Gen Y Movement Nepal

Gen Y Movement Nepal Unstoppable youth voice for social and political transformation in Nepal. ✊

05/07/2026

हामी जेन वाइ (Gen Y) को तर्फबाट प्रधानमन्त्री बालेन शाहलाई १०० दिनको उपलक्ष्यमा एउटा 'दम्दार' खुल्ला पोस्ट:
​🇳🇵 प्रधानमन्त्री बालेनज्यू, १०० दिनको 'डिजिटल क्रान्ति' र भर्चुअल सुशासन देखेर हामी गदगद छौँ! 🇳🇵
​हामी त्यो पुस्ता (Millennials/Gen Y) हौँ, जसले माओवादी जनयुद्धको बारुद सुघ्यौँ, दरबार हत्याकाण्डको सन्नाटा भोग्यौँ, ०६२/६३ को आन्दोलनमा टायर बाल्यौँ, महाभूकम्पमा भग्नावशेष पन्छाउदै नाकाबन्दीमा साइकल चढ्यौँ। नोकिया ३३१० देखि आजको आर्टिफिसियल इन्टेलिजेन्स (AI) सम्मको यात्रा देख्ने हामीले नै हिजो सडकमा 'जेन जी (Gen Z)' सँग काँधमा काँध मिलाएर तपाईंहरूलाई सत्ताको साँचो सुम्पेका थियौँ।
​चुनावअघि तपाईंको गर्जन थियो— "हामीलाई जम्मा १०० दिन सरकार चलाउन दिनुस्, रातारात थिति कसरी बसाल्ने हो, हामी देखाइदिन्छौँ!"
​लौ हेर्नुहोस्, तपाईंको सरकारको १०० दिन पुग्दा हामी मिलेनियल्सले देखेका 'ऐतिहासिक उपलब्धिहरू'। चस्मा पुछेर पढ्नुहोला: 👇
​१) डिजिटल सिङ्गापुर: सडकका खाल्डा र धुलो जस्ताको तस्तै भए पनि, फेसबुकका रिल्स र टिकटकका भिडियोहरूमा नेपाल सिङ्गापुर भइसकेको छ। भर्चुअल रियालिटीमै भए पनि यत्रो विकास देख्न पाउनु हाम्रो अहोभाग्य हो! 📱🇸🇬
​२) नयाँ मेरिटोक्रेसी: अदालत, विश्वविद्यालय र सरकारी संस्थानहरूमा पुराना पार्टीको झोला बोक्ने परम्परा त तोडियो, तर अब 'नयाँ पार्टीको बिल्ला र चस्मा' लगाएपछि मात्रै मेरिट पुग्ने गज्जबको थिति संस्थागत भएको छ। वा रे सुशासन! 👏
​३) भ्रष्टाचार निर्मूलको नयाँ दर्शन: गाउँघरका साना विकास योजनाहरू नै काटेर बजेट फ्रिज गराएपछि, 'विकासै नगरेपछि भ्रष्टाचारै हुँदैन' भन्ने जुन नयाँ आर्थिक सिद्धान्त तपाईंहरूले प्रतिपादन गर्नुभयो, त्यसले त अर्थशास्त्रका नोबेल विजेताहरू पनि चकित छन्। 🏆
​४) युवाहरूलाई 'आराम' को अवसर: सय दिनमै दर्जनौँ उद्योग बन्द गराएर हजारौँ युवाहरूलाई कि त खाडी उड्ने, कि स्वदेशमै मज्जाले 'आराम गर्ने' (बेरोजगार बन्ने) गोल्डेन अवसर प्रदान गर्नुभएकोमा हृदयदेखि नै आभार! ✈️🛌
​५) परम्पराको संरक्षण: सिंहदरबार र बालुवाटारका आसेपासेहरूले नम्बर प्लेट फेरेर सरकारी गाडी हुइँक्याउने पुरानै संस्कृतिलाई नयाँ पुस्ताले पनि भव्यताका साथ 'कन्टिन्युटी' दिएर संस्कार जोगाएकोमा सलाम छ। 🚙
​६) सहकारीको 'सफल' समाधान: जिबि राई जस्ता कुख्यात ठगहरूलाई उन्मुक्ति दिएर (वा छुन नसकेर) सहकारी पीडितहरूको समस्या सधैँका लागि 'समाधान' भएको घोषणा गर्न मात्रै बाँकी छ। 🏃‍♂️💨
​७) कडा भन्दा कडा कारबाही: निर्मला पन्तका हत्यारादेखि ठूला भ्रष्टाचारीसम्मलाई 'फेसबुकको स्टाटस' र भाषणमै कडा भन्दा कडा कारबाही गरेर न्यायको नयाँ नमुना पेस गरिएको छ। 😡
​अन्त्यमा प्रधानमन्त्रीज्यू,
हामीले पात्र मात्रै फेर्न खोजेका थिएनौँ, प्रवृत्ति फेर्न खोजेका थियौँ। हिजो व्यवस्था परिवर्तनको लडाइँमा रगत पसिना बगाएको हाम्रो पुस्ता आज तपाईंहरूको यो '१०० दिने चमत्कार' देखेर सन्तुष्टले रुँदैछ! 😭
​यत्रो ऐतिहासिक विकास हुँदा पनि "केही भएको छैन" भन्ने हाम्रा आँखै खराब हुन् कि ? कि तपाईंले लगाउने जस्तै चस्मा हामीले पनि किन्नु पर्ने हो, जसले सबैतिर 'नयाँ नेपाल' मात्रै देखाउँछ? 🕶️🤔
​प्रेषक:
हन्डर खाएर हुर्किएको, तर आश नमारेको पुस्ता — जेन वाइ (Gen Y)

08/03/2026

नपत्याएर भो ? ?

रास्वपाले घोषणा पत्रमै लेखेर बनाउने भनेको भुटानी मोडलको बफर स्टेट जनताले स्विकार गरे । सहकारीको रकम तीन महिनामा सबै फिर्ता भन्नेकुरामा पनि आशा गरे । चितवनको बिकास मन परेन भने , त्यसलाइ पनि सदर गरे ।मधेषका जनतालाई अधिकार लीन काठमाण्डौं जान पर्दैन यहि दिन्छु भने , त्यो पनि सदर गरे । सामाजीक सञ्जालमा मनलाग्दी फा ...फु भनेर ननभेज गाली गर्नुपर्छ भन्ने पनि जनताले मज्जाले स्विकार गरे । जेलबाट भागेका कैदि होइनन प्रतिसोध साधेर अपराधि बनाइएका हुन भन्ने कुरालाइ त झन मज्जाले सदर गरे।स्टन्ट गर्न नजाने ढांटन नजाने सञ्जालमा फ्लोअर नभए, टिकटक लाईभ नबसे , नेता होईन्न भन्ने मानक पनि जनताले स्विकार गरे । २,३ वटा बिहे गरेपनि हुन्छ जो जो सँग जसरी बसेपनि हुन्छ भन्ने पनि जनताले स्विकार गरे । अमेरीकन युथ काउन्सिलको सदस्य नभए नेता होईन्न भन्ने पनि जनताले स्विकार गरे । पन्ध्रौं दलाई लामा नेपालबाटै दिनुपर्छ र लामाको राजनितीक डक्ट्रिन नेपालले स्विकार्छ भन्ने रास्वपाको लाईन पनि जनताले स्विकार गरे ।निजीकरणको बढावा र पुँजिमा उदारीकरणको निती पनि जनताले स्विकार गरे । शिक्षा स्वास्थ्यमा पुर्ण सुबिधा भन्ने पनि स्विकार गरे ।गणतन्त्र , धर्मनिरपेक्षता , संघियता र यो परिबर्तनलाई पनि जनताले स्विकार गरे । संबिधान संशोधन र प्रत्यक्ष कार्यकारी बनाउने र निर्बाचन प्रणालीमा सुधार गर्ने पनि जनताले स्विकार गरे । ठग , दलाली , कालाबजारी तस्करी , घुसखोरी नियन्त्रण गर्ने कुरालाई पनि जनताले पत्याए । कृषि सुधारलाई पनि जनताले मज्जाले पत्याए ,हेरौं काम कति हुन्छ ! जेनजी आन्दोलनको अपनत्व लिंदै दोषी उपर कारबाही र डढेको देश बनाउने कुरा पनि जनताले पत्याए र अर्थतन्त्र सुधार गर्छ भन्ने पनि पत्याए । १२ पास भएर बिदेश जान पर्दैन र गएकालाइ फिर्ता ल्याइन्छ भन्ने कुरा झन मज्जाले पत्याए र अर्को कुरा बिदेशमा रहेकालाइ अनलाइन मतदान गर्ने ब्यब्स्था गर्ने बिषय पनि पत्याए। जेन जि को नाममा गरिएको आतङ्क लाइ मज्जाले सदर गरे। भाटभटेनि चोर्न र लुट्न गएका अपराधि होइनन सहिद हुन भन्नेकुरा पनि सदर गरे । स्वतन्त्र तिब्बतको मुद्दा लाइ खुशि खुशि सदर गरे । उम्मेद्वार नहेर्नुस घण्टि मात्र हेर्नुस भनियो अन्तिममा त्यसलाइ झन मज्जाले सदर गरे। अब युवा प्रम भएपछि कायापलटनै हुन्छ भन्ने पनि पत्याए ...जनताले यसरी पत्यायसी हामिले नपत्यायर भो ? ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gen Y Movement Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share