10/12/2025
मंसिर २७ गतेदेखि शुक्र अस्त हुँदैछ। त्यसैले माघ १५ गतेसम्मका निम्न कार्यहरू गर्नु अशुभ मानिन्छ:
🔸 नयाँ ब्रत प्रारम्भ नगर्नुहोस्
🔸 भाकल बुझाउन नजानुहोस्
🔸 नयाँ सवारी साधन किनमेल नगर्नुहोस्
🔸 नयाँ घर–जग्गा खरिद–बिक्री नगर्नुहोस्
🔸 घरको जग हाल्ने, विवाह, व्रतबन्ध जस्ता शुभ कर्म नगर्नुहोस्
शुक्र अस्तमा बर्जित मानिने अन्य कार्यहरू:
▪️ कुवा–इनार खन्नु
▪️ नयाँ निर्माण सुरु गर्नु
▪️ गृह आरम्भ वा गृह प्रवेश गर्नु
▪️ कुनै देवी–देवताका प्राण–प्रतिष्ठा गर्नु
▪️ नयाँ ब्रत सुरु वा समाप्ति गर्नु
▪️ सोमयज्ञ गर्नु
▪️ बच्चाको केशान्त (पहिलो कपाल काट्ने) गर्नु
▪️ न्वागी खानु
▪️ दीक्षा मन्त्र ग्रहण गर्नु
▪️ राज्याभिषेक, विवाह, व्रतबन्ध जस्ता शुभ कार्यहरू
▪️ तिर्थ यात्रामा पहिलोपटक जानु
▪️ लामो दूरीको यात्रा पहिलोपटक सुरु गर्नु
✨ पहिलो पटक सुरु गरिने एकादशी ब्रत, स्वस्थानी ब्रत आदिसमेत शुक्र अस्तमा बर्जित मानिन्छ।
🌼 तर, पहिलेदेखि गर्दै आएको ग्रहशान्ति वा नियमित ब्रत–पूजा भने गर्न सकिनेछ।