Nepali guff news

Nepali guff news ✨ नयाँ खोज र ज्ञानको संसार खोल्ने
🌱 रोचक र सिर्जनात्मक सामग्री प्रस्तुत गर्ने
🤝 फलोअर्ससँग सिधा सम्पर्क गर्ने
🚀 डिजिटल प्लेटफर्ममा सक्रिय र लोकप्रिय बन्ने

रविन्द्र विजयी!!एमएमए फाइटर रविन्द्र ढाँट रोड टु यूएफसी सिजन-५ को बेन्टमवेट तौलको सेमिफाइनलमा प्रवेश गरेका छन् । उनले फि...
28/05/2026

रविन्द्र विजयी!!
एमएमए फाइटर रविन्द्र ढाँट रोड टु यूएफसी सिजन-५ को बेन्टमवेट तौलको सेमिफाइनलमा प्रवेश गरेका छन् । उनले फिलिपिनी प्रतिद्वन्द्वी किम्बर्टलाई दोस्रो राउन्डमै हराउन सफल भए ।
💗

‼️मेरो नाम जोडिएको विषयबारे स्पष्टीकरण ‼️पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढंगले प्र...
20/04/2026

‼️मेरो नाम जोडिएको विषयबारे स्पष्टीकरण ‼️

पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढंगले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ।

“२५ लाखको सेयर लुकाइएको” भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो।
सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन।
“मन्त्री हुनुअघि सेयर किनियो“ भनिएको छ। यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ।
बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?
अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो,जुन रेकर्डमा नै छ।
उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो।
अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो।
“विवादित व्यक्तिसँग साझेदारी” भनिएको छ। एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुन्छन्। सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन। यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन। त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त?
प्रश्न सरल छ, सेयरहोल्डर हुनु अपराध हो, कि चयन गरेर आरोप लगाउनु?
“Conflict of interest” को आरोप पनि उठाइएको छ। तर यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय होइन, अर्थ मन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धिकरण विभाग हो, र सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको छ।
यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन।
यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन।
“पृष्ठभूमि नजाँची लगानी” भन्ने कुरा पनि उठाइएको छ। व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन। हरेक लगानीमा जोखिम हुन्छ।

पछि भएको घटनालाई अघि गरेको निर्णयको दोष बनाउनु, यो तथ्य होइन, सुविधा अनुसारको व्याख्या हो।
“प्रतिक्रिया नदिनु” लाई पनि प्रश्न बनाइएको छ। कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त हुँदैन।
हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ।
“पार्टीको नारा र व्यवहार फरक भयो” भन्ने टिप्पणी पनि गरिएको छ। व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन। लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन।
अन्त्यमा, म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन्।
निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ।

तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु।
सहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन।
धन्यवाद।

उठ, अगाडि बढ, जित तिम्रै हो 💯 #शुभविहानी
20/04/2026

उठ, अगाडि बढ, जित तिम्रै हो 💯
#शुभविहानी

कस्तो लाग्याे याे भनाइ ??😁😀
19/04/2026

कस्तो लाग्याे याे भनाइ ??
😁😀

10/04/2026

सम्पूर्ण मा नमस्कार B-Negative Group Blood चाहिएको ले कसैले दिन चाहानु हुन्छ ।भने सम्पक गरिदिनु हुन अनुरोध गर्दछु ।
काठमाडौ मा ।
काठमाडौ ,भक्तपुर ,ललितपुर लगायत काे ठाउँमा खाेजि गरेर कतै पनि नभेटेपछि ।
contact inbox me?

07/03/2026

Latest Update from all Nepal!

• RSP 🔔 – 16 wins, leading in 101 places
• Congress 🌳 – 4 wins, leading in 9 places
• NCP ⭐️– 2 win, leading in 10 places
• CPN (UML) ☀️ – 1 win , leading in 12 places
• Shram Sanskriti Party – leading in 3 places
• RPP – leading in 1 place
• Independent – leading in 1 place

07/03/2026

हिमालि गाउपालिका र खप्तड छेडेदह गाउपालिका मत गणना सक्कियाे
बाजुरा प्रतिनिधि सभा
जम्मा मत ९२५३
बदर १८१
१) जनक राज गिरि( रुख) ४११५
१) लाल बहादुर थापा( सुर्य) २७०९
३) हेमराज थापा( घण्टि) १६४७
४) प्रकाश शाह (तारा) ३१३
रुख अग्रता १४०६

06/03/2026

बाजुरामा हिमाली गाउँ पालिका मतगणना सम्पन्न हुदा ।
१-नेपाली काँग्रेस ( रूख) जनक राज गिरी -१८६९
२-नेकपा एमाले (सुर्य) लाल बहादुर थापा-१११०
३-नेपाली कम्युनिष्ट पार्टी (तारा) प्रकाश बहादुर शाह-१७८
४-रास्वपा (घन्टी) हेमराज थापा-३१९
जम्मा मतगणना :- ३६ सय १३ मत

06/03/2026

सुनसरी क्षेत्र १ :
शरिन तामाङ (घण्टी) : २,२६०
हर्क साम्पाङ (माटो): १,४३६

06/03/2026

Jhapa 5: New Update -
RSP - 18843
UML - 4442

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepali guff news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share