31/07/2026
आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,
सुनसरीको देवानगञ्ज तथा सिरहाको गोलबजारमा भएका दुःखद घटनाप्रति म गहिरो दुःख र चिन्ता व्यक्त गर्दछु। यस घटनामा ज्यान गुमाउनुहुने श्री जयप्रकाश मेहता, श्री ओमप्रकाश मेहता तथा श्री गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। साथै, घाइते सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, आस्था र संस्कृतिको सम्मानपूर्वक अभ्यास गर्ने मौलिक अधिकार सुनिश्चित गरेको छ। त्यसैले सनातन हिन्दू समुदायको धार्मिक आस्था, सुरक्षा तथा नागरिक अधिकारमाथि भएको यो गम्भीर घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय र उचित राहत उपलब्ध गराउन नेपाल सरकारसँग दृढतापूर्वक आग्रह गर्दछु।
राष्ट्रको एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुनको शासनलाई राख्दै यस्ता दुःखद घटना पुनः दोहोरिन नदिने वातावरण निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो।