Sajha News

Sajha News online news

पुष ७,२०८२ सोमबार काठमाडौं -एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत सडक मर्मतसम्भा...
22/12/2025

पुष ७,२०८२ सोमबार

काठमाडौं -एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत सडक मर्मतसम्भारका लागि कुल २३.६६ मिलियन अमेरिकी डलर बराबरका दुई महत्वपूर्ण सम्झौता हालै सम्पन्न भएको घोषणा गरेको छ।

यो नयाँ सम्झौताले नेपालको सडक पूर्वाधारलाई बलियो बनाउनेछ र दीर्घकालीन आर्थिक वृद्धिलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

यी सम्झौतामध्ये लुम्बिनी प्रदेशको दाङ जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गको धनखोला–लमही खण्डमा फुल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोग गरी सडक पुनःस्थापनाका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग २० मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ।

साथै, उक्त कार्यको सुपरिवेक्षण तथा नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट्स एण्ड टेक्नोक्र्याट्स प्रा.लि. (आईसीटी) सँग ३.६६ मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ।

आज सम्पन्न सम्झौता हस्ताक्षर समारोहमा नेपाल सरकारका वरिष्ठ अधिकारीहरू, राजदूत थम्पसन, एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बिष्ट, एमसीसीका उप–देश निर्देशक सञ्जय पौड्याल, तथा एमसीए–नेपाल बोर्डका सदस्यहरूको उपस्थिति रहेको थियो।

राजदूत थम्पसनले यस उपलब्धिमा संलग्न सबैलाई बधाई दिँदै यो परियोजना एउटा मात्र लगानी नभई अझ धेरै अर्थ राख्ने रहेको उल्लेख गर्नुभयो। उहाँले यसले अमेरिका–नेपाल साझेदारीको मजबुती, एमसीसी नेपाल कम्प्याक्टको निरन्तर प्रगति, र नेपाली जनता तथा नेपालमा रहेका अमेरिकी व्यवसायका लागि समयमै देखिने र व्यवहारिक परिणामहरू सुनिश्चित गर्ने साझा प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताउनुभयो।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौंको  दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशन बाट अध्यक्षमा विष्णु गिरी निर...
21/12/2025

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौंको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशन बाट अध्यक्षमा विष्णु गिरी निर्वाचित।

पुष ६,२०८२, आइतबार

काठमाडौं, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काठमाडौंको नेतृत्व अब पुस्तकमैत्री अभियानका अगुवा विष्णुलाल गिरीको हातमा पुगेको छ। कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी तुल्सीप्रसाद अवस्थीलाई स्पष्ट मतान्तरले पराजित गरे।

लामो समयदेखि महासंघभित्र नीति, नियमन र अनुगमनको मोर्चामा सक्रिय गिरी व्यवसायीहरूबीच ‘एक्शन ओरिएन्टेड लिडर’ का रूपमा परिचित छन्। व्यवसायिक हक–हितको संरक्षण मात्र होइन, अव्यवस्थित बजार सुधार र कानुनी शासनको कार्यान्वयनमा समेत निर्णायक भूमिका खेल्दै आएका गिरीले अध्यक्ष पदका लागि नतिजामूलक कार्ययोजना प्रस्तुत गरेका थिए।

२०७० सालमा साधारण सदस्यबाट महासंघ यात्रा सुरु गरेका गिरी २०७५ मा कार्यसमिति सदस्य, २०७७ मा सचिव हुँदै २०८० मा लोकप्रिय मतसहित प्रथम उपाध्यक्षमा निर्वाचित भएका थिए।

प्रथम उपाध्यक्ष रहँदा उनी महासंघ काठमाडौंको अनुगमन समिति संयोजकका रूपमा सक्रिय रहे।
उनकै नेतृत्वमा काठमाडौंका विद्यालय हाताभित्र हुने अवैध पुस्तक तथा शैक्षिक सामग्री बिक्रीविरुद्ध सशक्त अभियान सञ्चालन गरियो। सर्वोच्च अदालतको विद्यालय हाताभित्र शैक्षिक सामग्री बिक्री–वितरणमा रोकसम्बन्धी फैसलालाई आधार मानेर काठमाडौंका सबै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने पहल समेत गिरीकै संयोजनमा सम्भव भएको थियो। यस अभियानलाई पुस्तक व्यवसायीहरूको अधिकार र बजार मर्यादाको संरक्षणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

नवनिर्वाचित अध्यक्ष गिरीले आगामी कार्यकालमा व्यवसायीमैत्री नीति निर्माण, डिजिटल युगअनुकूल पुस्तक बजारको रूपान्तरण, अवैध कारोबार नियन्त्रण र व्यवसायीहरूको एकीकृत आवाजलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। महासंघ काठमाडौंमा उनको नेतृत्वले पुस्तक तथा स्टेशनरी व्यवसायलाई थप व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

21/12/2025

पुष ६,२०८२ आइतबार

आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ ।

काठमाडौँ— संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज नेपालसहित विश्वभर ‘विश्व ध्यान दिवस’ मनाइँदै छ। मानसिक स्वास्थ्य चुनौती, तनाव र जीवनशैलीजन्य रोग बढिरहेको वर्तमान अवस्थामा ध्यानलाई दिगो स्वास्थ्यको प्रभावकारी उपायका रूपमा स्थापित गर्ने उद्देश्यसहित यो दिवस मनाउन थालिएको हो।

संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा मनाउने निर्णय गर्दै योग र ध्यानलाई औपचारिक रूपमा स्वास्थ्य प्रवर्द्धनका पूरक विधि मानेको छ। नेपालसहित १८ देशको पहलमा पारित प्रस्तावले ध्यानलाई केवल आध्यात्मिक अभ्यास नभई वैज्ञानिक र सामाजिक स्वास्थ्यको माध्यमका रूपमा विश्वस्तरमा स्थापित गरेको छ।

नेपालमा ध्यानको परम्परा प्राचीन भए पनि पछिल्लो समय यसले नयाँ पहिचान पाउँदै गएको छ। बुद्ध जन्मभूमि नेपाललाई ‘शान्ति र ध्यानको विश्व केन्द्र’का रूपमा विकास गर्न सकिने सम्भावनातर्फ विज्ञहरूले ध्यानाकर्षण गराएका छन्। उनीहरूका अनुसार ध्यान पर्यटन, स्वास्थ्य पर्यटन र वैकल्पिक उपचारमार्फत अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन सक्ने ठूलो सम्भावना नेपालसँग छ।

दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ। साथै, दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा सामूहिक ध्यान तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ। देशका विभिन्न स्थानमा संघसंस्था तथा ध्यान केन्द्रहरूले पनि ध्यान, योग र मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गरेका छन्।

विशेषज्ञहरूका अनुसार ध्यान अभ्यासले मानसिक सन्तुलन, एकाग्रता र कार्यक्षमता वृद्धि गर्नुका साथै समाजमा बढ्दो तनाव, हिंसा र निराशा घटाउन सहयोग पुर्‍याउँछ। यही सन्देशलाई संस्थागत गर्न विश्व ध्यान दिवसलाई नीति, शिक्षा र जनस्वास्थ्यसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

‘ट्रफी सेलिब्रेसन टुर’  लुम्बिनी लायन्सको पुष ५ देखिपुष ३,२०८२काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको व...
18/12/2025

‘ट्रफी सेलिब्रेसन टुर’ लुम्बिनी लायन्सको पुष ५ देखि

पुष ३,२०८२

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही ५ पुसदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ।

लुम्बिनी लायन्सले आज (बिहीबार) सार्वजनिक गरेको तालिकाअनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर १५ पुसमा रुपन्देही पुगेर पूरा हुनेछ।

तालिकाअनुसार ५ पुसमा नेपालगन्जको बागेश्वरी मन्दिरदेखि बर्दियाको गुलरियासम्म र भन्सागढीदेखि कोहलपुरसम्म ट्रफी प्रदर्शन गरिनेछ। ६ पुसमा दाङको तुलसीपुर-घोराहीमा टुर आयोजना हुनेछ।

७ पुसमा रुकुमको रुकुमकोट-खलंगासम्म, ८ पुसमा रोल्पाको लिवाङ-सुलिचौरसम्म, ९ पुसमा प्युठानको भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्म, १० पुसमा बिजुवार बरुङ्लादेखि चकचके दरभाङ र भालुवाङसम्म टुर रहनेछ।

साथै ११ पुसमा कपिलवस्तुको चन्द्रौटा-कृष्णनगर-तौलिहवा-गोरुसिंगेसम्म, १२ पुसमा अर्घाखाँचीको सुपादेउरालीदेखि सन्धिखर्कसम्म, १३ पुसमा गुल्मीको तम्घासमा, १४ पुसमा पाल्पाको तानसेन बजार, १५ पुसमा नवलपरासीको बर्दघाट-सुनवलसम्म र १५ पुसमै रुपन्देहीको भैरहवादेखि लुम्बिनीसम्म टुर आयोजना गरिनेछ।

लुम्बिनी लायन्सका अनुसार १६ पुसमा बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म टुर आयोजना हुनेछ भने मेगा कन्सर्ट पनि आयोजना हुनेछ।

एनपीएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदू्रपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको थियो।

एमालेको निर्वाचित १९ सदस्यीय पदाधिकारी नामावलिपुष ३,२०८२ बिहिबार काठमाडौं– नेकपा एमालेको निर्वाचनको अन्तिम मत परिणाम सार...
18/12/2025

एमालेको निर्वाचित १९ सदस्यीय पदाधिकारी नामावलि

पुष ३,२०८२ बिहिबार

काठमाडौं– नेकपा एमालेको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार अधिकांश ओली प्यानलका उम्मेदवार नै विजयी भएका छन् ।

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभएको हो ।

यस्तो छ एमालेको १९ सदस्यीय पदाधिकारी

अध्यक्षमा केपी शर्मा ओली,उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्ट विजयी भएका छन् भने महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन्।

ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट तथा उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।

उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई विजयी भए ।

सचिवमा भने छविलाल विश्वकर्मा,भानुभक्त ढकाल,पद्मा अर्याल, खगराज अधिकारी,यामलाल कँडेल,राजन भट्टराई,शेरधन राई,हिक्मत कार्की,महेश बस्नेत निर्वाचित भएका हुन्।

सोल्टी होटल लिमिटेडको ५१औँ वार्षिक साधारण सभा  सम्पन्न।पुष १,२०८२ मंगलबार।काठमाडौं — सोल्टी होटल लिमिटेडको ५१औँ वार्षिक ...
16/12/2025

सोल्टी होटल लिमिटेडको ५१औँ वार्षिक साधारण सभा सम्पन्न।

पुष १,२०८२ मंगलबार।

काठमाडौं — सोल्टी होटल लिमिटेडको ५१औँ वार्षिक साधारण सभा आइतबार आर्मि अफिसर क्लब भद्रकाली काठमाडौंमा सफलतापुर्वक सम्पन्न भएको छ।

सभाले कम्पनीको नेतृत्व संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै दिनेशबहादुर विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ।

छ दशकभन्दा बढी समयदेखि नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको पाँचतारे डिलक्स सोल्टी होटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा एकीकृत आर्थिक विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।

सभाले सोही वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १६.५७ प्रतिशत नगद लाभांश र १५५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ, जसले शेयरधनी प्रतिफलप्रतिको कम्पनीको प्रतिबद्धता झल्काउँछ।

त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि जे.बी. राजभण्डारी एण्ड डिविन्स, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौंलाई वैधानिक लेखापरीक्षक नियुक्त गर्दै पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।

नयाँ सञ्चालक समिति

सभाबाट ९ सदस्यीय सञ्चालक समिति गठन भएको छ। संस्थागत शेयरधनीतर्फ पाँच, सर्वसाधारणतर्फ तीन तथा एक जना स्वतन्त्र सञ्चालक चयन भएका छन्।

संस्थागततर्फ सोल्टी इन्टरप्राइजेज प्रा.लि.को प्रतिनिधित्व गर्दै दिनेशबहादुर विष्ट, रवि भक्त श्रेष्ठ, राजेश काजी श्रेष्ठ र जया राज्यलक्ष्मी शाह तथा नेपाल वायुसेवा निगमका प्रतिनिधि अमृतमान श्रेष्ठ सञ्चालकमा नियुक्त भएका छन्।

सर्वसाधारण शेयरधनीको तर्फबाट प्रकाश विक्रम खत्री, शशीराज पाण्डे र निरञ्जन कुमार टिवरेवाला निर्वाचित भएका छन् भने डा. माधव गिरी स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन्।

नयाँ नेतृत्व र लाभांश घोषणासँगै सोल्टी होटलले दीर्घकालीन व्यवसायिक स्थायित्व र पर्यटन प्रवर्द्धनमा अझ सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट १७ गुणा बढी माग, २,३११ जनाले मात्र पाए शेयर।पुष १,२०८२, मंगलबार काठमाडौं । रिलाय...
16/12/2025

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट १७ गुणा बढी माग, २,३११ जनाले मात्र पाए शेयर।

पुष १,२०८२, मंगलबार

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ मंगलबार गोलाप्रथाबाट बाँडफाँट गरेको छ। १ लाख १५ हजार ५९६ कित्ताका लागि ३५ हजारभन्दा बढी आवेदन परेपछि आईपीओ १७ गुणा बढी मागमा परेको हो।

न्यूनतम ५० कित्ताको व्यवस्था अनुसार बाँडफाँट हुँदा जम्मा २,३११ आवेदकले मात्र शेयर हात पारेका छन्, बाँकी आवेदक खाली हात परेका छन्। प्रतिशेयर ८२०.८० रुपैयाँमा निष्कासन गरिएको यस आईपीओप्रति वैदेशिक नेपालीको उच्च आकर्षण देखिएको छ, जसले नेपाली पूँजीबजारप्रतिको विश्वास थप बलियो बनाएको छ।

कुल आवेदन: ३५,१०२

माग: १९.४४ लाख कित्ता

बाँडफाँट: गोलाप्रथा

सफल आवेदक: २,३११ जना

कृषि विकास बैंकको १९औं वार्षिक साधरणसभा  सम्पन्न ।मंसिर २९,२०८२काठमाडौं- कृषि विकास बैंकको १९औं वार्षिक साधरणसभा   बैंकक...
16/12/2025

कृषि विकास बैंकको १९औं वार्षिक साधरणसभा सम्पन्न ।

मंसिर २९,२०८२

काठमाडौं- कृषि विकास बैंकको १९औं वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा अध्यक्ष डिम प्रसाद पौडेलको अध्यक्षतामा सफलतापुर्वक सम्पन्न भयो।

यस साधरणसभामा सेयरधनीहरुलाई चुक्ता पूंजीको ३.२५ प्रतिशत बोनस सेयर र नगद लाभांश स्वरुप ९.७५ प्रतिशत (कर सहित) उपलव्ध गराउने प्रस्ताव समेत साधरणसभाबाट पारित भैसकेकाेले सोही अनुसार सेयरधनीहरुलाई लाभांश बितरण गर्ने बैंकले जनाएको छ ।

देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा स्थापना भएका शाखाहरु, मुख्य कार्यालय समेत गरी २८५ वटा कार्यालय मार्फत आधुनिक बैकिङ सेवा पु-याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको छ ।

साधरणसभामा बक्ताको रुपमा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधी मुक्तीरमण पराजुली लगायत ९ जनाले आफनो भनाई राखेका थिए भने केहि सेयरधनीहरुले लिखित मन्तव्य समेत दिएका थिए ।

सेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरणसभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु क्रमश सेवन्तक पोखरेल, डा.हरी बहादुर के.सी., गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई , रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिती रहेको थियो भने साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।

स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले  ३९औँ वार्षिक साधारण सभा  सम्पन्न।मंसिर २९,२०८२ सोमबार काठमाडौं–  स्टान्डर्ड चा...
16/12/2025

स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ३९औँ वार्षिक साधारण सभा सम्पन्न।

मंसिर २९,२०८२ सोमबार

काठमाडौं– स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ३९औँ वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा अध्यक्ष वेणुगोपाल रंगनाथनको अध्यक्षतामा सफलतापुर्वक सम्पन्न भएको छ।

सभामा प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्ष २०८१/८२ (२०२४/२५) मा बैंकले चुनौतीपूर्ण आर्थिक परिवेशबीच पनि सन्तुलित र प्रभावकारी वित्तीय प्रदर्शन गरेको छ। बैंकले ४ अर्ब ७० करोड रुपैयाँ सञ्चालन मुनाफा र ३ अर्ब रुपैयाँ करपछिको खुद नाफा आर्जन गरेको छ। इक्विटी प्रतिफल (आरओई) १४.३ प्रतिशत र शेयरप्रति आम्दानी (ईपीएस) ३० रुपैयाँ कायम रहनुले बैंकको पूँजी व्यवस्थापन र जोखिम नियन्त्रण क्षमतालाई देखाएको छ।

सभाले भुक्तानी पूँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै बैंकले लगातार तेस्रो वर्ष स्थिर नगद लाभांश दिने अभ्यासलाई निरन्तरता दिएको छ। बजारमा ब्याजदरको उतारचढाव र वित्तीय क्षेत्रको दबाबका बीच पनि लाभांश निरन्तरताले बैंकप्रति लगानीकर्ताको विश्वास अझ बलियो बनाएको विश्लेषण गरिएको छ।

बैंकको शेयर संरचनामा स्टान्डर्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत स्वामित्व रहेको छ। बैंकले आगामी दिनमा हरित परियोजना, साना तथा मझौला व्यवसाय (SMEs) वित्तीय पहुँच विस्तार र डिजिटल भुक्तानी प्रणाली सुदृढीकरणमार्फत नेपालको आर्थिक वृद्धिमा थप योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

अध्यक्ष रंगनाथनले बैंकको दीर्घकालीन दृष्टिकोणबारे प्रकाश पार्दै डिजिटल बैंकिङ, कर्पोरेट तथा व्यापारिक कर्जा विस्तार, दिगो वित्त (Sustainable Finance) र ग्राहक केन्द्रित सेवामा थप लगानी गरिने बताए। उनले नेपालमा एक मात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा स्टान्डर्ड चार्टर्डले विश्वस्तरीय सुशासन, पारदर्शिता र जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे।

वित्तीय क्षेत्रका जानकारहरूका अनुसार स्टान्डर्ड चार्टर्ड बैंकको स्थिर नाफा, निरन्तर लाभांश र अन्तर्राष्ट्रिय अभ्यासले नेपाली बैंकिङ क्षेत्रमै सकारात्मक सन्देश प्रवाह गरेको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sajha News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share