Chhotokhabar

Chhotokhabar Chhoto Khabar delivers news from Nepal and around the world, summarized within 60 words.

प्रधानमन्त्री बालेन्द्र शाहले अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने तयारी अघि बढेको छ। औपचारिक न...
04/09/2026

प्रधानमन्त्री बालेन्द्र शाहले अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने तयारी अघि बढेको छ। औपचारिक निर्णय भइनसके पनि प्रधानमन्त्री कार्यालयको जानकारीपछि परराष्ट्र मन्त्रालयले तयारी थालेको हो। महासभामा नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको असर, जलवायु न्याय तथा हानि–नोक्सानी कोषबाट क्षतिपूर्तिको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
https://tinyurl.com/mwnwnwvf
#छोटोखबर #प्रधानमन्त्री #बालेन्द्रशाह #यूएनमहासभा #संयुक्तराष्ट्रसंघ #जलवायुन्याय #जलवायुपरिवर्तन #क्षतिपूर्ति #नेपाल

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म समानान्तर १५औँ महाधिवेशन गर्ने निर्णय गरेक...
04/09/2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म समानान्तर १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ। समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। बैठकले महाधिवेशन तयारीका लागि विभिन्न समिति गठनको जिम्मेवारी डा. शाशंक कोइरालालाई दिएको छ भने ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ।
https://tinyurl.com/3yy52dcs
#छोटोखबर #नेपालीकांग्रेस #शेरबहादुरदेउवा #महाधिवेशन #समानान्तरमहाधिवेशन #कांग्रेस #राजनीति #नेपाल

तिब्बतस्थित जिरोङ बन्दरगाह अर्थात् केरुङ नाका जोड्ने मुख्य सडक मार्ग सात दिन र सात रातको निरन्तर प्रयासपछि सेप्टेम्बर २ ...
04/09/2026

तिब्बतस्थित जिरोङ बन्दरगाह अर्थात् केरुङ नाका जोड्ने मुख्य सडक मार्ग सात दिन र सात रातको निरन्तर प्रयासपछि सेप्टेम्बर २ मा पुनः सञ्चालनमा आएको छ। कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र तीव्र जलप्रवाहका कारण सडक खोल्न चुनौती भएको थियो। उद्धार टोलीले साँघुरो खोँचमा निरन्तर काम गर्दै मुख्य सडक खण्ड सञ्चालनमा ल्याएको हो।
https://tinyurl.com/3uzj824h
#छोटोखबर #केरुङनाका #जिरोङबन्दरगाह #तिब्बत #सडकसञ्चालन #नेपालचीन #उद्धारटोली #पूर्वाधार #बाढीविपद्

रसुवा बाढी आएको १० दिन बित्दा पनि ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...
04/09/2026

रसुवा बाढी आएको १० दिन बित्दा पनि ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० गते ३८४ रहेको सम्पर्कविहीनको संख्या क्रमशः बढ्दै भदौ १९ गते ५ हजार ८३ पुगेको हो। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।
https://tinyurl.com/5yv32bpp
#छोटोखबर #रसुवाबाढी #सम्पर्कविहीन #बेपत्ता #खोजीतथाउद्धार #विपद्व्यवस्थापन #नेपाल

चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ। नदीमा बनेका अवरोध, हिमताल र स...
04/09/2026

चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ। नदीमा बनेका अवरोध, हिमताल र सम्भावित बाढीजन्य जोखिमसम्बन्धी सूचना उपलब्ध गराइनेछ। केरुङ–रसुवा सीमाक्षेत्रमा पहिरो गएदेखि नै चीनले नेपाललाई मौसम अनुगमन, पूर्वानुमान, पूर्वचेतावनी तथा उद्धार–राहत कार्यमा आवश्यक मौसमसम्बन्धी सहयोग प्रदान गर्दै आएको जनाएको छ।
https://tinyurl.com/4pudrnwb
#नेपालचीन #जलविज्ञान #पूर्वचेतावनी #विपद्जोखिम #रसुवाबाढी #छोटोखबर

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा माथिबाट पहिरो खस्दा नदी आधा थुनिएको छ। पहिरो खस्ने क्रम जारी र...
04/09/2026

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा माथिबाट पहिरो खस्दा नदी आधा थुनिएको छ। पहिरो खस्ने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
https://tinyurl.com/yh38vkjf
#दार्चुला #चौलानीनदी #पहिरो #विपद्जोखिम #उच्चसतर्कता #छोटोखबर

रसुवा बाढीका कारण चीनतर्फ फसेका थप १५५ नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। यसअघि बिहीबार ११४ जना ने...
04/09/2026

रसुवा बाढीका कारण चीनतर्फ फसेका थप १५५ नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। यसअघि बिहीबार ११४ जना नेपाल आएका थिए। शुक्रबार फर्किएकामध्ये १४५ जना रसुवाका छन्। बाढीपछि चीनतर्फ करिब ८ सय नेपाली फसेको अनुमान गरिएको छ र उनीहरूलाई क्रमशः सुरक्षित रूपमा नेपाल ल्याउने प्रक्रिया जारी छ।
https://tinyurl.com/ybzy645w
#रसुवाबाढी #नेपालचीन #तातोपानीनाक #उद्धार #स्वदेशफिर्ता #छोटोखबर

बाढी पूर्वानुमान महाशाखाले लाङटाङको उत्तरी क्षेत्रमा हिमचट्टान खसेर बनेको माथिल्लो ताल हाल तत्काल जोखिमपूर्ण नरहेको जनाए...
04/09/2026

बाढी पूर्वानुमान महाशाखाले लाङटाङको उत्तरी क्षेत्रमा हिमचट्टान खसेर बनेको माथिल्लो ताल हाल तत्काल जोखिमपूर्ण नरहेको जनाएको छ। चिनियाँ टोलीका अनुसार तल्लो तालको अधिकांश पानी बगिसकेको छ भने माथिल्लो तालमा पानीको सतह बढे पनि खतराको तहमा पुगेको छैन। तालको अवस्थाबारे निरन्तर निगरानी र सूचना आदानप्रदान भइरहेको छ।
https://tinyurl.com/5efvpbmu
#रसुवाबाढी #लाङटाङ #बाढीपूर्वानुमान #विपद्जोखिम #नेपाल #छोटोखबर

रसुवा बाढी तथा त्यससँग सम्बन्धित विपद्मा परी मृत्यु हुनेको संख्या १ हजार २८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण त...
04/09/2026

रसुवा बाढी तथा त्यससँग सम्बन्धित विपद्मा परी मृत्यु हुनेको संख्या १ हजार २८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा धेरै ३५९ जनाको शव फेला परेको छ। हालसम्म ९६ शवको मात्र पहिचान भएको छ भने विपद्मा ५ हजार ३९७ जना घाइते भएका छन्।
https://tinyurl.com/mvw4krta
#छोटोखबर #रसुवाबाढी #बाढीविपद् #खोजीतथाउद्धार #विपद्व्यवस्थापन #बाढीपीडित #नेपाल

विनाशकारी बाढीपछि नेपालको खोजी तथा उद्धार अभियानमा सहयोग गर्न अस्ट्रेलियाले १५ सदस्यीय ड्रोन विशेषज्ञ टोली नेपाल पठाउने ...
03/09/2026

विनाशकारी बाढीपछि नेपालको खोजी तथा उद्धार अभियानमा सहयोग गर्न अस्ट्रेलियाले १५ सदस्यीय ड्रोन विशेषज्ञ टोली नेपाल पठाउने भएको छ। फायर एन्ड रेस्क्यु न्यू साउथ वेल्स र क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्य रहेको टोलीले अत्याधुनिक ड्रोनमार्फत नक्साङ्कन र इमेजिङ गर्नेछ। नेपाल सरकारको औपचारिक अनुरोधपछि अस्ट्रेलियाले टोली पठाउन लागेको हो।
https://tinyurl.com/48kv67sv
#छोटोखबर #अस्ट्रेलिया #खोजीतथाउद्धार #बाढीपीडित #ड्रोनप्रविधि #मानवीयसहयोग #नेपाल

Address

Maharajgunj
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 22:00
Tuesday 07:00 - 22:00
Wednesday 07:00 - 22:00
Thursday 07:00 - 22:00
Friday 07:00 - 22:00
Sunday 07:00 - 22:00

Alerts

Be the first to know and let us send you an email when Chhotokhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share