
31/07/2023
आजदेखि हिमालय रोडिज सिजन–५ प्रसारण
हिमालय रोडिज सिजन–५ को प्रसारण आज (सोमबार)देखि सुरु हुँदैछ।
रियालिटी शो राति ८ बजे हिमालय टिभी एचडीमा हेर्न सकिने छ।
यस सिजनको होस्ट सुरज सिंह ठकुरीले गर्दैछन्।
सिमोस सुनुवारको निर्देशन रहेको शो को जजमा अभिनेत्री प्रियंका कार्की, दीया मास्के, आशीष राना लाउरे र अनुपविक्रम शाही छन्।