Basanta Upreti

Basanta Upreti सकारात्मक सोच, अनुभव र प्रेरणादायी कुरा बाँड्दैछु ! Creating. Inspiring. Sharing.

Breaking: सगरमाथा आधार शिविर नजिकै लबुचेमा हेलिकप्टर दुर्घटना भएको छ ।भारी हिमपातका कारण खुम्बु क्षेत्रमा फसेका पर्यटक ल...
29/10/2025

Breaking: सगरमाथा आधार शिविर नजिकै लबुचेमा हेलिकप्टर दुर्घटना भएको छ ।

भारी हिमपातका कारण खुम्बु क्षेत्रमा फसेका पर्यटक लिन पुगेको अल्डिट्युड एयरको 9N-AMS कल साईनको हेलिकप्टर आज बिहान ८ बजे दुर्घटनामा परेको हो । ल्याण्डिङ गर्ने क्रममा जमिनको हिउँ उड्न थालेपछी, हेलिकप्टरलाई ब्यबस्थित गर्न खोज्दाखोज्दै हेलिकप्टर जमिनमा जोतिएको हो ।

यस दुर्घटनामा कुनैपनी मानवीय क्षती भएको छैन । क्याप्टेन पुर्णरुपमा सकुशल रहेको लबुचेबाट सृष्टि कुलुङले जानकारी दिनुभयो । उनलाई अर्को हेलिकप्टर मार्फत लुक्ला लगिसकिएको छ ।

Photo By Shristi Kulung

इजरायलको विमानस्थलमा विपिन जोशीलाई श्रद्धाञ्जली अर्पण गर्दै मानिसहरू 😢 उहाँको पार्थिव शरीर चाँडै नेपाल ल्याइनेछ। 🕊️🙏
19/10/2025

इजरायलको विमानस्थलमा विपिन जोशीलाई श्रद्धाञ्जली अर्पण गर्दै मानिसहरू 😢 उहाँको पार्थिव शरीर चाँडै नेपाल ल्याइनेछ। 🕊️🙏

Undefeated, Unprecedented, Unparalleled !!CHAMPIONS…….🇳🇵Cricket Association of Nepal-CAN
17/10/2025

Undefeated, Unprecedented, Unparalleled !!
CHAMPIONS…….🇳🇵
Cricket Association of Nepal-CAN

नेपाली सेनाको ब्रीफिङ — भदौ २३ र २४ गतेका घटनाबारे :- नेपाली सेनाले जेनजि आन्दोलनको बेला मृत्यु भएका ७६ मध्य २२ जना प्रद...
17/10/2025

नेपाली सेनाको ब्रीफिङ — भदौ २३ र २४ गतेका घटनाबारे :

- नेपाली सेनाले जेनजि आन्दोलनको बेला मृत्यु भएका ७६ मध्य २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० कैदी र अन्य कारणले मृत्यु भएका ४१ जना रहेको कुरा भनेको छ ।

- सेनाले २३ भदौमा नै प्रहरीको गोली लागेर नयाँ बानेश्वरमा १९ र इटहरीमा २ जनाको मृत्यु भएको भनेको छ भने अन्य कारणले मृत्यु हुनेमा केही आगलागीमा परेर मृत्यु हुनेहरू पनि हुनुहुन्छ ।

- ६८८ सरकारी कार्यलय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलको पार्टी कार्यालय र ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ!

- काठमाण्डौ महानगरको दमकल अवरोधको कारण सुरुमै सिंहदरबार आउन नसकेको र आर्मी सँग सम्पर्क मै रहेको भनेर पनि उत्तर दिएको छ भने दमकल सोही रात आएर आगो निभाउन सहयोग गरेको उत्तर दिएको छ ।

- नेपाली सेनाले आफूले राजनीति नगर्ने पनि भनेको छ ।

- कारागारबाट भागेका १५ हजार ५८८ जना फरार भएका ८,७९९ पक्राउ/फिर्ता

- सिंहदरबार बचाउन केही राउण्ड हवाई फायर गरेको र स्थिति नियन्त्रणमा आउन नसक्ने देखेपछि सेनाले ‘लेस देन लिथल’ (कम घातक) नियन्त्रण उपाय अपनाएको र राष्ट्र सुरक्षा परिषद, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको डेटा सेन्टरलाई मुख्य प्राथमिकता दिएर सुरक्षामा ध्यान केन्द्रित गरेको र तिनीहरू जोगिएर अहिले सरकार सञ्चालन गर्न सजिलो भएको कुरा पनि भनिएको छ

- VIP/VVIP र परिवार सदस्य सहित ६१ जनाको हेलिकप्टर बाट उद्दार, २३ प्रहरीको पनि हेलिकप्टर बाट उद्दार अनि १२९ जनाको जमीन बाट उद्दार गरेको छ ।

अब सडकमा “गर्जने बाईक” हरूको दिन सकियो! 🔇काठमाण्डौ ट्राफिक प्रहरीले १००+ ठूलो आवाज निकाल्ने बाईक नियन्त्रणमा लिएको छ 👮‍♂...
16/10/2025

अब सडकमा “गर्जने बाईक” हरूको दिन सकियो! 🔇
काठमाण्डौ ट्राफिक प्रहरीले १००+ ठूलो आवाज निकाल्ने बाईक नियन्त्रणमा लिएको छ 👮‍♂️
सफा र शान्त सहर हाम्रो जिम्मेवारी 🌿

16/10/2025

Rino at Sauraha Market

नेपालको कस्तो शानदार जीत! 🇳🇵🔥
15/10/2025

नेपालको कस्तो शानदार जीत! 🇳🇵🔥

महत्वपूर्ण खेल: नेपाल आज जारी टी–२० विश्वकप एशिया ईएपी छनोट प्रतियोगितामा ओमानसँग खेल्दैछ। ❤️🇳🇵
15/10/2025

महत्वपूर्ण खेल: नेपाल आज जारी टी–२० विश्वकप एशिया ईएपी छनोट प्रतियोगितामा ओमानसँग खेल्दैछ। ❤️🇳🇵

हृदयविदारक खबर 💔हमासले बुझाएको शवको DNA परीक्षण गर्दा त्यो हाम्रो नेपाली सन्तान बिपिन जोशीकै भएको पुष्टि भएको छ ।इजरायली...
14/10/2025

हृदयविदारक खबर 💔
हमासले बुझाएको शवको DNA परीक्षण गर्दा त्यो हाम्रो नेपाली सन्तान बिपिन जोशीकै भएको पुष्टि भएको छ ।
इजरायली सेनाका अनुसार बिपिनको हत्या दुई वर्ष अगाडि नै भएको अनुमान गरिएको छ ।
अलविदा बिपिन… तिमीले देखाएको साहस र समर्पण सधैं सम्झिरहनेछौं। 🕊️🙏

14/10/2025

दुःखद समाचार: काठमाडौंको टिंकुनेमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ। 😢
स्रोत: बनेश्वर प्रहरी

Address

Baneshwor
Kathmandu
44800

Website

Alerts

Be the first to know and let us send you an email when Basanta Upreti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share