Koshi Khabar Update

Koshi Khabar Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Koshi Khabar Update, Media/News Company, urlabari, Kathmandu.

मोरङ–१ मा भरोसाको उदाउँदो नेतृत्व: खड्ग फागोप्रति बढ्दो जनसमर्थनआगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा मोरङ क्ष...
04/01/2026

मोरङ–१ मा भरोसाको उदाउँदो नेतृत्व: खड्ग फागोप्रति बढ्दो जनसमर्थन
आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नं. १ मा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ ।
उम्मेदवार छनोटको प्रक्रिया चलिरहँदा यसपटक मतदाता र कार्यकर्तामाझ पुरानै अनुहार दोहोर्याउनेभन्दा परिणाममुखी, जवाफदेही र जनतासँग प्रत्यक्ष जोडिएको नेतृत्वको खोजी बलियो रूपमा देखिन थालेको छ । यही सन्दर्भमा नेपाली कांग्रेसका नेता खड्ग फागो सशक्त र भरोसायोग्य उम्मेदवारका रूपमा उभिँदै व्यापक जनसमर्थन बटुल्न सफल देखिएका छन् ।
पछिल्लो समय पार्टीभित्र शुद्धीकरण र सुधारको आवाज उठाउने अग्रपंक्तिका नेतामध्ये फागो पनि एक हुन् । “नेतृत्व सुध्रिएन भने राजनीति सुध्रँदैन” भन्ने स्पष्ट धारणा सार्वजनिक रूपमा राख्दै उनले केन्द्रिय नेतृत्वसमक्ष निर्भीक रूपमा आफ्नो मत राख्ने साहसी छवि बनाएका छन् । यही स्पष्टता, इमान्दारिता र साहसका कारण उनी कार्यकर्ता तथा युवा पुस्तामाझ झनै लोकप्रिय बन्दै गएका छन् ।
स्थानीय तहमा खड्ग फागोको सक्रियता उल्लेखनीय मानिन्छ । रमितेजस्ता दुर्गम क्षेत्रदेखि उर्लाबारी, लेटाङ र मधुमल्लासम्म उनी निरन्तर कार्यकर्तासँग संवादमा छन् । राजनीतिक भेटघाटमा मात्र सीमित नभई, नागरिकहरू समस्यामा पर्दा समाधानका लागि अग्रसर देखिने उनको व्यवहारले जनविश्वासलाई थप मजबुत बनाएको स्थानीयको भनाइ छ ।
उर्लाबारी नगरपालिकाका पहिलो नगरप्रमुखका रूपमा बहुमत–अल्पमतका चुनौती, राजनीतिक दबाब र विभिन्न मुद्दाबीच पनि डटेर काम गर्ने क्षमता उनले त्यसैबेला प्रमाणित गरिसकेका छन् । हाल नेपाली कांग्रेस कोशी प्रदेश सह–महामन्त्रीको जिम्मेवारी सम्हाल्दै संगठन मजबुत बनाउने र जनभावनाबीच सन्तुलन कायम गर्ने भूमिकाले उनलाई कठिन परिस्थितिमा पनि निर्णय लिन सक्ने परिपक्व नेताका रूपमा स्थापित गरेको छ ।
देशव्यापी रूपमा परिवर्तनको चाहना तीव्र बन्दै गएको यस घडीमा मोरङ–१ मा पनि नयाँ सोच, स्पष्ट दृष्टिकोण र जनउत्तरदायी नेतृत्वको अपेक्षा बढेको छ । जमिनसँग जोडिएको अनुभव, पार्टी सुधारको साहस र जनताप्रतिको निरन्तर प्रतिबद्धताका कारण खड्ग फागोलाई मोरङ–१ का मतदाताले भविष्यको भरोसायोग्य नेतृत्वका रूपमा हेर्न थालेका छन् ।

04/01/2026

सिसिटिभी फुटेज बाट कैद गरिएको भिडियो

आईतबार राती उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा एक बिरामी कुरुवाको मोवाईल फोन चोरी भएको छ ।

मध्यरातमा करिव १:३० बजे (बिहान) सुतिरहेको अवस्थामा रविन पौडेलको सामसुङ ब्राण्डको एम ५१ मोडलको फोन चोरी भएको हो ।

सिसिटिभी फूटेजमा राती निलो ज्याकेट लगाएर कुरुवा सुतेको ठाउमा पुगेका एक युवकले सो फोन चोरी गरेको देखिएको छ । तस्विरमा देखिएका युवकलाई काहिकतै कसैले चिन्नुभएमा वा पहिचान खुलेमा नजिकैको प्रहरी कार्यालय वा निम्न नम्बरमा खवर गरिदिनुहुन अनुरोध गर्दछौं।

9767180995, 9842100907

हजुर कस्को पक्षमा।कृपया आफ्नो मत राख्नुहोला।🙏❤️
04/01/2026

हजुर कस्को पक्षमा।
कृपया आफ्नो मत राख्नुहोला।🙏❤️

31/12/2025

Address

Urlabari
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Koshi Khabar Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share