28/02/2026
Kindly share widely.
इरानमाथि भएको अमेरिकी र इजरायली सैन्य कारबाहीपछि मध्यपूर्व क्षेत्रको अवस्था थप अस्थिर र संवेदनशील बनेको छ। यसले खाडी क्षेत्रका देशहरूमा समेत तनाव फैलिन सक्ने संकेत देखिएकाले त्यहाँ रोजगारी वा बसोबास गर्दै आएका नेपाली दाजुभाइ–दिदीबहिनीहरूको सुरक्षाप्रति चिन्ता बढ्नु स्वाभाविक छ।
यस संवेदनशील परिस्थितिमा नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे निरन्तर जानकारी संकलन गर्दै आवश्यक निर्देशन, सावधानीका उपाय र आपतकालीन सहयोगका माध्यमहरू समयमै उपलब्ध गराउनु जरुरी देखिन्छ। जोखिम बढ्न सक्ने क्षेत्रहरूमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक परे तत्काल उद्धार वा सुरक्षित स्थानान्तरणको तयारीमा सरकार सजग रहनु आवश्यक छ।
आकस्मिक सहयोगका लागि सम्पर्क:
📞 +977-9862678437
📧 [email protected]
नेपाली दूतावास, तेल अवीव (इजरायल):
📞 +972-545582077
📧 [email protected]
नेपाली दूतावास, दोहा (कतार):
📞 +974-6621 4419
📧 [email protected]
विदेशमा रहेका सबै नेपालीलाई सुरक्षित रहन, आधिकारिक सूचना मात्र विश्वास गर्न र आवश्यक पर्दा दूतावाससँग सम्पर्क गर्न हार्दिक अनुरोध छ ।