Dark Clue

Dark Clue Where technology meets mystery.Reveals the unseen with AI-powered news and immersive storytelling

नागरिक सरकार भएको यहि बेलामा अहिलेसम्म सबै मन्त्रालय अन्तर्गत भएका छानविन समितिका प्रतिवेदनहरु सरकारले सार्वजनिक गरौं ।
10/10/2025

नागरिक सरकार भएको यहि बेलामा अहिलेसम्म सबै मन्त्रालय अन्तर्गत भएका छानविन समितिका प्रतिवेदनहरु सरकारले सार्वजनिक गरौं ।

परिवर्तन यसै गरी सुरु हुने हो। अब औषधिको जेनेरिक नाम ठूलो अक्षरमा लेख्नुपर्ने।
10/10/2025

परिवर्तन यसै गरी सुरु हुने हो। अब औषधिको जेनेरिक नाम ठूलो अक्षरमा लेख्नुपर्ने।

05/10/2025
अत्यन्त जरुरी सूचना
04/10/2025

अत्यन्त जरुरी सूचना

मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०६/१७ गते ०७:०० बजे सम्म)बाटो अवरुद्ध भएको सम्बन्धी विस्तृत जानकारी: https://www.nepalp...
03/10/2025

मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०६/१७ गते ०७:०० बजे सम्म)

बाटो अवरुद्ध भएको सम्बन्धी विस्तृत जानकारी: https://www.nepalpolice.gov.np/notices/1141/

#नेपालप्रहरी

उपचारत जेन्जी युवा तथा स्वास्थ्यकर्मीहरु लाई अस्पतालमै विजयादशमीको टिका लगाएर दशैँ मनाउदै आसिका तामाङ
02/10/2025

उपचारत जेन्जी युवा तथा स्वास्थ्यकर्मीहरु लाई अस्पतालमै विजयादशमीको टिका लगाएर दशैँ मनाउदै आसिका तामाङ

राजधानीको चोक चोकमा जमराको व्यापारविजय दशमीको दिन आज नवदुर्गा भवानीको प्रशादको रुपमा सिरमा लगाइने जमरा आजको दिन काठमाडौँ...
02/10/2025

राजधानीको चोक चोकमा जमराको व्यापार

विजय दशमीको दिन आज नवदुर्गा भवानीको प्रशादको रुपमा सिरमा लगाइने जमरा आजको दिन काठमाडौँको चोक चोकमा बिक्रीका लागि राखिएको छ । घटस्थापनाको दिनमा घर घरमा राखिने जमरा विभिन्न कारणले घरमा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किन्ने गर्दछन् । प्रति टपरी १०० देखि १५० रुपैयाँ सम्म जमरा बिक्री भइरहेको व्यापारीले जानकारी दिए ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

बालेन्द्र शाह (बालेन) को विशेषता नै स्पष्ट छ- उहाँले Gen-Z आन्दोलनलाई कहिल्यै राजनीतिक फाइदाका लागि प्रयोग गर्नुभएको छैन...
02/10/2025

बालेन्द्र शाह (बालेन) को विशेषता नै स्पष्ट छ
- उहाँले Gen-Z आन्दोलनलाई कहिल्यै राजनीतिक फाइदाका लागि प्रयोग गर्नुभएको छैन। शक्ति र लोकप्रियतालाई ‘ला'सको राजनीति’ मा नफालेर, इमान्दारी र मूल्यलाई नै रोज्नु उहाँको मूल दर्शन हो।

प्रधानमन्त्री बन्ने अवसरसमेत अस्वीकार गर्ने साहस देखाउने नेता आजको नेपालमा दुर्लभ छन्। यही कारणले बालेन देशकै सबैभन्दा प्रभावशाली युवा नेताको रूपमा उभिएका छन्।

तर अर्कोतिर, पुराना वा नयाँ केही नेताहरू केवल अवसरको राजनीति हेर्छन्। आफ्नो आकांक्षा पूरा नहुँदा उनीहरू बौलाउँछन् र जेल फो'डेर प्रधानमन्त्री बन्ने सपना देख्छन्। हर्कजस्ता नेताहरू प्रधानमन्त्री बन्ने मौका नपाउँदा चिच्याउँछन्, रुन्छन्, विरोध गर्छन्, तर प्रभाव पार्न सक्दैनन्।

बालेनमा खोट खोज्न नसकेपछि कतिपयले भारतीय एजेण्ट, ब्ल्याक इनर्जी, पुरानो स्टाटस जस्ता आरोप फैलाएर भ्रम सिर्जना गर्छन्।

यो स्पष्ट देखाउँछ -नेपालमा भ्रम फैलाउन सकिन्छ, तर सत्यको शक्ति बलियो हुन्छ। बालेनको उदाहरणले प्रमाणित गर्छ कि सत्य, इमान्दारी र मूल्यमा अडिग रहँदा मात्र वास्तविक शक्ति र लोकप्रियता प्राप्त हुन्छ, जबकि दबाब, आरोप र नक्कली अभियानले लामो समय टिक्दैन।

नेपालको राजनीतिमा यही दर्शनलाई मनन गर्नु जरुरी छ -सत्य र इमान्दारीले मात्र दीर्घकालीन आधार बनाउँछ।

Source : MRR

प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैंका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन् ।  प्रधानमन्त्री कार्की...
02/10/2025

प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैंका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ ।

अक्टोबर ९ मा कुनै आन्दोलन छैन, शान्ति बिथोल्न चाहन्नौँः मिराज ढुंगानाजेनजी अभियन्ता मिराज ढुंगानाले अक्टोबर ९ मा जेनजीको...
01/10/2025

अक्टोबर ९ मा कुनै आन्दोलन छैन, शान्ति बिथोल्न चाहन्नौँः मिराज ढुंगाना

जेनजी अभियन्ता मिराज ढुंगानाले अक्टोबर ९ मा जेनजीको कुनै पनि आन्दोलन नभएको बताएका छन् । ढुंगानाले अक्टोबर ९ मा जेनजीहरूको फेरि हिंसात्मक प्रदर्शन हुने भनेर सामाजिक सञ्जालमा हल्ला फैल्याएको भन्दै त्यस्तो कुनै आन्दोलन भएको स्पष्ट बनाएका हुन् । उनले जेनजीहरुले गर्ने एजेन्डाबिना आन्दोलन अर्थ नभएको भन्दै आफूहरू यसमा संलग्न नहुने बताए । उनले जेनजीहरूले देशमा कायम भएको शान्ति विथोल्न नचाहेको बताए ।

Address

Tokha 03 Dhalmal
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Dark Clue posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share