01/11/2025
हार्दिक धन्यवाद 🙏
मिति २०२५/अक्टोबर ३१ तारीख सम्पन्न जय मानव सेवा संस्थाले पहिलो चियापान तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको ऐतिहासिक क्षणमा, हाम्रो निमन्त्रणा लाई साहजै सुइकरेर पाल्नु भएका इराक कुर्दिस्तानमा स्थपित संघ संस्था गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इराक अध्यक्ष श्री बिनोद श्रेष्ठ ज्यु,नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक अध्यक्ष श्री अर्जुन तामाङ ज्यु, नेपाली महिला समाज अध्यक्ष श्रीमती जेसिक बोम्जन तामाङ ज्यु ,सम्पुर्ण संस्थाका पदाधिकारी ज्युहरु,प्रमुख तथा अग्रज बुद्धिजीवी ज्युहरु साथै कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ, सहयोग र उपस्थिति जनाइदिनु भएका आदरणीय भिविन्न संघ संस्थाको प्रतिनिधी ज्यूहरु मिडिय साथीहरू र उपस्थित सम्पूर्ण सबै महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं
यस कार्यक्रमले केवल औपचारिकता मात्र नभई, सामाजिक सेवा, मानवीय सद्भाव र आपसी एकताको भावनालाई अझ मजबुत बनाएको छ। समाजका लागि सानो देखिए पनि यो कदम आगामी दिनहरुमा ससक्तारूपमा अगाडि लैजाने प्रतिबद्धता जनाउन चाहन्छु।
हामी विश्वास गर्छौं—समाज परिवर्तनका लागि हरेक साना प्रयासहरू अमूल्य हुन्छन्। तपाईंहरूको समय, परिश्रम, ऊर्जा र प्रेरणा बिना यो सम्भव हुने थिएन।
त्यसैले आगामी दिनहरूमा तपाईँको साथ सहयोग र सपोर्ट
पाइने छ भन्ने आशा लिएकी छु।
आजको दिनले हामीलाई अझ जिम्मेवार बनाएको छ, र भविष्यमा अझै प्रभावकारी र अर्थपूर्ण सामाजिक कार्य गर्न आत्मबल प्रदान गरेको छ।
हामी सबैको हातेमालो, सद्भाव र निरन्तर सहयोगले हाम्रो यात्रा अझ मजबुत र सफल बन्जाला भन्ने दृढ विश्वास लिएका छौं।
अन्त्यमा,
हाम्रो जय मानव सेवा परिवारका प्रत्येक सदस्य, समर्थक र शुभेच्छुकहरूप्रति पुनः धन्यवाद व्यक्त गर्दै उज्ज्वल भविष्यको लागि अनन्त शुभकामना।
समाजका लागि गरेका हरेक कदम सफल, शुभ र प्रेरणादायी होऊन्।
जय मानव सेवा 🙏❤️
#चियापानकार्यक्रम
#2025シ
#२०८२