26/04/2026
गृहकुञ्ज मेला
काठमाडौँ उपत्यकामा घर किन्ने सोच बनाइरहनु भएको छ भने- यो अवसरलाई सामान्य रूपमा नलिनुहोस् । बजारमा धेरै विकल्प देखिए पनि सही लोकेसन, भरपर्दो जानकारी, र पारदर्शी प्रक्रियासहितको अवसर बिरलै आउँछ । यही आवश्यकता बुझेर ललितपुरको किटनी, गोदावरी क्षेत्रमा नेपालको पहिलो हाउजिङ मेला हुँदैछ । निर्माण क्षेत्रमा स्थापित Skill Sewa को आयोजनामा हुन लागिरहेको मेलामा तपाईंले आफूलाई आवश्यक पर्ने घर जग्गा बारे सम्पूर्ण जानकारी पाउन सक्नुहुनेछ । यही वैशाख १९ गते हुने मेलामा तपाईंले घर किन्नु अघि जान्नुपर्ने सबै विषयको जानकारी पाउनुहुनेछ । मेलामा तपाईं केवल घर हेर्न मात्र होइन, पूर्ण निर्णय लिन सक्ने अवस्था सम्म पुग्नुहुन्छ । Field Visit मार्फत तपाईंले साइटको वास्तविक अवस्था, वरपरिको वातावरण, पहुँच, र भविष्यको सम्भावना प्रत्यक्ष रूपमा बुझ्न सक्नुहुन्छ । Neo-Classical डिजाइनमा बनाइएका घरहरू समेत तपाईंले मेलामा अवलोकन गरि आफ्नो बनाउने अवसर पाउनुहुनेछ ।
Expert Consultation प्रदान गर्नका लागि आयोजना गरिएको यो मेलामा तपाईंले अनुभवी Engineer Consultant हरूबाट घरको स्ट्रक्चर, मेटेरियल, र डिजाइन सम्बन्धी सम्पूर्ण प्राविधिक पक्षबारे पूर्ण जानकारी पाउनु सक्नुहुन्छ । यदि तपाईंलाई आफ्नो आवश्यकता अनुसार Design Change गर्नुपर्ने छ भने, त्यसका लागि पनि विकल्प खुला छ । साथै जग्गाधनीसँग प्रत्यक्ष भेटघाट गरेर सम्पूर्ण प्रक्रिया पारदर्शी रूपमा बुझ्न सकिन्छ, जसले तपाईंको लगानी सफल बनाउन सहयोग गर्छ ।
धेरैजसो मानिसको लागि घर किन्नु भनेको ठूलो आर्थिक निर्णय हो । त्यसैले यो मेलामा हामीले Bank Loan Consultant हरू पनि उपलब्ध गराउँदैछौँ । जसले तपाईंलाई कस्तो लोन लिन मिल्छ, किस्ताबन्दी लगायतबारे जानकारी प्रदान गर्ने छ । अझ आकर्षक कुरा— Naksapass Free जस्तो सुविधा पनि उपलब्ध छ, जसले तपाईंको अतिरिक्त खर्च घटाउन सहयोग पुर्याउँछ ।
यो मात्र होइन, कार्यक्रममा सहभागी हुने सबैका लागि Free House Counselling को सुविधा राखिएको छ । तपाईंको बजेट, परिवारको आवश्यकता, भविष्यको योजना— यी सबैलाई ध्यानमा राखेर व्यक्तिगत रूपमा सुझाव दिइनेछ, ताकि तपाईंले गलत निर्णय होइन, सही लगानी गर्न सक्नुहोस् । मेला हुने परिसरमा रहेका आकर्षक १५ वटा जग्गाका कित्ता बारे पनि तपाईंले जानकारी लिन सक्नुहुनेछ भने खरिद पनि गर्न सक्नुहुनेछ । ललितपुरको सातदोबाटोबाट ७ किलोमिटरको दुरीमा रहेको मेला परिसरमा तपाईंले घर सहितको जग्गा पनि पाउन सक्नुहुनेछ । 1 करोड 87 लाख मूल्य पर्ने साढे २ तलाको आकर्षक घर समेत तपाईंले मेला अवलोकनका क्रममा पाउन सक्नुहुनेछ । मेला बारे थप जानकारीका लागि ०१५९७०२५० वा ९८०१८८००५७ मा सम्पर्क गर्न सकिनेछ ।