26/05/2026
पढ्नु भयो? 🇰🇷🥲
🇰🇷 “सपना, संघर्ष र पर्खाइ”🇰🇷
गाउँको एउटा सानो झुपडी…!
त्यही झुपडीभित्र एउटा गरिब किसानको छोरोले ठूलो सपना बोकेको थियो—कोरिया जाने।
काठमाडौँ आएपछि उसको जीवन सजिलो थिएन।
रातभर कोरियन भाषाको पढाइ, अनि दिनभर आफ्ना आवश्यकता पुरा गर्न सानो–सानो काम। कहिले भोकले पेट खाली हुन्थ्यो, कहिले थकाइले शरीर गल्थ्यो… तर उसले कोरिया जाने सपना छोडेन।
अन्ततः उसले EPS कोरियन भाषा पास गर्यो।
त्यो खबर घर पुग्दा गाउँ नै उज्यालो भयो। परिवारमा खुसीको सिमा थिएन । आमाबुबाको आँखा रसायो तर त्यो आँसु खुसीको थियो।
सबैको एउटै आशा थियो—“अब छोरो विदेश जान्छ, हाम्रो झुपडी पनि एकदिन पक्की घर बन्छ… भाइबहिनीहरू पढ्न पाउँछन्… जीवन बदलिन्छ।” यस्तै यस्तै अनगन्ती सपना साचिरहयो !
तर समय बिस्तारै अघि बढ्यो…
दिन, महिना, वर्ष बित्यो। उ रोस्टरमा बसिरह्यो। पर्खाइ चलिरह्यो।
दुई वर्षपछि… रोस्टर अवधि नै सकियो।🥹
त्यो दिन उस्को केवल एउटा कागज मात्र सकिएको थिएन…
एउटा परिवारको सपना चकनाचुर र मेरुदण्ड नै भचिएको जस्तो भयो ! 🥲
फेरी घर परिवारमा मौनता छायो। उही पुरानै अभाव, गरिबी र दुखका दिन जस्ताकोतस्तै रहिरहे !
आमाबुबा चुपचाप भए, छोरो भित्रभित्रै टुट्न थाल्यो।
जहाँ पहिले भविष्यको उज्यालो देखिन्थ्यो, त्यहीँ अहिले अनिश्चितता मात्र बाँकी रह्यो।
उ निराश भयो… बिस्तारै मानसिक रूपमा थाक्न थाल्यो।
परिवार पनि उस्तै—आशा टुटेको, सपना अधुरो।
अहिले फेरि उही पुरानो जीवन फर्किएको छ—
उही संघर्ष, उही सानो काम, उही कठिन दिनहरू… जसबाट उ कहिले उम्किन्छु भनेर हिँडेको थियो।
तर मनभित्र एउटा प्रश्न अझै जीवित छ—
“मेहनत गरेर पास गरेको सपनालाई राज्यले किन समयमै अवसरमा बदल्न सकेन? किन यो पर्खाइको पीडा बुझिँदैन?”
Routine Of EPS Banda