30/08/2026
भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेर तलबाट सडक कटान भएपछि काठमाडौं–मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
बागमती प्रदेश ट्राफिक प्रमुख डिल्ली नारायण पाण्डेका अनुसार आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक पुनः केही समयमै पूर्ण रूपमा बन्द भएको हो।