03/10/2024
राष्ट्रिय युवा संसदले नयाँ पुस्ताका युवा नेताहरूलाई सकारात्मक दबाब सिर्जना गर्न र सशक्तीकरणको लागि सहयोग पु¥याउनेछ । अभियानले युवाको सक्रिय सहभागितालाई राष्ट्रिय नीति निर्माणमा जोड दिने र देशभरिका युवालाई एकै ठाउँमा ल्याएर उनीहरुको आवाजलाई राजनीतिक र सामाजिक निर्णय प्रक्रियामा समावेश गराउनु रहेको अभियानका अभियान्ता सरोज बानियाँले जानकारी दिए