Hamro Online Dealmandu

Hamro Online Dealmandu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Online Dealmandu, Kathmandu.

15/04/2025
खोजीको निम्ति अपिल🙏पोखरा म.न.पा -३० तागाक‍ो मुख निवासी मेरो बुवा तेजराज ओझा मिति २०८०/१०/२५ गते  बिहान ८:०० बजे घरबाट मर...
13/02/2024

खोजीको निम्ति अपिल🙏

पोखरा म.न.पा -३० तागाक‍ो मुख निवासी मेरो बुवा तेजराज ओझा मिति २०८०/१०/२५ गते बिहान ८:०० बजे घरबाट मर्निङ वाक गर्ने क्रममा घरबाट निस्किनुभएको तर हालसम्म पनि सम्पर्क विहीन रहि घर नफर्किनुभएकाले मेरो बुबाको खोजीमा सबैजना लागिदिनुहुन सम्पुर्णमा अनुरोध गर्दछु । कृपया देख्नुहुने वा चिन्नुहुने माहानुभाबले निम्न फोन नम्बरमा सम्पर्क गरिदिनुहुन वा नजिकको police चौकीमा जानकारी दिनुहुन अनुरोध गर्द्छु ।
तथा घरबाट निस्किने क्रममा "Grey, Kharani color रङ्गको hoodie लगाउनुभएको थियो ।

9864421938 9856061850 9856035260

मोरङको बरगाछीमा ट्रकको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् । ट्रकको ठक्करबाट २४ वर्षीय नगेश चौधरी घाइते भएका छन् ।दुर्घ...
11/02/2024

मोरङको बरगाछीमा ट्रकको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् । ट्रकको ठक्करबाट २४ वर्षीय नगेश चौधरी घाइते भएका छन् ।
दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । ट्रकमा लगाएको आगो दमकलको सहयोगमा निभइएको मोरङका एसपी दीपक पोखरेलले बताए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कविताबारेको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को औपचारिक घोषणा भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो शो ...
10/02/2024

कविताबारेको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को औपचारिक घोषणा भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो शो आगामी सोमबारदेखि प्रसारण हुने जानकारी दिइएको छ।
जसअनुसार हिमालय टिभीमा यो कार्यक्रम प्रत्येक सोमबार र मंगलबार राती ९ बजेदेखि प्रसारण हुनेछ । उक्त प्रेसमिटमा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गरेका छन्।

अभिनेता सौगात मल्ल र अभिनेत्री मलिका महत अभिनीत फिल्म ‘अगस्त्य’ को गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक भएको छ।शुक्रबार ...
10/02/2024

अभिनेता सौगात मल्ल र अभिनेत्री मलिका महत अभिनीत फिल्म ‘अगस्त्य’ को गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक भएको छ।
शुक्रबार अगस्त्य फिल्मको उक्त गीत सार्वजनिक भएको छ। फिल्म फागुन १८ गतेदेखि प्रदर्शनमा आउने छ।

Mayama Timrai Mayama (I am In Love) || New Nepali Movie AGASTYA (Chapter 1) Official Song || Saugat Malla, Malika Mahat || SD Yogi, Bigyani ParajuliDARK HORS...

आगामी ११ फागुनमा रिलिज हुने ‘गोर्खा वारियर’ युनिट प्रचारका लागि लाहुरेहरुको सहर पोखरा आएको छ । फिल्म ७ फागुनमा पोखरामा स...
10/02/2024

आगामी ११ फागुनमा रिलिज हुने ‘गोर्खा वारियर’ युनिट प्रचारका लागि लाहुरेहरुको सहर पोखरा आएको छ । फिल्म ७ फागुनमा पोखरामा समेत प्रिमियर हुँदैछ ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ नेपाली चलचित्र क्षेत्रकै शान भएको दाबी गरेका छन्।

आफ्नो बिजनेस विचार सेयर गर्ने कार्यक्रम ‘हल्ट प्राइज यट याल.ए.सी.एम २०२४’ सम्पन्न भएको छ।लिटिल एन्जलस कलेज अफ म्यानेजमेन...
10/02/2024

आफ्नो बिजनेस विचार सेयर गर्ने कार्यक्रम ‘हल्ट प्राइज यट याल.ए.सी.एम २०२४’ सम्पन्न भएको छ।
लिटिल एन्जलस कलेज अफ म्यानेजमेन्टले विगत २ वर्षदेखि सुरु गरेको यो तेस्रो संस्करण हो। यो सिजनमा ९ टिम रहेको थियो भने ३ जनाले विजेता हासिल गरेका छन्। प्रथम हुनेमा कागजी दुनियाँ ग्रुप रहेको छ। यसमा ५ जनाको समूह थियो।

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।मङ्ग...
10/02/2024

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
मङ्गलबार राति सम्सी गाउँपालिका–१ स्थित एक घरमा लुटपाट गरी बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

नेपाली सांगीतिक व्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एल्बम ‘हेर’ बजारमा ल्याउने भएको छ । ‘हुक्का मेरो डल्ले डल्ले’ गीतबाट चर...
08/02/2024

नेपाली सांगीतिक व्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एल्बम ‘हेर’ बजारमा ल्याउने भएको छ । ‘हुक्का मेरो डल्ले डल्ले’ गीतबाट चर्चा कमाएको कर्माका नयाँ एलबममा आठ गीत हुनेछन् । यस एलबममा समावेश अधिकांश गीतहरूमा ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहको शब्द र संगीत रहनेछ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Online Dealmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Online Dealmandu:

Share