19/06/2026
बसबरिया गाउँपालिका मा विकास निर्माणका कामहरू धमाधम र “फास्ट ट्र्याक” मा भइरहेको जानकारी प्राप्त भइरहेको छ।
विकास हुनु राम्रो कुरा हो, तर विकाससँगै पारदर्शिता र गुणस्तर पनि उत्तिकै आवश्यक हुन्छ।
यस कारण सम्पूर्ण युवा, नागरिक समाज र स्थानीयवासीहरूलाई अनुरोध छ —
# विकास निर्माणमा देखिएका सम्भावित अनियमितता, ढिलासुस्ती वा कमजोरीबारे आवाज उठाउन नडराउनुहोस्।
# यदि काम राम्रो भइरहेको छ भने त्यसको पनि खुलेर समर्थन गरौँ।
साथै सम्पूर्ण उपभोक्ता समितिहरूसँग विशेष अनुरोध :
# प्रत्येक योजनास्थलमा अनिवार्य रूपमा “सूचना बोर्ड” राखिदिनुहोस्।
यसले योजना सम्बन्धी जानकारी आम जनतामा सहज रूपमा पुग्नेछ र अनावश्यक विवाद तथा अवरोध कम हुनेछ।
📷 अनुगमनका लागि गएका स्थानीय नागरिक, युवा वा मिडियासँग समन्वय गर्नुस्।
यदि काम पारदर्शी र गुणस्तरीय छ भने अनुगमनले झन् विश्वास बढाउँछ।
⚖️ अहिले अख्तियारमा उजुरी प्रक्रिया पहिलेभन्दा सहज भएको छ, त्यसैले सबै पक्ष जिम्मेवार, सजग र संयमित भएर काम गरौँ।
✅ विकास गरौँ
❌ भ्रष्टाचार होइन Manpur Village