12/03/2026
इनिसा हत्या प्रकरणमा प्रेमी भनिएका किशोरले बयानमा भने– “साथीहरूलाई सहयोगका लागि मात्र बोलाएको हुँ, सामूहिक बला त्कार भएको होइन।”
इनिसा हत्या प्रकरणमा प्रेमी भनिएका किशोरको बयान:
“फागुन २३ गते शनिबार बिहान करिब ७ बजे इनिसा र म सल्लाह गरेरै वीरेन्द्रनगरस्थित सहिद पार्क नजिकको जंगलमा गयौँ। मैले इनिसाका लागि काँटा, चुरा लगायतका विभिन्न उपहार ल्याएको थिएँ। हामी दुई वर्षदेखि शारी रिक सम्बन्धमा थियौँ।
त्यो दिन पनि लामो समय गफगाफ गरेपछि दुवैको सहमतिमा शारी रिक सम्पर्क राख्यौँ। सम्पर्कपछि इनिसाको यौ नाङ्गबाट अत्यधिक रग त बग्न थाल्यो र केही समयपछि उनी बोल्न छोडिन्। त्यसपछि म निकै आत्तिएँ। मैले उनलाई उठाउने, यताउता सार्ने र हातखुट्टा चलाउने प्रयास गरेँ।
बिहान ८ बजेर २५ मिनेटमा मैले आफ्ना मिल्ने साथीहरूलाई फोन गरेर समस्या सुनाएँ, तर उनीहरूले सुरुमा आउन इन्कार गरे। पटक–पटक फोन गरेपछि तीन जना साथी घट नास्थलमा आए। इनिसा बोल्न नसकेपछि साथीहरू जंगल नजिकको गाउँमा स्थानीयलाई खबर गर्न गए।
गाउँलेहरू आएपछि करिब ९:४५ बजे प्रहरीलाई खबर गरिएको थियो। प्रहरी आएर अस्पताल पुर्याउँदा बिहान १० बजिसकेको थियो।” प्रहरीलाई दिएको बयानमा १६ वर्षीय ती किशोरले साथीहरुको सहयोग मात्र मागेको सामूहिक बला त्कार नभएको बताएका छन् ।
२३ गते इनिसा र उनीसँगै पढ्ने सुर्खेत घर भएका १६ वर्षीय किशोर वीरेन्द्रनगरमा रहेको जनजागरण सामुदायिक वनमा हात समाएर हिँडिरहेको सीसीटीभी फुटेजमा देखिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले घ टनामा संलग्न रहेका प्रेमी भनिएका १६ वर्षीय एक किशोरसहति चारजनालाई प क्राउ गरी जब र्जस्ती क रणी र कर्तव्य ज्यानसम्बन्धी मु द्दा दर्ता गरी थप अनुस न्धान सुरु भएको बताए । ‘हामी घट नास्थल पुग्दा इनिसाको शरीरमा कपडा थिएन,' उनले भने, ‘इनिसाको शरीर रगतले भिजेको थियो, उनी अचेत अवस्था थिइन् । समयमै अस्पताल पुर्याउन नसक्दा ज्यान गएको हो । हामीलाई खबर पनि ढिला भयो ।’
- कान्तिपुरबाट