25/10/2025
चर्चित गायिका मुना मगरको कौराहा गीत “प्यासी मन” सार्वजनिक
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्।
सोही क्रममा चर्चित गायिका मुना मगरको बिशेष मौलिक कौराहा गीत “प्यासी मन” सार्वजनिक भएको छ। यस गीतमा मुना मगर र सुरेश मगरको स्वर रहेको छ भने प्रयास कुवर मगरको शब्द र संगीत रहेको छ।
उक्त गीतको भिडियोलाई सुमन लामा तामाङले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् भने प्रकाश खड्काको छायांकन र राजकुमार मगरको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा मुना मगर र सुरेश मगरकै अभिनय रहेको छ। पियासी मन गीतको भिडियोलाई प्रिया मागर युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
कौराहा बिशेष गीत प्यासी मन गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
Presenting new Nepali Kaurah song Pyasi Man by Muna Magar & Suresh Magar penned & composed by Prayash Kunwar Magar featuring Muna Magar & Suresh Magar only ...