02/09/2026
ईच्छुक कर्मचारीले सम्पर्क गर्नुहोला :
भोटेकोशी बाढी पीडितको लागि मानविय सहायतामा काम गर्न निम्न योग्यता हुनुपर्नेछ ।
योग्यताहरू:
1. संघ,प्रदेश वा स्थानीय तहमा कार्यरत
2. 40 वर्ष मुनिको,
3. शारीरिक र मानसिक रूपमा पूर्ण तन्दुरूस्त, नियमित औषधि सेवन गर्नु नपर्ने ।
4. आफ्नो संरक्षण र सुरक्षा आफै गर्न सक्ने।
5. पौडी खेल्न सक्ने आधारभूत सीप भएको।
6. आवश्यकता अनुसार 50 केजी सम्मको लोड,( जस्ता, सिमेन्ट, रड,वोरा, फलाम, पाईप) बोक्न सक्ने।
7. पारिवारीक रूपमा 15 दिन सम्म अनुकुल हुने वा सहमति रहेको
8. मनै देखी स्वउत्प्रेरित,
9. कठिन भन्दा कठिन परिस्थीतिमा नआतिने।
10.जोसले भन्दा होसले काम गर्ने।
11. समुहमा मिलेर काम गर्न सक्ने,
13. खटिएको ठाँउमा बस्ने, खाने, सुत्ने बन्दोबस्ति आफै गर्न सक्ने, अरूमा निर्भर हुन नपर्ने।
14. फोटो,टिकटक, भिडियो जस्ता अनावश्यक प्रचारमा नअल्झिने।
15. देश र जनताको हितमा उच्च नैतिक समर्पण सहित नागरिक, जनप्रतिनिधी, सुरक्षाकर्मीसँग मिलेर निर्देशन बमोजिमको काम गर्न सक्ने।
16. कार्यालय तथा परिवारको सहमति भएको।
17. कुनै प्रशंसा वा अतिरिक्त सुविधाको अपेक्षा नभएको।
18. विपद् व्यवस्थापनमा सिर्जनशिल र तत्काल कामयावी उपाय सोच्न सक्ने।
19. बिशिष्ट परिस्थीतिमा तत्काल निर्णय लिन सक्ने।
20. कम्तिमा दुईपांग्रे सवारी चलाउन सक्ने।
21.तोकिए बमोजिमका अन्य।
उल्लेखित योग्यता भएको कर्मचारीलेल देहायको विवरण सहित whatsapp नं: 9856029947 मा वा inbox मा म्यासेज गर्न अनुरोध छः
1.नाम:
2.पद/तह/श्रेणी:
3. कर्मचारी संकेत नं. :
4.कार्यालय:
5.सम्पर्क नं.:
लिलाधर सुवेदी Liladhar Subedi
सहसचिव
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय।