The News Affairs

The News Affairs “News that informs. Stories that inspire.”

29/08/2026

माथिल्लो त्रिशुली–३ ‘ए’ मा उद्धार कार्य जारी

प्रतिकूल मौसम र अँध्यारोबीच नेपाली सेनासहितको उद्धार टोलीले रातभर खोज तथा उद्धार कार्य जारी राखेको छ। उच्च क्षमताका फ्लडलाइट र भारी एक्स्क्याभेटर प्रयोग गरी पहिरो तथा माटो हटाउने काम भइरहेको छ। 🙏🇳🇵

29/08/2026

माथिल्लो त्रिशुली–३ ‘ए’ जलविद्युत आयोजनामा उद्धार कार्य जारी

अविरल वर्षाबीच उच्च क्षमताका फ्लडलाइट जडान गरी उद्धार तथा खोजी कार्य जारी राखिएको छ। घटनास्थलमा थुप्रिएको पहिरो र माटो हटाउन जेसीबीसहितका भारी एक्स्क्याभेटरहरू निरन्तर परिचालन गरिएको छ।

भिडियो: प्रधानमन्त्रीको सचिवालय

29/08/2026

संयुक्त अरब इमिरेट्स (UAE) बाट नेपाललाई ८० टन राहत सामग्री सहयोग। 🙏🇳🇵

प्राकृतिक विपद्का पीडितका लागि पठाइएको राहत सामग्री नेपाल आइपुगेको छ। थप सामग्री अर्को उडानमार्फत आउनेछ। 🤝

भारतबाट ११ टन सहयोग सामग्रीसहितको चौथो उडान अहिले उडिसकेको छ। भारतीय वायुसेनाको C-130 विमानले निम्न सामग्री बोकेको छ:➡️ ...
29/08/2026

भारतबाट ११ टन सहयोग सामग्रीसहितको चौथो उडान अहिले उडिसकेको छ। भारतीय वायुसेनाको C-130 विमानले निम्न सामग्री बोकेको छ:

➡️ खोज तथा उद्धार कार्यका लागि आवश्यक उपकरणसहित सुरुङ प्राविधिक टोली।

➡️ डीएनए विश्लेषणका लागि फोरेन्सिक उपकरणसहित फोरेन्सिक विशेषज्ञहरूको टोली।

➡️ कम्बल, स्लीपिङ ब्याग, तारपोलिन, प्लास्टिक सिट तथा हाइजिन किटलगायतका राहत सामग्री।

✅ साथै, २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिजका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक नेपाल आइपुगेका छन्।

✅ थप सातवटा बेली ब्रिज जडानका लागि आवश्यक उपकरण चाँडै उपलब्ध गराइनेछ। तिनको जडानका लागि प्राविधिक टोलीहरू पनि छिट्टै नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।

✅ हालसम्म अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर सेट, खाद्य प्याकेट, पानी शुद्धीकरण ट्याब्लेट तथा प्राविधिक उपकरणसहित कुल ६८.५ टन राहत सामग्री काठमाडौंमा हवाईमार्फत पुर्‍याइएको छ।

29/08/2026

भारतबाट नेपालतर्फ ११ टन राहत सामग्रीसहित चौथो उडान आइपुग्दैछ। यसमा सुरुङ उद्धार टोली, फरेन्सिक विशेषज्ञ तथा आवश्यक उद्धार उपकरण र राहत सामग्री छन्। हालसम्म ६८.५ टन राहत सामग्री नेपाल पठाइसकिएको छ। ❤️🙏

29/08/2026

आज त्रिशूली–३ ए सुरुङ छिचोलियो।

29/08/2026

३ दिन सुरुङमा फसेपछि सकुशल उद्धार हुँदा खुसीको सीमा रहेन। ❤️🙏

रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा उद्धार र राहत कार्य जारी रहेको जानकारी दिँदै प्रधानमन्त्री बालेन्द्...
29/08/2026

रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा उद्धार र राहत कार्य जारी रहेको जानकारी दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्म भएका प्रमुख कामहरू सार्वजनिक गर्नुभएको छ:
१. १८,७०८ सुरक्षाकर्मी र १६ वटा हेलिकप्टरमार्फत २३६ पटक उडान भरी ७,५१४ जनाको सकुशल उद्धार गरिएको छ।
२. धुन्चे र बट्टारका मोबाइल अस्पतालसहित ५ स्थानबाट विशेषज्ञ स्वास्थ्य सेवा तथा मनोपरामर्श प्रवाह भइरहेको छ भने 'रक्त सूचना पोर्टल' सञ्चालनमा ल्याइएको छ।
३. रसुवा र नुवाकोटमा १८ राहत शिविर स्थापना गरी विस्थापित करिब ३,५०० नागरिकलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ र १५ स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ।
४. प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोडभन्दा बढी रुपैयाँ संकलन भएको छ र हवाई तथा सडकमार्गमार्फत खाद्यान्न तथा राहत सामग्री वितरण तीव्र पारिएको छ।
५. भारत, चीन, अमेरिका, स्विट्जरल्याण्ड, एडीबी र विश्व बैंकबाट आर्थिक, भौतिक तथा प्राविधिक सहायता परिचालन गरिएको छ।
६. अवरुद्ध अधिकांश बिटिएस टावर सञ्चालनमा ल्याइएको छ।
७. काठमाडौं–धुन्चे वैकल्पिक सडक र पृथ्वी राजमार्ग खुलाएर प्रभावित क्षेत्रलाई पुनः राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।
८. फेला परेका ६७५ श'वलाई 'एयर टाइट ब्याग' र डीएनए सुरक्षित राख्दै सरकारी निर्देशिकाबमोजिम व्यवस्थापनको काम भइरहेको छ।

गृहमन्त्री सुधन गुरुङले भने, “हामी सुरुङको माथिल्लो भाग (crown) सम्म पुग्न सफल भएका छौँ। हामीले उक्त सानो प्वालबाट हावा ...
29/08/2026

गृहमन्त्री सुधन गुरुङले भने, “हामी सुरुङको माथिल्लो भाग (crown) सम्म पुग्न सफल भएका छौँ। हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ।”

प्रधानमन्त्री राहत कोषमा आजसम्म ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ + १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ। ❤...
29/08/2026

प्रधानमन्त्री राहत कोषमा आजसम्म ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ + १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ। ❤️🙏

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when The News Affairs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share