22/05/2026
सभामुख डिपी अर्यालको टिप्पणी: 'असुरक्षित दुईपांग्रेलाई १८ वर्षमै लाइसेन्स दिने, सुरक्षित चारपांग्रेका लागि २१ वर्ष कुर्नुपर्ने ?
"हामीले कानुनमार्फत के भन्दै छौँ भने पहिला असुरक्षित सवारी चलाऊ, त्यसपछि मात्रै सुरक्षित सवारी चलाउन जाऊ भनेजस्तो भयो। दुईपांग्रे अत्यन्त असुरक्षित र चारपांग्रे तुलनात्मक रूपमा सुरक्षित मानिन्छ भने यस्तो व्यवस्था किन बनाइयो भन्ने प्रश्न उठ्छ। १८ वर्षमै दुईपांग्रे सवारीको लाइसेन्स दिने तर तुलनात्मक रूपमा सुरक्षित मानिने चारपांग्रे सवारीको लाइसेन्स २१ वर्षपछि मात्रै दिने व्यवस्था विरोधाभासपूर्ण देखिन्छ।
राक्टिकलमा आज फेल भयो भने भोलिपल्टै वा केही दिनमै फेरि दिन पाइन्छ, तर लिखितमा फेल भए ९० दिन कुर्नुपर्ने रहेछ। तीन दिन राम्रोसँग पढेर फेरि परीक्षा दिन्छु भन्न पनि नपाइने कानुन कसरी बन्यो? छोटो समयमै तयारी गरेर पुनः परीक्षा दिन चाहनेलाई रोक लगाइनु उपयुक्त देखिँदैन।
यस्तै, एउटा नागरिकले ड्राइभिङ लाइसेन्स लिएर आफ्नो परिवार पाल्छु भन्दा पनि ‘तँ एसएलसी पास गर्नुपर्छ’ भन्ने व्यवस्था कसरी बन्यो?"