
18/09/2025
लामो संघर्षबाट प्राप्त लोकतन्त्र, प्रमुख राजनैतीक पार्टीहरुका नेतृत्वको सत्तामोह, गैर लोकतान्त्रिक व्यवहार तथा देशमा व्यापक भ्रष्टाचारका कारण खतरामा परेको भन्ने आङ्कलन गर्दै नीतिगत सुधार र राजनैतीक पार्टीहरुलाई जिम्मेबार बन्न आह्वान गर्ने उद्देश्यले गणतन्त्र दिवस अर्थात् जेष्ठ १५ गतेदेखि “लोकतन्त्र र महिला अधिकारका लागि दवाब अभियान” सुरु गरिएको हो । लोकतन्त्रको संरक्षण, संस्थागत तथा सुदृढीकरण गर्नु हामी सबैको जिम्मेवारी हो भन्ने मान्यता सहित ३० भन्दा बढी संघ संस्था, व्यक्ति, समूह, सञ्जाल, सञ्चारकर्मी सहितको संयुक्त आयोजनामा शुरु गरिएको यो अभियान सातै प्रदेशमा छलफल गर्दै हजारौँ व्यक्तिहरु माझ पुगिसकेको छ ।
आज संविधान दिवसको पुर्वसन्ध्यामा हामी लोकतन्त्र बिना महिला अधिकार पूर्ण हुन सक्दैन भन्ने यथार्थतालाई दोहो¥याउँदै, हाल गठन भएको अन्तरिम सरकार भ्रष्टाचारको अन्त्य तथा लोकतन्त्रको संरक्षण र प्रवद्र्धनमा प्रतिबद्ध रहनेछ भन्ने विश्वास गर्दछौँ । लोकतन्त्र कागज र कानुनमा मात्रै होइन सरकारको व्यवहारमा देखिनु पर्छ भन्ने हाम्रो मान्यता हो । देशको ५१ प्रतिशत जनसंख्या भएका महिलाहरुको सरकारका सबै संयन्त्रहरुमा प्रतिनिधित्व र विशेष परिस्थितीमा रहेका महिलाहरुका लागि विशेष सेवाको व्यवस्था गरी यो सरकार नागरिकको सरकार र नागरिकका आवश्यकता प्रति संवेदनशलि छ भन्ने कुरालाई नागरिकहरुले अनुभूत गर्न सक्ने वातावरण निर्माण गर्न समेत माग गर्दछौँ। हामी यो सरकालाई हरेक तवर र तहबाट सघाउन तयार छौँ । हामी फेरी दोहो¥याउँछौं, लोकतन्त्र बिना महिला अधिकार सुनिश्चित हुन सक्दैन । त्यसैले, अहिले देशमा देखिएका समस्या र चुनौतीहरूको समाधान लोकतन्त्रको अन्त्य होइन, बरु रुपान्तरण र सुदृढीकरण सहितको लोकतन्त्र हो ।
त्यसैले, हाल गठन भएको सरकार विभिन्न अप्ठ्याराहरु, स्रोतको सिमितताको बावजुत पनि लोकतन्त्रलाई केन्द्रमा राखेर आगाडि बढ्नेछ भन्ने विश्वास सहित, हरेक तह र तवरबाट यो सरकारलाई सघाउने प्रतिवद्धता हामी पुनः दोहो¥याउदै समावेशी, सम्बेदनशिल र नागरिकको सरकार बनेर हरेक नेपालीलाई नागरिक सरकारको अनुभूति दिलाउने गरी दैनिक कार्यसम्पदान र पाएको जिम्मेवारी पुरा गर्नका लागि हार्दिक अपील गर्दछौं ।