10/06/2020
बाहुनलाई बोलाई बोलाई अपमान गर्ने???
मर्दा नि बाहुन, जन्मदा नि बाहुन,
ब्रतबन्ध गर्दा नि बाहुन, बिहे गर्दा नि बाहुन,
श्राद्ध गर्दा नि बाहुन, ग्रह शान्तिमा नि बाहुन,
शिलान्यासमा नि बाहुन, उद्घाटन समारोहमा नि बाहुन,
एकाह, सप्ताह, रूद्री, आहुती, जे गर्दा नि बाहुन चाहिने
खुशी हुदा होस् या दुख पर्दा
जता नि बाहुन चाहिने ।
न आजसम्म बाहुनले,
तेरो बाउ मर्दा क्रिया गर्न मलाई बोला है भनेर,
स्वयंको मार्केटिङ्ग गरेको छ,
न कर्म गर्न आउनुअघि टिका लगाएर दक्षिणा कति दिन्छस् भनेर सोधेको छ?
गणेश, दियो, कलस, सिदामा पैशो कति हाल्छस्
भनेर सोध्या छ ?
गुरू मेरोमा पुजा छ आईदिनु पर्यो भन्दै,
तिमिले नै बोलाई बोलाई ल्याउने,
५ घन्टा पाठ गर्न लगाएर चिया र दही खुवाएर राखी,
अत्यमा चिल्लो चाप्लो भोजन गराएरअाँखा अगाडि गुरु,पण्डित ,पुरोहित भनेर,
अनि बाहुन गएसी त्यही बाहुनलाई शोषक, सामन्ती, लुटेरा,टपरे,लोभी चुत्याहा
गरिबमारा भन्दै दिन रात गाली दिने ।
बाहुनसंग त्यत्ति नै रिस भए किन बाहुनलाई घरमा बोलाउछौ?
सन्तान जन्मिए आफै गुगल खोलेर नाम राख,
बाउ मर्दा आफै किरिया गर।
पुजा आजा, ब्रतबन्ध, बिबाह सबै ताली पड्काएर गर,
५ घन्टा खाली पेटमा ग्यास्ट्रिकले चाउरी परेको शरीर लिएर,
दानमा पाएको जुत्ता र कपडा लगाएर,
तिम्रै निम्तो स्विकारेर तिम्रो घरमा आई,
तिमीले जति दिन्छौ त्यसैमा खुशी भई कर्म गर्नुछ,
अझ त्यही बाहुन कै खैरो खन्छौ ।
तिमी काम गर्न जादा नि तलब सोध्छौ,
मजदुरी गर्न जादा नि ज्याला सोध्छौ,
अरु त छोड सेमिनार एटेन्ड गर्दा नि भत्ता खोज्छौ,
तर आजसम्म कुनै बाहुनले तिम्रोमा आउनुअघि,
तेरो बाउको श्राद्ध गरेको २ हजार रुपैया हो,
दिने भए आउछु नत्र आउदिन भनेर भनेको छ?
बोलाउने तिमी, काम लगाउने तिमी,
अनि काम गरेर तिम्रो इच्छाले दिएको मजदुरी लिएर जादा
उल्टो बाहुनले लुट्यो रे ।
फेरी के दिन्छौ तिमीले ?
दियो कलश गणेसमा ५/१०को नोट हुन्छ,
सिदाका टपरामा एक मुठी चामल र १/२ का ढ्याक हुन्छ,
पुजा सक्किएसी दक्षिणा चै २०० / दिएपनि खुशी, ५००/- दिएपनि खुही, १०००/- २०००/- दिएपनि खुशी । चोर गाई,बिग्रेको दाँत झरेको हसिया,नखन्ने कोदालो ,एकटुक्रा काम नलाग्ने कपडा दिएपनि खुशी ।
चामल पनि पुजा क्रममा चढाएको
तिल, जौ, सर्स्यु, अक्षता, जल परेर आधिसरो बिग्रेको हुन्छ,
काटेको स्याउ र केरा ५ घन्टामा कालो भई सकेको हुन्छ,
त्यो लगेर खानु कि फाल्नु?
पेटभरी खाना त हामी लेबरलाई नि दिन्छौ,
त्यसको के कुरा गर्नु?
त्यही पनि बाहुन ले लुट्यो रे,
तिमीले स्वेच्छाले जे दिन्छौ त्यही न हो लैजाने,
फेरि लुट्यो भन्दै रूवाबासी के को?
तिम्रा नौटन्की देख्दा चैं सह्य भएन।
#साभार
जे होस चित्तबुझ्दो लेख रहेछ।