I.T. Khabar

I.T. Khabar Delivering timely, accurate, and unbiased news from Nepal and around the world. Your trusted source for facts, insights, and updates that matter.

15/08/2026

*नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह*

15/08/2026

प्रहरी आइजिपि प्रति खगेन्द्र सुनारले गरेको व्यवहारले आक्रोशित भए गृहमन्त्री सुदन गुरुङ

15/08/2026

देउवाको स्विकारोक्ती, म राजा ज्ञानेन्द्रको सबै आदेश मान्न तयार थिए।

15/08/2026

बौधीमाई नगरपालिकाका मेयर प्रदीप यादवज्यूले आफ्नै नगर प्रहरी परिचालन गरी जनतामाथि कुटपिट गराएको भिडियो सार्वजनिक भएको छ।

15/08/2026

काठमाडाैं, बसुन्धरामा ग्यास लिनेको भीड ।

प्रधानमन्त्री वालेनसंग जेनजीहरूको प्रश्न, ‘जेनजीका हत्यारालाई कारवाही किन नगरेको ?’जेनजीका हत्यारालाई कारवाही गर्न वालेन...
15/08/2026

प्रधानमन्त्री वालेनसंग जेनजीहरूको प्रश्न, ‘जेनजीका हत्यारालाई कारवाही किन नगरेको ?’

जेनजीका हत्यारालाई कारवाही गर्न वालेन सरकार असफल–विकेश साह

२३ भदौमा सरकारलाई खबरदारी सहित ज्ञापन पत्र बझाउने–कमन जेनजी नेपाल

देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ अहिलेको आवश्यक्ता –जेनजी अभियन्ता

काठमाडौं, ३० साउन ।
देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेको निष्कर्षसहित शनिबार जेनजी अगुवाहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा गरेका छन् ।

‘कमन जेनजी नेपाल’द्वारा आयोजित जेनजी संवाद कार्यक्रममा वक्ताहरूले जेनजी आन्दोलनको गम्भीर समीक्षा गर्दै राज्यको गैरजिम्मेवार भूमिकाको कडा शब्दमा आलोचना गरेका छन् । राज्यले युवा पुस्ताको धैर्यतालाई कमजोरीका रूपमा बुझेको निष्कर्ष निकाल्दै जेनजी अभियन्ताहरूले आगामी भदौ २३ गते खबरदारी ¥याली सहित सरकारलाई ज्ञापनपत्र बुझाउने घोषणा गरेका छन् ।

कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले आउँदो भदौ २३ गते सरकारलाई खबरदारी सहित ज्ञापनपत्र बुझाउने जनाएका छन् । जेनजी आन्दोलनका पीडÞितलाई न्याय दिलाउन आफूहरुले सरकारलाई ज्ञापनपत्र बु्झाउन लागेको उनले बताए ।

पत्रकार सम्मेलनमा जेनजी अगुवाहरु ⁠रवि किरण हमाल, ⁠सौरव भण्डारी, ⁠कृष्ण मोहन सहनी, ⁠दिपेन्द्र विक, ⁠अमृत बोहरा, ⁠अभिनव वाग्ले, ⁠उज्वल शर्मा, ⁠रोनिश साह लगायतको विशेष सहभागिता रहेको थियो । विभिन्न जेनजी संगठनको नेतृत्वमा रहेका यि जेनजी अभियन्ताहरुले संयुक्त रुपमा भदौ २३ गते खबरदारी सहित ज्ञापनपत्र बुझाउन लागेका छन् ।

जेनजी आन्दोलनको बारेमा गठन भएको छानविन आयोगको प्रतिवेदन अनुसार हत्यारालाई कारवाही गर्न प्रधानमन्त्री वालेन सरकार नेतृत्वको सरकार असफल भएको टिप्पणी समेत साहले गरेका छन् ।

‘वर्तमान सरकार जेनजीका हत्यारालाई कारवाही गर्न असफल देखिएको छ । हाम्रो अनुरोध छ ति हत्यारालाई यथासिघ्र कारवाही गरोस् । यो सरकार जेनजी हत्यारालाई कारवाही गर्दैन भने कुर्सीमा बस्ने अधिकार छैन् । ति हत्यारालाई कारवाही गरोस कि कुर्सी छोडोस्,’ अध्यक्ष साहले भने ।

जेनजी आन्दोलन सुशासन, रोजगारी, भ्रष्टाचारीलाई कारवाहीका साथै राज्यको संरचनामा आमुल परिवर्तनका लागि भएको भए पनि त्यसतर्फ सरकार पूर्णरुपमा असफल भएको उनले गम्भिर आरोप लगाए ।

‘हिजोका दिनमा जेनजीका ठेकदार र राज्यका ठेकदारहरूसंग प्रश्न गर्ने समय आयो, समझौताको नाममा जेनजी आन्दोलनमाथी ठुलो घात किन गरेको ? जेनजी हत्यारालाई अझै कारवाही किन नगरेको ? जेनजीको माग सम्बोधन गर्न तपाईलाई कुन शक्तिले रोकेको छ ?,’ साहले प्रश्न गरे ।

राज्य अहिले विघटनतिर अग्रसर भएको भएको बताउदै उनले राज्यप्रति जनताको अविश्वास बढदै गइरहेको बताए । विश्वमा इतिहास रची नेपालको गौरव बढाउँन सफल जेनजी आन्दोलनको समान बढ़ाउन, देशको अस्तित्व जोगाउन, मुख्यतः वर्तमान अवस्थामा आमूल परिवर्तन गर्न वर्तमान सरकारसंग उनले अनुरोध पनि गरे ।

‘हामीले वर्तमान सरकारलाई अपील गर्दछौं । देशमा आमूल परिवर्तन चाहेका जेनजी संगठन तथा अभियानता, अग्रगामी भूमिका खेल्ने विभिन्न दल–नेता, सशक्त तथा सक्रिय शक्तिहरूका साथै आम नागरिक तथा युवाहरूलाई हामी साथ सहयोगको अपील गर्दछौं । वर्तमान परिस्थितिबाट निकासको निमित्त जेनजी आन्दोलन पूर्णगठन गरी सरकारलाई यही भदौ २३ गते खबरदारी सहित ज्ञापन–पत्र बुझाउन अग्रसर छौं । तथापि सरकारले जेनजी आन्दोलनका मागहरू सम्बोधन गरेन भने हामी दोस्रो जेनजी आन्दोलन गर्न बाध्य हुनेछौं,’ कमन जेनजी नेपालका अध्यक्ष साहले भने ।

पत्रकार सम्मेलनमा सहभागि जेनजी अगुवाहरुले वर्तमान सरकारले जेनजीको माग सम्बोधन नगरेकाले आन्दोलनको विकल्प नभएको बताएका छन् । आउँदो २३ भदौमा सरकार विरुद्ध प्रदर्शन गर्नुको विकल्प नभएको समेत उनीहरुले बताए ।

उनीहरुले आफूहरुको आन्दोलन ‘रहर नभई बाध्यता’ भएको भन्दै सम्पूर्ण बदलाव चाहने युवा, राजनीतिक दल, नागरिक समाज र राष्ट्रवादी शक्तिलाई एकजुट हुन आह्वान समेत गरेका छन् ।

14/08/2026

😢

लेखा समितिमा रास्वपा सांसद र आईजीपीबीच नोकझोक : सभामुख र रास्वपा सभापतिको चासो
14/08/2026

लेखा समितिमा रास्वपा सांसद र आईजीपीबीच नोकझोक : सभामुख र रास्वपा सभापतिको चासो

वालेन सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको कमन जेनजीले शनिबार पत्रकार सम्मेलन गर्दै काठमाडौं, २९ साउन ।सरकार विरुद्ध आन्द...
14/08/2026

वालेन सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको कमन जेनजीले शनिबार पत्रकार सम्मेलन गर्दै

काठमाडौं, २९ साउन ।
सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको कमन जेनजी नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले वर्तमान सरकारले जेनजीको माग सम्बोधन नगरेकाले आन्दोलनको विकल्प नभएको बताए । कमन जेनजी नेपालले आउँदो २३ भदौमा काठमाडौं सहित देशैभरी सरकार विरुद्ध प्रदर्शन गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।

‘देशको वर्तमान अवस्था र जेनजी आन्दोलनको समीक्षा गर्दै वर्तमान सरकारका सन्दर्भमा विभिन्न जेनजी संगठन र अभियन्ताहरूको विशेष पत्रकार सम्मेलन सहित विशेष अन्तक्र्रिया कार्यक्रम काठमाडौंको संवाद डबलीमा शनिबार गर्दैछौं,’ अध्यक्ष साहले भने ।

पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रममा कमन जेनजी नेपालका अध्यक्ष विकेश साह सहित गरिखान देउका डा.जगत विक, जेनजी अभियन्ताहरु रविकिरण हमाल, कृष्णमोहन सहनी, सौरव भण्डारी, विरचन विके, सुनिल सिंह, सरिस्मा थापा, अभिनव वाग्ले सहभागि हुदैछन् ।

यसैगरी वैदिक सनातन युवा मोर्चाका राष्ट्रिय अध्यक्ष सुशील बराल, जेनजी मोमेन्ट एलाइन्सका अमित खनाल, मिथिला जेनजी एलाइन्सका शशीकुमार यादव, कर्णाली जेजनी संयोजक दिपेन्द्र विके, जेनजी अभियन्ता अमृतकुमार बोहरा, कमन जेनजी नेपालका उज्जवल शर्मा, रोनिश साह लगायतका जेनजी अभियन्ताहरु समेत अन्तरक्रिया कार्यक्रममा सहभागि हुने बताइन्छ ।

जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा अवस्था जहाँको त्यही छ । वालने शाह नेतृत्वको सरकारले देशलाई निकास विहीन बनाएको भन्दै ‘कमन जेनजी नेपाल’ले सरकारलाई खÞबरदारी गर्न आन्दोलनको घोषणा गरेको हो । वालेन सरकारलाई ‘फेक’ भन्दै कमन जेनजीले आउँदो भदौ २३ गते ‘फेक शासन विरुद्ध असल शासन’ नारासहित देशव्यापी प्रदर्शन गर्ने जनाइएको छ ।

जेनजीले आन्दोलनको उद्देश्य ‘सरकार फेर्ने’ मात्र नभई ‘समग्र सिस्टममा आमूल परिवर्तन’ ल्याउनु थियो। तर केही ‘छद्मभेषी र स्वार्थी समूह’ले आन्दोलनलाई हाइज्याक गरेर ‘सरकार फेर्ने खेल’ मा मात्र सीमित पारेको गम्भिर आरोप अध्यक्ष साहले लगाएका छन् ।

आन्दोलनमा रगत बगाउने सहिद र घाइतेहरू सहाराविहीन बनेको र बदलाव चाहने नेपाली जनता निराश भएको बताउदै उनले यथासिघ्र जेनजी आन्दोलनको माग सम्बोधन गर्नुपर्ने माग समेत गरेका छन् ।

कमन जेनजीले आफूहरुको आन्दोलन ‘रहर नभई बाध्यता’ भएको भन्दै सम्पूर्ण बदलाव चाहने युवा, राजनीतिक दल, नागरिक समाज र राष्ट्रवादी शक्तिलाई एकजुट हुन आह्वान समेत गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऋणमा निर्भरता घटाउँदै करको दायरा विस्तार गरेर आफ्नै आम्दानीबाट देश विकास गर्ने लक्ष्यस...
14/08/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऋणमा निर्भरता घटाउँदै करको दायरा विस्तार गरेर आफ्नै आम्दानीबाट देश विकास गर्ने लक्ष्यसहित बजेट ल्याइएको बताएका छन् । उनले प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउने पनि जानकारी दिएका छन् ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when I.T. Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share