18/05/2026
बाराको कलैयामा किन्नर र तेस्रो लिङ्गी समूहबीच विवाद हुँदा तनाव उत्पन्न भएको छ। विवाद नियन्त्रणमा लिन प्रहरीले एक जना तेस्रो लिङ्गीलाई पक्राउ गरेपछि आक्रोशित समूहले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा केहीले सडकमै कपडा खोलेर विरोध जनाउँदै नाराबाजी गरेका थिए। पक्राउ परेका व्यक्तिको रिहाइको माग गर्दै केहीबेर क्षेत्र तनावग्रस्त बनेको प्रहरीले जनाएको छ।