Rastriya Samachar

Rastriya Samachar News, Views and Articles

11/09/2026

रसुवा बाढी : उद्धार टोली चिलिमे टनेलभित्र प्रवेश गर्ने अवस्थामा

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोजीका लागि शुक्रबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ ।

टनेलभित्र फसेकाहरूको खोजीका लागि बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ । इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले टनेलभित्र प्रवेश गर्ने अवस्थामा पुगेको छ ।

बाढीले थुपारेको बाक्लो लेदो, ढुंगामुढा र कंक्रिट हटाउँदै उद्धार टोलीले टनेलतर्फ जाने बाटो खुलाउँदै केही सयममा नै प्रवेश गर्दै छ ।

टनेलभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाउन र सुरक्षित उद्धार गर्न टोलीले लगातार भग्नावशेष पन्छाइरहेको छ ।

भूकम्पको केन्द्र विन्दु रामीडाँडाको सिर्पाचौरगाउँ!
11/09/2026

भूकम्पको केन्द्र विन्दु रामीडाँडाको सिर्पाचौरगाउँ!

२०८० कात्तिक १७ गते गएको भूकम्पबाट थला परेको बारेकोट गाउँपालिका १ रामीडाँडा सिल्पाचौर गाउँ अहिले विस्तारै लयमा ....

भोटेकोशी बाढीमा १३ हजार ६७६ जनाको उद्धार, ५ हजार १३० अझै बेपत्ता!!
11/09/2026

भोटेकोशी बाढीमा १३ हजार ६७६ जनाको उद्धार, ५ हजार १३० अझै बेपत्ता!!

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।...

फिरिरीको दोस्रो हप्ताको विजेता बनिन् काजोल, पाइन् ३० हजार बढिको उपहार!। नेपाली राइड सेयरिङ तथा डिजिटल सेवा प्लेटफर्म फिर...
11/09/2026

फिरिरीको दोस्रो हप्ताको विजेता बनिन् काजोल, पाइन् ३० हजार बढिको उपहार!

। नेपाली राइड सेयरिङ तथा डिजिटल सेवा प्लेटफर्म फिरिरी एप प्रयोगकर्तामध्येबाट काजोल सुन्धौली दोस्रो हप्ताको लक्की ड्र विजेता बनेकी छन् । उनले फिरिरीमार्फत बाइक सर्भिस लिएबापत लक्की ड्रमा मोबाइल फोन र ब्याग उपहार प्राप्त गरेकी हुन् ।

विजेता काजोलका अनुसार आफन्तले फिरिरी एपका बारेमा जानकारी दिएपछि उनले एप डाउनलोड गरेकी थिइन् । नेपालीले निर्माण गरेको आफ्नै राइड सेयरिङ एप भएको थाहा पाएपछि आफूले पछिल्लो समय नियमित रूपमा फिरिरीको सेवा प्रयोग गरिरहेको उनले बताइन् ।

‘एक जना दिदीले फिरिरीका बारेमा भनेपछि मैले डाउनलोड गरेकी थिएँ । नेपालीको आफ्नै राइड सेयरिङ एप भएको भन्ने सुनेँ । त्यसपछि यसको सेवा प्रयोग गर्न थालेँ,’ काजोलले भनिन्, ‘मलाई यसको सेवा एकदमै राम्रो लाग्यो। महँगो पनि छैन । नेपाली एप भएपछि झन् प्रयोग गर्नैपर्छ भन्ने लाग्यो। अहिले अरू नाम चलेका धेरै कम्पनी विदेशी छन् ।’

फिरिरीका प्रबन्ध निर्देशक कुशल खड्काका अनुसार सञ्चालनमा आएको दुई महिनामै करिब १० हजार राइडर्सले फिरिरीमा जोडिएका छन् । उनले फिरिरी नेपालीले निर्माण गरेको नेपाली डिजिटल प्लेटफर्म भएकाले यसलाई देशभर विस्तार गर्ने योजना रहेको बताए ।

हाल काठमाडौं उपत्यकामा सेवा दिइरहेको फिरिरीले चाँडै देशका प्रमुख शहरहरूमा आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको खड्काले जानकारी दिए ।

फिरिरीमा राइड सेयरिङ सेवाका अतिरिक्त फुड डेलिभरी, होटल बुकिङ, मार्केटप्लेस तथा घरजग्गासम्बन्धी सेवा समेत उपलब्ध छन् । एउटै एपमार्फत विभिन्न डिजिटल सेवा लिन सकिने भएकाले फिरिरीलाई बहुउपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास गर्ने कम्पनीको लक्ष्य छ ।

फिरिरीले आफ्ना विभिन्न सेवा प्रयोग गर्ने उपभोक्तामध्येबाट प्रत्येक साता लक्की ड्रमार्फत एक जना विजेता छनोट गरी उपहार प्रदान गर्दै आएको छ । यसअघि पहिलो हप्ताको लक्की ड्रमा श्रृजना राज्यलक्ष्मी राणा विजेता बनेकी थिइन् ।

कम्पनीका अनुसार प्रयोगकर्तालाई फिरिरीका सेवा प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै ग्राहकसँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यले साप्ताहिक लक्की ड्र कार्यक्रम सञ्चालन गरिएको हो ।

नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीको १५ औँ महाधिवेशन बिभाजनको नभइ एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएका ...
11/09/2026

नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीको १५ औँ महाधिवेशन बिभाजनको नभइ एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै पार्टीभित्र देखिएका वाद विवाद, मनमुटाव र बाँकी रहेका असहमतिका बुँदालाई पनि घमण्ड र अहङ्कार त्यागेर सबै पक्ष लचक बनेर पार्टी एकताको पक्षमा सहमति र सहकार्य गरेर अगाडि बढ्दा मात्रै एकता महाधिवेशनको अर्थ रहने उल्लेख गरेका छन् ।

नेता शाहीले महाधिवेशनमा सबै पक्षको सहभागिता र निष्पक्षताको सुनिश्चितता बिना एकपक्षीय ढङ्गले गरिने महाधिवेशनको कुनै औचित्य नरहनेपनि ठोकुवा गरेका छन् ।

‘महाधिवेशन भनेको एउटा पर्व, एउटा उत्सव र नेतृव परिवर्तनको एउटा अवसर हो। तर वर्षौदेखि कुरिरहेका जिल्लाका नेताहरुलाइ जिल्ला अधिवेशनमा नेतृव परिवर्तन गर्न बन्देज लगाउने अनि प्रदेश अधिवेशन गर्न रोक लगाउने निर्णय गैरलोकतान्त्रिक र बिधानको ठाडो उल्लंघन हो,’ उनले अगाडि भनेका छन्,‘जिल्ला र प्रदेशमा परिवर्तन नचाहिने तर आफु हुने केन्द्रको पदमा मात्रै परिवर्तन चाहिने, यो कस्तो अनौठो तरिका हो ? त्यसैले जिल्ला र प्रदेश अधिवेशन बिना हतार हतार कागजी महाधिवेशन गरेर विशेष महाधिवेशनमा पार्टी कब्जा गरेजस्तै अहिले पनि आफ्ना गुटका मान्छे मात्रै जम्मा गरेर दुइचार दिन हल्लाखल्ली गर्नुको कुनै अर्थ रहन्न।’

त्यस्तै, नेता शाहीले सबैलाइ सहमतिमा ल्याएर एकताको महाधिवेशन गर्नुको साटो मनोमानी ढङ्गले एकलकाटे तरिकाले कर्मकाण्डी महाधिवेशनको ढोल मच्चाउनु भनेको नेपाली कांग्रेसलाइ थप कमजोर, क्षतविक्षत, छिन्नभिन्न र आजसम्म बचेको कांग्रेसको इतिहास लाइ पनि समाप्त पार्नु हो।’

यता, कांग्रेसको संस्थापन पक्षले १५औँ केन्द्रीय महाधिवेशनका लागि तल्लो तहका अधिवेशनहरूको नयाँ कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

यसअघि भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशन सारेर नयाँ तालिका सार्वजनिक गरेको हो ।

नयाँ तालिकाअनुसार, पूर्वनिर्धारित असोज १६ देखि १९ गतेसम्मको केन्द्रीय महाधिवेशनको मितिलाई यथावत् राखेर प्रथम चरणका अन्य तहगत अधिवेशनको मिति तय गरिएको छ । त्यस्तै, इतर पक्षले पनि अलग्गै महाधिवेशनको प्रक्रिया शुरु गरिसकेको छ ।

मोन्भिसो नेपाल फाउन्डेसनले भोटेकोसी नदीको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दै...
11/09/2026

मोन्भिसो नेपाल फाउन्डेसनले भोटेकोसी नदीको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ ।

भदौ १० गते आएको भोटेकोशी नदीको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले फाउन्डेसनका अध्यक्ष छोङ्बा लामा शेर्पा र कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीसमेत सहभागी थिए । फाउन्डेसनले आर्थिक सहयोगमा मात्र सीमित नरही बाढी प्रभावितका लागि थप ५० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्ने तयारीसमेत गरेको छ ।

त्यस्तै, भोटेकोसी बाढीमा आफ्ना परिवारका सदस्य गुमाएका सोलुखुम्बुका पीडित परिवारलाई थप १० लाख रुपैयाँ सहयोग गर्ने फाउन्डेसनले जनाएको छ ।

के खाने भन्ने चिन्तामा छन् मुस्ताङ गुम्बामा भोटेकोशी बाढीपीडितहरू!रसुवामा आएको बाढीले घर–आँगन मात्र बगाएन, सयौँ परिवारको...
11/09/2026

के खाने भन्ने चिन्तामा छन् मुस्ताङ गुम्बामा भोटेकोशी बाढीपीडितहरू!
रसुवामा आएको बाढीले घर–आँगन मात्र बगाएन, सयौँ परिवारको सुरक्षित भविष्यको आशासमेत बगाइदियो। ज्यान जोगाउन घर छाडेका बाढीपीडित अहिले उद्धारपछि काठमाडौं स्वयम्भूस्थित मुस्ताङ गुम्बामा छन् । तर कहाँ जाने, के खाने र रात कसरी कटाउने भन्ने चिन्ता उनीहरूमा छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई तत्काल पक्राउ गरी छानबिन गर्न जेनजी मुभमेन्ट नेपालको माग!
11/09/2026

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई तत्काल पक्राउ गरी छानबिन गर्न जेनजी मुभमेन्ट नेपालको माग!

जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी निष्पक्ष र गहिरो अनुसन....

11/09/2026

महिने पिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ सभामुख महोदय ।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Rastriya Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastriya Samachar:

Shortcuts

Share