Gopal Lohar

Gopal Lohar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gopal Lohar, Digital creator, Kathmandu.

14/08/2026

कुन ठाउँ होला ??

तिलागुफा नगरपालिका वडा नंं ०८ ओखरभिट्टा चौका गोराल बाडामा अवस्थित ढुङ्गो हाम्रो गाउँको एउटा सामान्य ढुङ्गा मात्र नभई यो ...
13/08/2026

तिलागुफा नगरपालिका वडा नंं ०८ ओखरभिट्टा चौका गोराल बाडामा अवस्थित ढुङ्गो हाम्रो गाउँको एउटा सामान्य ढुङ्गा मात्र नभई यो हाम्रो पुर्खाको इतिहास, धार्मिक आस्था, स्थानीय विश्वास, संस्कृति र पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा हो। पाँच भाइ पाण्डवले ल्याएर यहाँ राखेको हो भन्ने पुर्खादेखिको इतिहास र जनश्रुति आज पनि स्थानीय समाजमा जीवित छ। टाढाबाट होस् या नजिक बाट देखिने दृश्य हेलिकप्टरको आकारजस्तो देखिने यस अद्भुत ढुङ्गालाई हाम्रा पुर्खाहरूले "रुचिढुङ्गो“ नाम दिएको भनाइ छ। समय बित्दै जाँदा धेरै कुरा परिवर्तन भए पुस्ताहरू फेरिए तर रुचिढुङ्गोले भने आफ्नो ठाउँमा उभिएर पुर्खाको कथा बोकीरहेको छ। यस ढुङ्गासँग जोडिएका कथा, विश्वास र धार्मिक मान्यताहरू स्थानीय समुदायका लागि महत्वपूर्ण छन्। यही कारणले यसको आफ्नै छुट्टै अस्तित्व र पहिचान बनेको छ।
हाम्रा बाजे बराजु तथा पुर्खाहरूले यसलाई श्रद्धा र विश्वासका साथ हेर्दै आएको पाइन्छ। पाँच भाइ पाण्डवसँग जोडिएको कथाले यस स्थानलाई धार्मिक तथा ऐतिहासिक दृष्टिले अझ विशेष बनाएको छ। यसको वास्तविक इतिहासबारे थप खोज, अध्ययन र प्रमाण संकलन आवश्यक भए पनि पुस्तौँदेखि चलिआएको स्थानीय जनविश्वास आफैँमा हाम्रो सांस्कृतिक सम्पदाको एउटा महत्वपूर्ण हिस्सा हो।
त्यसैले अब स्थानीय सरकारले रुचिढुङ्गोको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ। स्थानीय तहले यसको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे अध्ययन गराई अभिलेख तयार गर्नुपर्छ। ढुङ्गाको संरक्षणका लागि आवश्यक संरचना निर्माण गर्नुका साथै वरिपरिको क्षेत्र सफा राख्ने, सुरक्षित घेराबार गर्ने, पुग्ने बाटो व्यवस्थित गर्ने र यसको इतिहास तथा धार्मिक महत्व उल्लेख गरिएको सूचना पाटी राख्ने व्यवस्था गर्नुपर्छ।
त्यसैगरी रुचिढुङ्गोलाई स्थानीय धार्मिक तथा सांस्कृतिक पर्यटनसँग जोड्न सकिन्छ। यसका बारेमा स्थानीय विद्यालय, समुदाय र नयाँ पुस्तालाई जानकारी गराउँदै यसको कथा र महत्व भावी पुस्तासम्म पुर्‍याउनुपर्छ। संरक्षणका नाममा यसको मौलिक स्वरूप बिगार्नु हुँदैन; बरु प्राकृतिक तथा ऐतिहासिक स्वरूपलाई जोगाउँदै आवश्यक संरक्षणका काम गर्नुपर्छ।
रुचिढुङ्गो हाम्रो पुर्खाले छोडेर गएको एउटा जीवित चिनारी हो। यसको वरिपरि केवल ढुङ्गा छैन, पुस्तौँका सम्झना, विश्वास, धार्मिक आस्था र स्थानीय इतिहास जोडिएको छ। त्यसैले यसलाई बेवास्ता गर्नु भनेको आफ्नो इतिहास र पहिचानलाई बेवास्ता गर्नु हो।
स्थानीय सरकार, समुदाय र सम्बन्धित निकाय सबै मिलेर यसको संरक्षण गर्न सकेमा रुचिढुङ्गो भविष्यमा ओखरभिट्टा चौका गोराल बाडाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय पहिचान बन्न सक्छ। आज हामीले संरक्षण गर्‍यौँ भने भोलिका पुस्ताले पनि आफ्ना पुर्खाको इतिहास आफ्नै आँखाले देख्न र गर्वका साथ सुनाउन पाउनेछन्।
रुचिढुङ्गो केवल एउटा ढुङ्गा होइन यो पुर्खाको सम्झना, स्थानीय आस्थाको प्रतीक र हाम्रो इतिहासको मौन साक्षी हो। यसको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो। धन्यवाद ❣️🙏 Gopal Goral
#कालिकोट

TilaGupha Municipalities

03/08/2026




#𝒔𝒊𝒏𝒈𝒍𝒆𝒍𝒊𝒇𝒆

रक्की तिमी एउटा कुकुर थिएनौं हाम्रो परिवारको सदस्य थियौंअर्जुन को भाईझै साथ निभयौ निष्ठाको अर्थ सिकायौआज तिमी साथमा छैनौ...
27/07/2026

रक्की तिमी एउटा कुकुर थिएनौं हाम्रो परिवारको सदस्य थियौं
अर्जुन को भाईझै साथ निभयौ निष्ठाको अर्थ सिकायौ
आज तिमी साथमा छैनौं तर तिम्रो सम्झनाले अझै पनि आँगन भरिरहन्छ।❣️😭

11/07/2026

कुन ठाउँ होला ?? guys

Gopal Goral

08/07/2026

My always everything miss you 🙏💕💋❣️🙏😘

आफ्नो सपना पछ्याउँदै जाँदा, कहिलेकाहीँ असम्भव पनि सम्भव हुन्छ। ब्राजिलका स्टार खेलाडी नेयमार Jr सँगको भेट गर्ने नेपालकै ...
05/07/2026

आफ्नो सपना पछ्याउँदै जाँदा, कहिलेकाहीँ असम्भव पनि सम्भव हुन्छ। ब्राजिलका स्टार खेलाडी नेयमार Jr सँगको भेट गर्ने नेपालकै सबैभन्दा पहिलो व्यक्ति काे हुन् ..?? सन् (२०२२ )मा भेट्ने भाग्यमानी दाजु Madan Gorawola हुन्।❣️🙏
आज काे सपोर्ट ब्राजिल लाई हुनेछ!





Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Gopal Lohar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share