Jan Sawal Media

Jan Sawal Media जनताको प्रश्न, जनताको आवाज निरन्तर अपडेटको लागि फलो गर्नुहोस् ।

23/06/2026

बाख्राको नाममा करोडौं भ्रष्टाचार गर्ने गगन थापाले रवि-बालेनलाई क्लास दिन आवश्यक छैन्ः खगेन्द्र सुनार

23/06/2026

उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि बसेको एमाले बैठकले गरेको निर्णय । पौडेललाई एउटा लुटेरा र अपराधी जस्तै अपमानजनक व्यवहार गर्दै पक्राउ गर्यो।

भरतपुर महानगरपालिका–१० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालिलाई खाद्य गुणस्तरसम्बन्धी गम्भीर लापरबाही गरेको ठहर गर्...
23/06/2026

भरतपुर महानगरपालिका–१० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालिलाई खाद्य गुणस्तरसम्बन्धी गम्भीर लापरबाही गरेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले तीन लाख रुपैयाँ जरिवाना गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार जारी गरेको सूचनाअनुसार उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले होटलको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी खाद्य सामग्री प्रयोग गरेको पाइएको उल्लेख गरिएको छ।

प्रशासनका अनुसार गरिएको परीक्षण तथा विश्लेषणबाट होटलले उपभोक्ता संरक्षण ऐन, २०७५ को विभिन्न व्यवस्थाहरू उल्लंघन गरेको पुष्टि भएको छ। त्यसपछि निरीक्षण अधिकृतको निर्णयअनुसार होटललाई ऐनबमोजिम ३ लाख रुपैयाँ जरिवाना गरिएको हो।

साथै, होटलमा बरामद गरिएका गुणस्तरहीन तथा प्रयोग अयोग्य खाद्य सामग्री नष्ट गर्ने निर्णयसमेत गरिएको प्रशासनले जनाएको छ।

पछिल्ला दिनमा चितवनमा आयोजना भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा होटल तथा रेस्टुरेन्टहरूको खाद्य गुणस्तरबारे निगरानी बढाइएको छ। यसैक्रममा गरिएको अनुगमनपछि लर्ड्स बिजनेस कम्प्लेक्स होटलमाथि कारबाही गरिएको प्रशासनको भनाइ छ।

प्रशासनले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा कुनै पनि प्रकारको लापरबाही नगर्न व्यवसायीहरूलाई चेतावनी दिएको छ।

23/06/2026

रास्वपा महाधिवेशनमा यस्तो पनि देखियो

23/06/2026

प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता बालेन साहको प्रस्तावकमा रबि लामिछाने निर्विरोध सभापति

Address

Baluwatar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Jan Sawal Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share