Artha Plus

Artha Plus आर्थिक समाचार हरेक कोणबाट


We are an officially registered news media under the name Arthaplus Hub Pvt. Ltd. (Company Act, 2063), Press Council Reg.

No 4412-2080/81

27/08/2026

यसरि छिरेको रहेछ त्रिशुलि खोला ढुङे बजार मा....

27/08/2026

विपद् व्यवस्थापनका कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री सुधन गुरुङ।

27/08/2026

सर्वदलीय बैठकपछि कांग्रेस सभापति गगन थापा : अहिले यहाँ कोहि यो दल त्यो दल भन्ने छैन हामी सबै एउटै हो , यो परिस्थितिमा सबै जना एकजुट भएर सहकार्य गर्नपर्छ

27/08/2026

अहिलेको अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री स्वर्णिम वाग्ले।

27/08/2026

भोटेकोशी क्षेत्रमा बाढी तथा पहिरोजस्ता विपद्का बेला समयमै उद्धार टोली परिचालन हुनु र प्रभावितहरूको सुरक्षामा तदारुकता देखिनु अत्यन्त महत्त्वपूर्ण पक्ष हो।

27/08/2026

एउटा सूचनाले हजारौँ मानिसको जीवन बचाउँछ।

27/08/2026

सम्पर्कविहीन आफ्ना बुबाको खोजीका लागि छोरीको भावुक अपिल।

27/08/2026

विनाशकारी बाढीको उच्च जोखिमबीच अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार
​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो। तर, प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाको टोलीले केही बेर अगाडि टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको सफलतापूर्वक उद्धार गरेको छ। अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढी मानिसहरूलाई सुरक्षित बाहिर निकाल्न सेना जुटिरहेको छ।

​टनेलभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशुली) बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १/३ को सैन्य टोली अहोरात्र खटिएको छ।

​यसैगरी, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलहरूमा पुगेर पनि सेनाले उद्धार कार्यलाई निरन्तरता दिएको छ। सी क्यू आर टी धुन्चे ब्यारेक (रसुवा) बाट सह सेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको १/५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ्ग, ठूलो हाकु र हाकु वेशीका विभिन्न स्थानहरूबाट थप ५३३ जना नागरिकलाई ज्यानको बाजी लगाएर सुरक्षित स्थानमा सारेको छ।
​आफ्नो प्रवाह नगरी उच्च साहस, तदारुकता र समर्पण प्रदर्शन गर्दै नेपाली सेनाले आज (२०८३ भाद्र ११ गते) रसुवाका यी विभिन्न प्रभावित क्षेत्रहरूबाट कुल ८८३ जना स्थानीय तथा मजदुरहरूको उद्धार गरी ठूलो मानवीय क्षति हुनबाट जोगाएको छ।

27/08/2026

गृहमन्त्री सुधन गुरुङ नुवाकोट पुगेर विपद् प्रभावित क्षेत्रको राहत तथा उद्धार व्यवस्थापनबारे स्थलगत निरीक्षण गर्नुभएको छ। स्थलमार्ग हुँदै नुवाकोट पुग्नुभएका उहाँले नेपाली सेनाको नं. १ सैन्य तालिम गणमा पुगेर विपद्को पछिल्लो अवस्था, राहत वितरण तथा उद्धार कार्यबारे जानकारी लिनुभएको हो।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले प्रभावित नागरिकको उद्धार र राहत कार्यलाई अझ प्रभावकारी तथा तीव्र बनाउन सुरक्षा निकाय र उद्धार टोलीलाई आवश्यक निर्देशन दिनुभएको छ।

यसअघि उहाँले काठमाडौंमै रहेर विपद् व्यवस्थापनमा खटिएका टोली तथा विभिन्न जिल्लाका सुरक्षा निकायसँग निरन्तर समन्वय गर्दै अवस्थाबारे जानकारी लिँदै आउनुभएको थियो। काठमाडौंस्थित विपद् व्यवस्थापन संयन्त्रलाई सक्रिय राख्दै उहाँ स्थलगत अवस्थाको प्रत्यक्ष जानकारी लिन नुवाकोट पुग्नुभएको हो।

गृहमन्त्री गुरुङ केही समय नुवाकोटमै रहेर उद्धार, राहत तथा समग्र विपद् व्यवस्थापनको अवस्थाबारे जानकारी लिएपछि काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ।

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Artha Plus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share