मुगु Update

मुगु Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मुगु Update, Digital creator, Kathmandu.

“गम्भीर लापरबाही वा नियतपूर्ण अन्याय?श्री महाकाली माध्यमिक विद्यालयबाट २०७९/८० सालमा १२ कक्षा परीक्षा उत्तीर्ण गरेका विद...
30/03/2026

“गम्भीर लापरबाही वा नियतपूर्ण अन्याय?
श्री महाकाली माध्यमिक विद्यालयबाट २०७९/८० सालमा १२ कक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई शिक्षकहरुको लापरबाही ले गर्दा आयोगले यो ब्याजलाइ ‘मान्यता नदिने’ निर्णय गरिएको आरोप बाहिर आएको छ।
अझ अचम्मको कुरा — सम्बन्धित विद्यार्थीहरूले लाइसेन्स प्रक्रियामा नाम निकालिसकेपछि पनि ‘लाइसेन्स दिन नमिल्ने’ भनिएको छ।
यो घटनाले शिक्षा प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ:
👉 परीक्षा पास गराइयो कसरी?
👉 त्यसबेला मान्यता थियो कि थिएन?
👉 अहिले आएर किन अस्वीकार?
👉 यसको जिम्मेवारी कसले लिने?
हामी यो विषयमा बुझ्न विद्यालय जाँदा स्पष्ट जवाफ दिनुको सट्टा शिक्षकबाट दुर्व्यवहार गरिएको छ।
यो केवल प्रशासनिक कमजोरी होइन — विद्यार्थी अधिकारमाथिको सीधा उल्लङ्घन हो।
शिक्षा संस्थाले भविष्य निर्माण गर्ने हो, नष्ट गर्ने होइन।
तर यहाँ, एउटै निर्णयले सयौं विद्यार्थीको भविष्य अन्योलमा परेको देखिन्छ।
सरोकारवाला निकायहरूसँग माग:
घटनाको तत्काल निष्पक्ष छानबिन गरियोस्
२०७९/८० का उत्तीर्ण विद्यार्थीहरूको शैक्षिक हैसियत स्पष्ट गरियोस्
लाइसेन्सबाट वञ्चित गरिएका विद्यार्थीलाई न्याय दिइयोस्
दुर्व्यवहारमा संलग्नमाथि कारबाही गरियोस्
यो केवल एउटा विद्यालयको मुद्दा होइन —
यो विद्यार्थी अधिकार, शिक्षा प्रणालीको विश्वसनीयता र राज्यको जिम्मेवारीको प्रश्न हो।

प्रस्तुत भिडियोमा देखिएको दृश्य यसै घटनासँग सम्बन्धित रहेको छ।

📰 गमगढीका २०० विद्यार्थीको भविष्य संकटमा: पाठ्यक्रम त्रुटिले बढायो अन्योलमुगु, गमगढी — मुगु जिल्लाको सदरमुकाम गमगढीस्थित...
30/03/2026

📰 गमगढीका २०० विद्यार्थीको भविष्य संकटमा: पाठ्यक्रम त्रुटिले बढायो अन्योल
मुगु, गमगढी — मुगु जिल्लाको सदरमुकाम गमगढीस्थित श्री महाकाली माध्यमिक विद्यालय बाट २०८० सालमा कक्षा १२ उत्तीर्ण गरेका करिब २०० विद्यार्थीहरू अहिले गम्भीर अन्यायको विरुद्ध आवाज उठाइरहेका छन्।
उनीहरूको भविष्य नै अन्योलमा पर्ने गरी भएको प्रशासनिक तथा प्राविधिक त्रुटिका कारण विद्यार्थीहरू मानसिक तनावमा परेको बताइएको छ।
📌 के हो समस्या?
१. 📚 पाठ्यक्रममा रहस्यमय परिवर्तन
विद्यार्थीहरूका अनुसार २०७९ सम्म लागू रहेको पाठ्यक्रम २०८० मा अचानक परिवर्तन गरियो। तर, आश्चर्यजनक रूपमा २०८२ मा पुनः पुरानै पाठ्यक्रम लागू गरिएको छ।
यसले एक वर्षका विद्यार्थीहरू मात्र अन्यायमा परेको गुनासो गरेका छन्।
२. ❗ सूचनाको अभाव
पाठ्यक्रम परिवर्तनबारे न विद्यार्थीलाई जानकारी दिइयो, न त विषय शिक्षक वा विद्यालय व्यवस्थापनबाट स्पष्ट सूचना प्रवाह गरियो।
यसले विद्यार्थीहरूलाई अन्धकारमा राखिएको आरोप लगाइएको छ।
३. 🧾 लाइसेन्स प्रक्रियामा अस्वीकृति
विद्यार्थीहरूले शिक्षक सेवा आयोग (TSC) मा अध्यापन अनुमति पत्र (लाइसेन्स) लिन जाँदा उनीहरूको प्रमाणपत्र मान्य नहुने जानकारी पाए।
यसले उनीहरूलाई या त पुनः कक्षा ११–१२ को परीक्षा दिनुपर्ने, वा स्नातक (Bachelor) पूरा गरेपछि मात्र योग्य हुने अवस्था सिर्जना गरेको छ।
❓ उठेका प्रश्नहरू
किन यो नियम नेपालका अन्य विद्यालयमा लागू भएन?
किन केवल गमगढीका विद्यार्थीहरू मात्रै प्रभावित भए?
के दुर्गम क्षेत्रका विद्यार्थी भएकै कारण उनीहरूको मेहनतको कुनै मूल्य छैन?

एक विद्यालय वा प्रणालीगत कमजोरीका कारण २०० भन्दा बढी विद्यार्थीको भविष्य संकटमा पर्नु गम्भीर विषय हो। सम्बन्धित निकायले तत्काल ध्यान नदिए यसले शिक्षा प्रणालीप्रति विश्वासमा ठुलो असर पार्न सक्ने देखिन्छ।

28/03/2026

प्रहरी र ऐमालेका कार्यकर्ताल विच लफडा ।

28/03/2026

अब मेरो देश विदेशी ले लाने भो भन्दै एक महिला विहोस अवस्था मा नेकपा ऐपाले कि कार्यकर्ता

07/03/2026

मुगुम कार्मारोङ गाउपालिका वडा न १ डोल्फु मतदान केन्द्र र सोहि पालिकाको वडा न २ को मुगु मतदान केन्द्र बाट मुख्य निर्वाचन ...
07/03/2026

मुगुम कार्मारोङ गाउपालिका वडा न १ डोल्फु मतदान केन्द्र र सोहि पालिकाको वडा न २ को मुगु मतदान केन्द्र बाट मुख्य निर्वाचन अधिकृतको कार्यलयमा आज २३ गतेको दिउसो १२:५० बजे मत पेटिका पुगेका छन ।

07/03/2026

07/03/2026

#

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when मुगु Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share