12/09/2025
Gen-G भाइबहिनीहरू, हाम्रो प्रथम अध्याय सुरु भएको छ। यो राज्यसत्तालाई आत्मसमर्पण गर्न लगाएर आन्दोलनबाट सिर्जित नयाँ नेपाल, भ्रष्टाचार मुक्त नेपालको परिकल्पनासहित नेपालको पहिलो प्रधान न्यायाधीश हुँदै प्रधानमन्त्रीसम्मको यात्रालाई बधाई दिन मन थियो। तर हाम्रा कलिला भाइबहिनीहरूको हत्याराहरूलाई कारबाही र सपना पूरा नभएसम्म तपाईंलाई थुप्रै चुनौती र हाम्रो भरपुर समर्थन रहेको स्मरण गराउन चाहन्छु। आफ्नो कर्तव्य र ती भाइबहिनीको मुखलाई सम्झेर कुनै सम्झौता नगरी निर्णय गर्नु। आगामी दिनको शुभकामना।