुका लागि डेस्कटप सफ्टवेयर, स्रोताहरु र सरकारी तथा गैरसरकारी संघ संस्था र प्राइभेट ठुला तथा साना कम्पनी र आम नागरिकहरुका लागि मोबाइल अप्लिकेशन, र www.fmradiolink.com बेव साइटको माध्यमल बाट आफु अनुकुल सञ्चार माध्यममा निशुल्क वा स–शुल्क रुपमा समाचारका स्रोत, जानकारी, सुचना र विज्ञापन प्रशारण गर्न सक्ने प्रविधिको विकास गरेको छ ।
हामि सँग आवद्ध भएका सञ्चार माध्यम तथा स्रोताहरु, सरकारी तथा गैरसरकारी संघ संस्था र प्राइभेट ठुला साना कम्पनी र आम नागरिकले भुक्तानि वा कुनै प्रयोजनका लागि कुनै सञ्चार गृह वा सञ्चार गृहका प्रतिनिधिहरु सँग सम्पर्क गरिरहनु पर्दैन हामिले सजिलोका लागि एउटा अनलाइन पैसा पाउन तथा पठाउन मात्र नभइ विभिन्न दैनिक जिवनमा आवश्यकता अनुसार प्रयोग गर्न मिल्ने माध्यम इसेवा लाई सहकार्य गरेका छौ ।