Koshi Khabar Update

Koshi Khabar Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Koshi Khabar Update, Media/News Company, urlabari, Kathmandu.

मोरङ–१ मा भरोसाको उदाउँदो नेतृत्व: खड्ग फागोप्रति बढ्दो जनसमर्थनआगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा मोरङ क्ष...
04/01/2026

मोरङ–१ मा भरोसाको उदाउँदो नेतृत्व: खड्ग फागोप्रति बढ्दो जनसमर्थन
आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नं. १ मा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ ।
उम्मेदवार छनोटको प्रक्रिया चलिरहँदा यसपटक मतदाता र कार्यकर्तामाझ पुरानै अनुहार दोहोर्याउनेभन्दा परिणाममुखी, जवाफदेही र जनतासँग प्रत्यक्ष जोडिएको नेतृत्वको खोजी बलियो रूपमा देखिन थालेको छ । यही सन्दर्भमा नेपाली कांग्रेसका नेता खड्ग फागो सशक्त र भरोसायोग्य उम्मेदवारका रूपमा उभिँदै व्यापक जनसमर्थन बटुल्न सफल देखिएका छन् ।
पछिल्लो समय पार्टीभित्र शुद्धीकरण र सुधारको आवाज उठाउने अग्रपंक्तिका नेतामध्ये फागो पनि एक हुन् । “नेतृत्व सुध्रिएन भने राजनीति सुध्रँदैन” भन्ने स्पष्ट धारणा सार्वजनिक रूपमा राख्दै उनले केन्द्रिय नेतृत्वसमक्ष निर्भीक रूपमा आफ्नो मत राख्ने साहसी छवि बनाएका छन् । यही स्पष्टता, इमान्दारिता र साहसका कारण उनी कार्यकर्ता तथा युवा पुस्तामाझ झनै लोकप्रिय बन्दै गएका छन् ।
स्थानीय तहमा खड्ग फागोको सक्रियता उल्लेखनीय मानिन्छ । रमितेजस्ता दुर्गम क्षेत्रदेखि उर्लाबारी, लेटाङ र मधुमल्लासम्म उनी निरन्तर कार्यकर्तासँग संवादमा छन् । राजनीतिक भेटघाटमा मात्र सीमित नभई, नागरिकहरू समस्यामा पर्दा समाधानका लागि अग्रसर देखिने उनको व्यवहारले जनविश्वासलाई थप मजबुत बनाएको स्थानीयको भनाइ छ ।
उर्लाबारी नगरपालिकाका पहिलो नगरप्रमुखका रूपमा बहुमत–अल्पमतका चुनौती, राजनीतिक दबाब र विभिन्न मुद्दाबीच पनि डटेर काम गर्ने क्षमता उनले त्यसैबेला प्रमाणित गरिसकेका छन् । हाल नेपाली कांग्रेस कोशी प्रदेश सह–महामन्त्रीको जिम्मेवारी सम्हाल्दै संगठन मजबुत बनाउने र जनभावनाबीच सन्तुलन कायम गर्ने भूमिकाले उनलाई कठिन परिस्थितिमा पनि निर्णय लिन सक्ने परिपक्व नेताका रूपमा स्थापित गरेको छ ।
देशव्यापी रूपमा परिवर्तनको चाहना तीव्र बन्दै गएको यस घडीमा मोरङ–१ मा पनि नयाँ सोच, स्पष्ट दृष्टिकोण र जनउत्तरदायी नेतृत्वको अपेक्षा बढेको छ । जमिनसँग जोडिएको अनुभव, पार्टी सुधारको साहस र जनताप्रतिको निरन्तर प्रतिबद्धताका कारण खड्ग फागोलाई मोरङ–१ का मतदाताले भविष्यको भरोसायोग्य नेतृत्वका रूपमा हेर्न थालेका छन् ।

04/01/2026

सिसिटिभी फुटेज बाट कैद गरिएको भिडियो

आईतबार राती उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा एक बिरामी कुरुवाको मोवाईल फोन चोरी भएको छ ।

मध्यरातमा करिव १:३० बजे (बिहान) सुतिरहेको अवस्थामा रविन पौडेलको सामसुङ ब्राण्डको एम ५१ मोडलको फोन चोरी भएको हो ।

सिसिटिभी फूटेजमा राती निलो ज्याकेट लगाएर कुरुवा सुतेको ठाउमा पुगेका एक युवकले सो फोन चोरी गरेको देखिएको छ । तस्विरमा देखिएका युवकलाई काहिकतै कसैले चिन्नुभएमा वा पहिचान खुलेमा नजिकैको प्रहरी कार्यालय वा निम्न नम्बरमा खवर गरिदिनुहुन अनुरोध गर्दछौं।

9767180995, 9842100907

हजुर कस्को पक्षमा।कृपया आफ्नो मत राख्नुहोला।🙏❤️
04/01/2026

हजुर कस्को पक्षमा।
कृपया आफ्नो मत राख्नुहोला।🙏❤️

31/12/2025
31/12/2025
इलाममा रहेको सरकारी अस्पताल इलाम अस्पताल मा वकिलले उपचारमा डक्टर ढिलो आएको भन्दै अस्पताल तोडफोड गरेका छन्। इलाम अस्पतालम...
27/12/2025

इलाममा रहेको सरकारी अस्पताल इलाम अस्पताल मा वकिलले उपचारमा डक्टर ढिलो आएको भन्दै अस्पताल तोडफोड गरेका छन्।

इलाम अस्पतालमा एक वकिलले अस्पताल तोडफोड गरेका छन। युवराज लिम्बु नामक वकिल ले अस्पताल तोड्फोड गरेका हुन । पिकनिक खाएर फर्किने क्रममा दुर्घटनामा परेपछि घाइते भएका लिम्बुले डाक्टर उपचारमा ढिलो आएको भन्दै एम्मेरजेन्सी कक्षमा तोड्फोड गरेको बताइएको छ ।
इमरजेन्सी कक्षमा पनि डाक्टर उपचारका लागि ढिलो आउने गरेको भन्दै आक्रोशित उनले इमरजेन्सी कक्षको सिसा फोडेको बताइएको छ ।
तोड्फोडबाट इमरजेन्सी कक्षमा क्षति पुगेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

कोशी प्रदेश अन्तर्गत धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका –०५ मा घाँस काट्ने क्रममा करेन्ट लागेर १४ वर्षीय बालकको मृत्यु ...
17/12/2025

कोशी प्रदेश अन्तर्गत धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका –०५ मा घाँस काट्ने क्रममा करेन्ट लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ।
झुन्डिएको वा असुरक्षित अवस्थामा रहेको विद्युत् लाइनको सम्पर्कमा आउँदा बालकको घटनास्थलमै ज्यान गएको बताइएको छ।

स्थानीयवासीका अनुसार विद्युत् प्राधिकरणले समयमै मर्मत सम्भार नगर्दा यस्तो दुःखद घटना भएको हो। जोखिमयुक्त अवस्थामा रहेका बिजुलीका पोल तथा तारहरू बेवास्ता गरिएको उनीहरूको आरोप छ।
घटनापछि आक्रोशित बनेका स्थानीयले पाख्रिबास क्षेत्रमा रहेका सबै विद्युत पोल र तारको तत्काल मर्मत गर्न माग गरेका छन्। साथै, मृतक बालकको परिवारलाई प्राधिकरणले यथाशीघ्र उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरूको जोडदार माग छ।

घटनाले ग्रामीण क्षेत्रमा विद्युत सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले समयमै ध्यान नदिए यस्ता घटना दोहोरिन सक्ने भन्दै स्थानीयले तत्काल पहल गर्न आग्रह गरेका छन्।यसअघि मोरङको मिक्लाजुङमा पनि यस्तै घटना भएको थियो ।

निःशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना ।निवेदन फारमको लागि उर्लाबारी नगरपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहोला ...
14/12/2025

निःशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना ।
निवेदन फारमको लागि उर्लाबारी नगरपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहोला ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। संगम टोलका ६० वर्षीय भवकृष्ण घि...
13/12/2025

मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। संगम टोलका ६० वर्षीय भवकृष्ण घिमिरेमाथि हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो।

स्थानीयवासीका अनुसार घिमिरे बिहान करिब ५ बजे दूध बेच्न घरबाट निस्कँदै गर्दा हात्तीको सामना भएको थियो। एक्कासि आक्रमण भएपछि उहाँको तत्कालै मृत्यु भएको बताइएको छ।

पछिल्लो समय बेलबारी र सुन्दरहरैँचा क्षेत्रमा जंगली हात्तीको आवतजावत बढ्दै गएको स्थानीयको भनाइ छ। घटना घटाएपछि हात्तीको हुल खोरसाने हुँदै जंगलतर्फ फर्किएको जानकारी प्राप्त भएको छ।

भोलि विद्युत अवरुद्ध हुने सूचना
28/11/2025

भोलि विद्युत अवरुद्ध हुने सूचना

मोरङको रङ्गेली वार्ड नं –०९ फसडाँगीस्थित श्री संकट मोचन हनुमान मन्दिरको पवित्र प्राङ्गणमा विवाह पञ्चमीको शुभ अवसरमा दीप ...
25/11/2025

मोरङको रङ्गेली वार्ड नं –०९ फसडाँगीस्थित श्री संकट मोचन हनुमान मन्दिरको पवित्र प्राङ्गणमा विवाह पञ्चमीको शुभ अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा मन्दिर अध्यक्ष श्री संजय सिंहले शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित भक्तजनलाई विवाह पञ्चमीको महत्व तथा धार्मिक एकताबारे जानकारी गराउनुभएको थियो।

बलिउड का चर्चितअभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा नि!धन भएको छ । हार्दिक श्रद्धाञ्जली 🤍
24/11/2025

बलिउड का चर्चितअभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा नि!धन भएको छ । हार्दिक श्रद्धाञ्जली 🤍

Address

Urlabari
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Koshi Khabar Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share